मुख्य समाचार
दुई जनाको जीवितै उद्धारपछि गृहमन्त्रीले भने- आशाको किरण जोगियो
दुई जनाको जीवितै उद्धारपछि गृहमन्त्रीले भने- आशाको किरण जोगियो

। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका २ जनाको १० दिनपछि जीवितै उद्धार गरिएपछि गृहमन्त्री सुधन गुरुङले यसलाई आशाको किरणको संज्ञा दिएका छन् ।

गृहमन्त्री गुरुङले शुक्रबार सामाजिक सञ्जालमा उद्धारका केही तस्वीरहरूसहित लेखेका छन्, ‘३ए सुरुङबाट १० दिनपछि २ जनाको जीवितै उद्धार भएको छ, जसले अझै आशाको किरण जीवितै राखेको छ।’

उद्धार गरिएकाहरूमा ३० वर्षीय सञ्जय साह र ४५ वर्षीय कवीर महर्जन रहेका छन्। साह मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत थिए। गत भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण उनीहरू आयोजनाको प्राविधिक कार्यमा संलग्न रहेकै अवस्थामा सुरुङभित्र थुनिएका थिए।

उनले यस कठिन उद्धार कार्यमा अहोरात्र खटिने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ) र सेन्ट्रल कमान्ड सेन्टरको टोलीलाई धन्यवाद ज्ञापन गरेका छन्। साथै, उनले निरन्तर प्रयासका लागि सांसदद्वय सागर ढकाल र श्रीराम न्यौपानेको उच्च कदर गरेका छन्।



गृहमन्त्री गुरुङले भनेका छन्, ‘उद्धार टोलीहरू अझै पनि सबै सुरुङहरूमा निरन्तर रूपमा खटिरहनु भएको छ ।’

सुरुङबाट निकालिएका दुवै जनालाई थप उपचार तथा स्वास्थ्य परीक्षणका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ र उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको पाइएको छ।

शुक्रबार बिहान गृहमन्त्री गुरुङ उद्धार स्थलमा आफैं पुगेका थिए । उनी पनि उद्धारको काममा खटिइरहेको भिडियोहरू सामाजिक सञ्जालमा चर्चामा छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रसुवास्थित भोटेकोशीमा एक्कासी आएको भीषण बाढीमा परेर नेपाल प्रहरीका २५ जना बेपत्ता भएका छन् । तीन जनाको शव फेला परेको छ । बाढीमा परेर मृत्यु भएका परिवारले भने केही आर्थिक राहत पाउने नेपाल प्रहरीले बताएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबि नारायण काफ्लेका अनुसार मृतकका परिवारले कल्याण कोषबाट ३ लाख पाउनेछन् । ...
। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरो पीडितलाई प्रत्यक्ष रूपमा राहत पुर्‍याउनु आफ्नो पार्टीको पहिलो प्राथमिकता रहेको बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय, च्यासलमा रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गर्दै अध्यक्ष ओलीले सरकारी कोषमार्फत जाँदा प्रक्रियागत ढिलाइ हुने भएकाले पार्टीले सिधै पीडितसम्म पुग्ने बाटो रोजेको तर्क गरे । ‘हामीले सरकारी कोषमा रकम ...
। मुस्ताङ भन्सार कार्यालयमा पैठारीका लागि आएका वस्तु काठमाडौंको चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट जाँचपास गर्न सकिने भएको छ । यसका लागि भन्सार विभागले सडक मार्ग तोकेको छ । यससँगै मुस्ताङबाट भित्रिएका सामान सो भन्सार कार्यालयमा जाँचपास नगरी सिधै काठमाडौं ल्याउन सकिने भएको छ । विभागका अनुसार भन्सार नियमावलीले तोकेका सर्त, प्रक्रिया लगायत व्यवस्था पालना गरी अर्को ...
। बाढी पूर्वानुमान महाशाखाले लाङटाङको उत्तरी भेगबाट खसेकको हिमचट्टानका कारण गएको पहिरोबाट बनेको ताल अहिलेका लागि जोखिमपूर्ण नरहेको जनाएको छ । बाढी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुलीका अनुसार, चिनियाँ टोलीले नेपाली पक्षलाई माथिल्लो तालमा पानीको मात्रा केही बढेपनि जोखिमपूर्ण अवस्था नभएको जनाएको हो । हिमचट्टान खसेपछि माथिल्लो भागमा पहिलो खाल्डो बनेको थियो भने ल्हेन्दे खोलाको माथिल्लो भागमा ...
। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपालका प्रधानमन्त्री बालेन शाहसँग टेलिफोन संवाद गर्दै नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। बाढी र त्यसले निम्त्याएको विनाशलाई ‘सुनामीजस्तै’ भन्दै प्रधानमन्त्री अल्बानिजले यस कठिन घडीमा अस्ट्रेलिया नेपालको साथमा रहेको र आवश्यक सहयोग उपलब्ध गराउन प्रतिबद्ध रहेको बताएका छन्। ‘आज मैले नेपालका प्रधानमन्त्री शाहसँग कुराकानी ...