मुख्य समाचार
मृतकको संख्या १,२८७ पुग्यो, ३ खर्ब ८७ अर्बभन्दा बढीको आर्थिक क्षति
मृतकको संख्या १,२८७ पुग्यो, ३ खर्ब ८७ अर्बभन्दा बढीको आर्थिक क्षति

। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र विपद्मा परी ज्यान गुमाउनेको संख्या १ हजार २ सय ८७ पुगेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार मध्यान्ह अद्यावधिक गरेको विवरणअनुसार यस महाविपद्का कारण ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको आर्थिक क्षति र नोक्सानी भएको प्रारम्भिक अनुमान छ।

शीघ्र पुनर्लाभका लागि मात्रै ७ अर्ब १५ करोड रुपैयाँ आवश्यक पर्ने प्राधिकरणले जनाएको छ।

कुन जिल्लामा कति शव फेला परे ?

शुक्रबार मध्याह्नसम्म फेला परेका १,२८७ शवमध्ये सबैभन्दा बढी चितवनमा भेटिएका छन्। फेला परेका शवमध्ये हालसम्म जम्मा ९६ जनाको मात्र सनाखत हुन सकेको छ। जिल्लागत विवरण यसप्रकार छ:

चितवन: ३५९ जना

नवलपरासी (पूर्व): २१९ जना

नवलपरासी (पश्चिम): २१२ जना

नुवाकोट: १८४ जना

रसुवा: १४० जना

गोरखा: ७२ जना

धादिङ: ६३ जना

तनहुँ: ३८ जना

घाइते, बेपत्ता र उद्धारको अवस्था

प्राधिकरणका अनुसार बाढी र पहिरोमा परी ५ हजार ८३ जना अझै सम्पर्कविहीन छन्, जसमा ५८३ जना विदेशी नागरिक रहेका छन्।

सम्पर्कविहीन हुनेहरूमा रसुवाका २ हजार १३० र नुवाकोटका २ हजार ३४० जना रहेका छन्। सम्पर्कविहीनको सूचीमा पहिचान नभएका शवहरू पनि समावेश भएको हुनसक्ने अनुमान प्राधिकरणको छ।

विपद्का क्रममा हालसम्म ५ हजार ३ सय ९७ जना घाइते भएका छन् भने उनीहरूको विभिन्न अस्पताल, नेपाली सेना र सशस्त्र प्रहरी बलका स्वास्थ्यकर्मीमार्फत उपचार भइरहेको छ।

उद्धार कार्यलाई तीव्रता दिँदै सुरक्षा निकायले हालसम्म १३ हजार ९३ जनालाई सुरक्षित स्थानमा पुर्‍याएका छन्, जसमध्ये ३०३ जना विदेशी नागरिक छन्।

शुक्रबार मात्रै त्रिशूली ३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार तथा राहतका लागि नेपाली सेनाले ८३० पटक र निजी क्षेत्रले १२९ पटक हेलिकप्टर उडान गरेका छन्।

भौतिक क्षति विवरण

प्रारम्भिक आकलनअनुसार यस विपद्ले ठूलो भौतिक क्षति निम्त्याएको छ:

७ हजार ५ सय ७० निजी घरहरूमा क्षति पुगेको छ।

४८ वटा सरकारी संरचना, १८ विद्यालय र ७ स्वास्थ्य संस्थामा पूर्ण तथा आंशिक क्षति भएको छ।

यातायात क्षेत्रतर्फ ५५ किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।

३७ वटा मोटरेबल पुल र ६८ वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ।

सुरक्षाकर्मी परिचालन र राहत वितरण

विपद् व्यवस्थापनका लागि देशभर कुल २१ हजार ४ सय २१ सुरक्षाकर्मी परिचालन गरिएको छ। जसमा नेपाली सेनाका ९ हजार २८७, नेपाल प्रहरीका ७ हजार ९३१ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना रहेका छन्।

