मुख्य समाचार
रसुवागढी हाइड्रोपावरमा उद्धारका उपकरण पुर्‍याउनै समस्या
रसुवागढी हाइड्रोपावरमा उद्धारका उपकरण पुर्‍याउनै समस्या

। भोटेकोशीमा आएको बाढीपछि रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडका ९३ जना अझै सम्पर्कविहीन छन् । उनीहरूको खोजी तथा उद्धार प्रयास जारी रहे पनि मौसम खराबी कारण आवश्यक उपकरण आयोजनास्थलसम्म पुर्‍याउन नसक्दा उद्धार कार्य प्रभावित आयोजनाले जनाएको छ ।

कम्पनीका सचिव नरनाथ न्यौपानेका अनुसार सम्पर्कविहीन हुनेमा नियमित कर्मचारी ५१ जना, सञ्चालक एक जना, दैनिक ज्यालादारी कामदार दुई जना र तीनवटा ठेकेदार कम्पनीका ३९ जना छन् ।

विशेषगरी विद्युतगृह (पावरहाउस) भित्र रहेका कर्मचारीहरूको अवस्थाबारे अझै यकिन हुन नसकेको उनको भनाइ छ ।

उनीहरूको उद्धारका लागि सुरुङभित्र थुप्रिएको भग्नावशेष (मलवा) हटाउन आवश्यक मिनी एक्स्काभेटर, ३० केभीए डिजेल जेनेरेटर, सबमर्सिबल पम्प, होज पाइपलगायतका उपकरण केही दिनअघि नै नुवाकोटको बट्टारस्थित मैथली आर्मी क्याम्पमा पुर्‍याइएको थियो ।



तर, नेपाली सेनाको उद्धार टोलीले आयोजनास्थलको रेकी गर्दा पावरहाउस अगाडिको भूभाग नदीले थप कटान गरेको र ठूलो हेलिकप्टर (एमआई–१७) अवतरण गर्न सक्ने अवस्था नरहेको जानकारी गराएको न्यौपानेको भनाइ छ ।

ठूलो हेलिकप्टरबाट उपकरण लैजान नसकिने भएपछि कम्पनीले सानो क्षमताको जेनेरेटर खरिद गरेर कम तौलका उपकरण आयोजनास्थल पुर्‍याउने प्रयास गरेको थियो । ६.५ केभीए डिजेल जेनेरेटर, सबमर्सिबल पम्प, होज पाइप तथा विद्युतीय सामग्री मंगलबारदेखि पठाउने तयारी भए पनि प्रतिकूल मौसमका कारण ढिलाइ भएको थियो ।

कम्पनीका अनुसार ती सामग्री शुक्रबार बिहान ११:२० बजे धुन्चे पठाइएको छ । त्यहाँबाट पावरहाउससम्म सामग्री लैजान सकिने अवस्था नबनेको कम्पनीले जनाएको छ ।

कम्पनीले पावरहाउसबाहिर सम्पर्कविहीन भएकाहरूको खोजीका लागि भने निजी क्षेत्रबाट समेत जनशक्ति परिचालन गरेको छ ।

नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनसँग सम्बन्धित दक्ष तथा अनुभवी रक क्लाइम्बर परिचालन गर्न कम्पनीले हिमालय समिट क्लब प्रालिसँग सम्झौता गरी टिमुरेमा खोजी गरिरहेको बताए । आज अर्को हेलिकप्टरबाट घट्टे खोला गई उक्त क्षेत्रमा खोजी कार्य गर्ने तयारी थियो । तर मौसमका कारण हेलिकप्टर उड्न नसक्दा टोली घट्टेखोलासम्म पुग्न सकेको नसकेको उनको भनाई छ ।

