मुख्य समाचार
उद्धार गरिएका दुवैको उपचार छाउनीमा
उद्धार गरिएका दुवैको उपचार छाउनीमा

। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेर उद्धार गरिएका दुई जनामध्ये एक जनाको अवस्था जटिल रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री कार्यालयले दिएको जानकारीअनुसार, सुरुङबाट दोस्रो पटक उद्धार गरिएका कविर महर्जनको अवस्था जटिल रहेको हो। उनलाई तत्कालै काठमाडौंको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल ल्याएर सघन उपचार (आईसीयू) जारी राखिएको छ।

यसैगरी, सुरुमा उद्धार गरिएका अर्का व्यक्ति सञ्जय साहको स्वास्थ्य अवस्था भने सामान्य र स्थिर रहेको छ।

यद्यपि, उनी १० दिनसम्म सुरुङभित्रै फसेको हुनाले थप स्वास्थ्य परीक्षण र निगरानीका लागि उनलाई पनि छाउनीस्थित सैनिक अस्पतालमै ल्याइँदै गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ) र अन्य विज्ञहरूको संयुक्त टोलीले शुक्रबार बिहानै उनीहरूको जीवितै उद्धार गरेको थियो।

गत भदौ १० गतेको बाढीपछि आयोजनाको सुरुङभित्र मानिसहरू फसेको आशंकामा सुरक्षा निकाय र प्राविधिकहरूको टोलीले लगातार उद्धारको प्रयास जारी राखेको थियो। १० दिन लामो निरन्तर प्रयासपछि आज बिहान उनीहरूलाई जीवितै बाहिर निकाल्न सफलता मिलेको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। १० भदौमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायतका प्रभावित क्षेत्रमा पानीजन्य रोग तथा खाद्य विषाक्तता (फुड पोइजनिङ) को उच्च जोखिम रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । बाढीका कारण खानेपानीका स्रोतहरू प्रदूषित भएको र अस्वस्थकर खाद्य वस्तुको उपभोगले महामारी फैलिन सक्ने भन्दै विभागले सम्पूर्ण उपभोक्ता, राहत वितरक ...
। रसुवा बाढीमा परेर घाइते भएकामध्ये दुई जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार, त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक जना र राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत एक जना गरी दुई जनाको मृत्यु भएको हो । मृत्यु भएकाको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।
। त्रिशूली थ्री ‘ए’को सुरुङबाट जीवित्तै उद्धार गरिएका सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य रहेको पाइएको छ । उद्धार गरिपछि नेपाली सेनाले उनको स्वास्थ्य जाँच गराउँदा सामान्य रहेको देखिएको हो । यसबारे नेपाली सेनाले जानकारी दिँदै अवस्था सामान्य रहेको बताएको छ । उनीसँगै उद्धार गरिएका अर्का व्यक्ति कवीर महर्जनलाई भने उपचारका लागि छाउनी अस्पताल ल्याइँदै छ । उनलाई ...
: रसुवाको भोटेकोसीमा आएको बाढीमा परेर बेपत्ता भएका धादिङका १० जनाको शव पहिचान भएको छ । गोसाइँकुण्ड जाने क्रममा एउटै बसमा रहेका २६ जनामध्ये नीलकण्ठ नगरपालिका र सिद्धलेक गाउँपालिकाका १० जनाको शव पहिचान भएको हो । नीलकण्ठ नगरपालिका–१२ का दयाराम लम्साल, सीता लम्साल, प्रकाश लम्साल, इन्दिरा अर्याल लम्साल, रामचन्द्र खनाल तथा नीलकण्ठ–९ की गायत्री लम्सालको ...
। भोटेकोशी बाढीपछि शव व्यवस्थापनमा खटिएका प्रहरी, स्वास्थ्यकर्मी र स्वयंसेवकका लागि आवश्यक सुरक्षा तथा संक्रमण नियन्त्रण सामग्री उपलब्ध गराइएको छ । ‘प्रारम्भ नेपाल’ सामाजिक संस्थाले पीपीई, एयर फिल्टर मास्क, फिनेल र ब्लिचलगायतका सामग्री हस्तान्तरण गरेको हो । शव व्यवस्थापनमा आवश्यक स्वास्थ्य तथा सुरक्षासम्बन्धी सामग्रीको अभाव देखिएको जानकारी प्राप्त भएपछि यस्ता सामग्र उपलब्ध गराइएको प्रारम्भ नेपालकी अध्यक्ष ...