प्रभावित क्षेत्रमा राहत सामग्री ढुवानीलाई प्राथमिकता दिँदै काठमाडौंबाट ६९ ट्रक र ३८ बोलेरोमार्फत खाद्यान्न तथा गैर-खाद्यान्न सामग्री पठाइएको छ। सशस्त्र प्रहरीले १६३ हवाई उडानमार्फत नुवाकोट र रसुवामा राहत पुर्‍याएको छ।

सरकारले तत्कालको राहतस्वरूप रसुवा र नुवाकोट जिल्लालाई १/१ करोड, धादिङलाई ५० लाख र प्रभावित १५ पालिकालाई १३ करोड ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ।

बाढीका कारण अवरुद्ध सञ्चार सेवाहरू क्रमशः सुचारु हुन थालेका छन्। नेपाल टेलिकमका १२० मध्ये ११६ र एनसेलका ७८ मध्ये ७५ वटा टावर सञ्चालनमा आइसकेका प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बुवाको हात समातेर विद्यालय जाने उमेरमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ की ११ वर्षीया खुश्बु कार्की तिनै बुवाको किरिया बस्न विवश भएकी छिन् । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बुवा पदम कार्की बेपत्ता भएपछि खुश्बु आफ्नो संस्कारअनुसार किरिया बसेकी हुन्। परिवारकी जेठी छोरी १४ वर्षीया खुशी कार्की स्वास्थ्यका कारण बुवाको किरिया बस्न नसक्ने भएपछि कान्छी छोरी खुश्बु आफैं ...
। नेपाली कांग्रेसका सभापति गगन थापा विज्ञ टोलीसहित बाढी प्रभावित रसुवा पुगेका छन् । उनी शुक्रबार बिहान भोटेकोशीमा आएको विनाशकारी बाढीले पुर्‍याएको जनधनको क्षतिबारे जानकारी लिन रसुवा पुगेका हुन् । थापा विज्ञहरूसहित रसुवाको नौकुण्ड गाउँपालिका वडा नम्बर ३, घिचेत पुगेका सचिवालयले जनाएको छ । यसअघि उनी १५ भदौमा बाढी प्रभावित नुवाकोटको विदुर नगरपालिका–३ पुगेका थिए । सभापति थापाले बिहीबार ...
। माथिल्लो त्रिशूली– ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका थप मानिसहरुको खोजी र उद्धारका लागि नेपाली सेनासँग नेपाल विद्युत प्राधिकरणका कर्मचारी पनि सुरुङमा प्रवेश गरेका छन् । जमिनमुनि रहेको विद्युत् गृहमा खोजी तथा उद्धारका लागि सम्भावित ठाउँहरू पत्ता लगाउन विद्युत् प्राधिकरणका प्राविधिकहरु सेनासँगै सुरुङमा प्रवेश गरेका हुन् । ९ दिनसम्मको निरन्तरको प्रयासपछि यो जलविद्युत् आयोजनाबाट आज बिहान ...
त्रिशूलीपारि पनि बस्ती छ, विद्यालय छन्, अस्पताल छन्। त्यता पनि बाढीले बित्यास पारेको छ। तर अहिलेसम्म जति पनि मन्त्री, सांसद गएका छन्, ती धेरैजसो त्रिशूलीको वारिपट्टि मात्र गएका छन्; किनकि काठमाडौंबाट टोखा–छहरे वा ककनी हुँदै बट्टार, विदुर र बेत्रावती पुग्न तुलनात्मक रूपमा सहज छ। पारि जान कठिन छ। किनकि नेपाल–चीन सिमानामा रहेको मितेरी पुलदेखि मुग्लिनसम्म सबैजसो ...
। दुई जनाको जीवितै उद्धार भएको माथिल्लो त्रिशूली– ३ ए जलविद्युत् आयोजनाको सुरुङमा एउटा शव फेला परेको उद्धारकर्मीहरूले जनाएका छन् । आयोजनाका प्रमुख आवाश ओझाका अनुसार सुरक्षाकर्मीले सुरुङबाट एउटा शव निकालेका छन् । शवको अहिले पहिचान हुन बाँकी छ । आयोजनाको सुरुङबाट नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी तथा नेपाल विद्युत प्राधिकरणसमेतको उद्धार टोलीले दुई जनालाई जीवितै उद्धार ...