उद्धार कार्यका लागि कम्पनीले बट्टार, धुन्चे र पावरहाउस क्षेत्रमा छुट्टाछुट्टै जनशक्ति तयारी अवस्थामा राखेको छ । बट्टारमा सिनियर इन्जिनियरसहित दुई जना, धुन्चेमा दुई जना इन्जिनियर र पावरहाउस उद्धार टोलीलाई विद्युतीय जडानमा सहयोग गर्न एक जना इलेक्ट्रिकल ओभरसियर तयारी अवस्थामा छन् ।

धुन्चेमा नेपाली सेनाको विशेष उद्धार टोलीसमेत आवश्यक टुल्स तथा उपकरणसहित पावरहाउसतर्फ परिचालनका लागि तयारी अवस्थामा रहेको कम्पनीले जनाएको छ । तर मौसम अनुकूल नहुँदा अहिलेसम्म टोलीलाई पावरहाउसतर्फ लैजान उडान हुन नसकेको बताए ।

यसबीच कम्पनीले सम्पर्कविहीन कर्मचारीका परिवार तथा आफन्तलाई घटनाको अवस्थाबारे नियमित जानकारी दिन ह्वाट्सएप समूहसमेत बनाएको छ । खोजी तथा उद्धारका क्रममा प्राप्त विवरण, प्रयास र उपलब्ध सूचनाबारे परिवारलाई जानकारी गराउने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रसुवाको भोटेकोसीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि चिनियाँ संस्था चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट (सीएफआरडी) २७ टन राहत सामग्री लिएर काठमाडौँ आइपुगेको छ। सीएफआरडीले सञ्चालन गरेको ‘८.२६ नेपाल मडस्लाइड रेस्क्यु अपरेसन’ अन्तर्गत पहिलो चरणको राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो। बाढीको लेदो र ढुंगासहितको तीव्र बहावले बस्ती, सडक, पुल तथा अन्य पूर्वाधारमा ...
। त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको सुरुङभित्रबाट जीवित्तै उद्धार गरिएका कविर महर्जनका भाइले खुसीको सीमा नै नरहेको बताएका छन् । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सुरुङभित्र फसेको १० दिनपछि नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले संयुक्त रूपमा सकुशल उद्धार गरेपछि अनलाइनखबरको सम्पर्कमा आएका कविरका भाइ अमिरले खुसीको सीमा नै नरहेको बताए । १० दिनपछि टनेलबाट सकुशल ...
। दार्चुलाको अपिहिमाल गाउँपालिका–२ भट्टार क्षेत्रमा पहिरो गएको छ । पहिरोका कारण चौलानी नदीको बहाव प्रभावित भएको प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले जानकारी दिए । नदीको बहाव प्रभावित भएकाले सतर्क रहन नदी किनारका बस्तीहरूलाई सचेत गराउन लागिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । ‘पहिरो गएको क्षेत्रमा क्षतिको आधिकारिक विवरण आएको छैन, प्रहरी त्यसतर्फ गइसकेको छ,’ प्रजिअ पौडेलले ...
। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका २ जनाको १० दिनपछि जीवितै उद्धार गरिएपछि गृहमन्त्री सुधन गुरुङले यसलाई आशाको किरणको संज्ञा दिएका छन् । गृहमन्त्री गुरुङले शुक्रबार सामाजिक सञ्जालमा उद्धारका केही तस्वीरहरूसहित लेखेका छन्, ‘३ए सुरुङबाट १० दिनपछि २ जनाको जीवितै उद्धार भएको छ, जसले अझै आशाको ...
। नेपाल विद्युत् प्राधिकरणको त्रिशुली थ्री-‘ए’ परियोजनाको सुरुङबाट उद्धार टोलीले दुई जनाको जीवितै उद्धार गरेको छ । विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय साह र सुपरभाइजर कविर महर्जनको १० दिनपछि आज बिहान सुरुङबाट जीवितै उद्धार गर्न सफलता प्राप्त भएको हो । त्रिशुली थ्री ए परियोजना प्रमुख आवास ओझाका अनुसार उद्धार टोलीले पावरहाउस पुग्ने सुरुङबाट यी दुई जनाको उद्धार ...