मुख्य समाचार
जीवित्तै उद्धार गरिएका कविर महर्जनका भाइले खुसीको सीमा नै नरहेको बताए
जीवित्तै उद्धार गरिएका कविर महर्जनका भाइले खुसीको सीमा नै नरहेको बताए

। त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको सुरुङभित्रबाट जीवित्तै उद्धार गरिएका कविर महर्जनका भाइले खुसीको सीमा नै नरहेको बताएका छन् ।

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सुरुङभित्र फसेको १० दिनपछि नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले संयुक्त रूपमा सकुशल उद्धार गरेपछि अनलाइनखबरको सम्पर्कमा आएका कविरका भाइ अमिरले खुसीको सीमा नै नरहेको बताए ।

१० दिनपछि टनेलबाट सकुशल उद्धार गरिएका कविर महर्जन मेरो दाइ हुन् । अहिले उहाँलाई छाउनी अस्पताल ल्याएको छ । हामी भेट्न जाँदै छौं । भेट भने भइसकेको छैन । उद्धार भएको सुन्दा एकदमै खुसी लागेको छ ।

परिवारजनमा सबैलाई एकदमै खुसी को सीमा नै छैन । अब शब्दले बयान गर्ने चिज नै भएन । सबै जना एकदम खुसी छौं । साथीभाइ सबैले सपोर्ट सहयोग गर्नु भएको छ ।

मुख्यगरी उद्धारमा लाग्नु भएका नेपाल आर्मी, सशस्त्र प्रहरी सबै रेस्क्यु एक्स्पर्ट सरहरूलई एकदमै धन्यवाद छ । हामीले दाइको टनेलमा थुनिएको पनि मिडियाबाटै थाहा पायौं । अहिले पनि सबै मिडियाबाट थाहा पायौं । आफैं खोज्न जाने अवस्था पनि थिएन । अहिले सकुशल हुनुभयो एकदमै खुसी छौं ।

उहाँ कर्मचारी नै हो । त्यही काम गर्नु हुन्थ्यो । गइराख्नु हुन्थ्यो । ड्युटी नै त्यहीँ थियो । यस्तो होला भन्ने हामीले सोचेका पनि थिएनौं । अहिले अचम्म लागिराखेको छ । कतिखेर गएर भटौं भन्ने लागेको छ । अहिले परिवार सबै जना हस्पिटल जाँदैछौं ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नुवाकोटको बिदुर नगरपालिका–५ बाट बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि प्रस्थान गरेका छन्। ओली स्वयंसेवक (भोलेन्टियर) टोलीसहित बिदुर नगरपालिका–५ अन्तर्गत पर्ने बटार, ढुङ्गे लगायतका बाढीबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि पुगेका हुन् । भदौ १० गते बुधबार बिहान चीनतर्फबाट आएको बाढीका कारण भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीले ...
। रसुवास्थित भोटेकोशीमा एक्कासी आएको भीषण बाढीमा परेर नेपाल प्रहरीका २५ जना बेपत्ता भएका छन् । तीन जनाको शव फेला परेको छ । बाढीमा परेर मृत्यु भएका परिवारले भने केही आर्थिक राहत पाउने नेपाल प्रहरीले बताएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबि नारायण काफ्लेका अनुसार मृतकका परिवारले कल्याण कोषबाट ३ लाख पाउनेछन् । ...
। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरो पीडितलाई प्रत्यक्ष रूपमा राहत पुर्‍याउनु आफ्नो पार्टीको पहिलो प्राथमिकता रहेको बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय, च्यासलमा रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गर्दै अध्यक्ष ओलीले सरकारी कोषमार्फत जाँदा प्रक्रियागत ढिलाइ हुने भएकाले पार्टीले सिधै पीडितसम्म पुग्ने बाटो रोजेको तर्क गरे । ‘हामीले सरकारी कोषमा रकम ...
। मुस्ताङ भन्सार कार्यालयमा पैठारीका लागि आएका वस्तु काठमाडौंको चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट जाँचपास गर्न सकिने भएको छ । यसका लागि भन्सार विभागले सडक मार्ग तोकेको छ । यससँगै मुस्ताङबाट भित्रिएका सामान सो भन्सार कार्यालयमा जाँचपास नगरी सिधै काठमाडौं ल्याउन सकिने भएको छ । विभागका अनुसार भन्सार नियमावलीले तोकेका सर्त, प्रक्रिया लगायत व्यवस्था पालना गरी अर्को ...
। बाढी पूर्वानुमान महाशाखाले लाङटाङको उत्तरी भेगबाट खसेकको हिमचट्टानका कारण गएको पहिरोबाट बनेको ताल अहिलेका लागि जोखिमपूर्ण नरहेको जनाएको छ । बाढी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुलीका अनुसार, चिनियाँ टोलीले नेपाली पक्षलाई माथिल्लो तालमा पानीको मात्रा केही बढेपनि जोखिमपूर्ण अवस्था नभएको जनाएको हो । हिमचट्टान खसेपछि माथिल्लो भागमा पहिलो खाल्डो बनेको थियो भने ल्हेन्दे खोलाको माथिल्लो भागमा ...