मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा पूर्वाधार पुनर्निर्माणको कामलाई प्राथमिकता दिएको बताए
प्रधानमन्त्री बालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा पूर्वाधार पुनर्निर्माणको कामलाई प्राथमिकता दिएको बताए

। प्रधानमन्त्री बालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा पूर्वाधार पुनर्निर्माणको कामलाई प्राथमिकता दिएको बताएका छन् । बिहीबार राति फेसबुकमार्फत विपद् प्रतिकार्यबारेको जानकारी दिँदै उनले पूर्वाधारहरू जतिसक्दो चाँडो सम्भव भएमा मर्मत, नभए पुनर्निर्माणलाई प्राथमिकता दिएको बताएका हुन् ।

‘प्रभावित क्षेत्रमा सञ्चार र ५.७७ प्रतिशत घरधुरीमा मात्रै विद्युत् सेवा पुर्‍याउन बाँकी छ,’ प्रधानमन्त्री बालेनले भनेका छन्, ‘अन्य पूर्वधार पहिलेकै अवस्थामा फर्काउन सम्बन्धित मन्त्रालयहरूको नेतृत्वमा तीव्र गतिमा काम भइरहेको छ ।’

पूर्वाधार पुनर्स्थापना विपद्मा परेका नागरिकहरूका लागि अर्को एउटा राहत रहेको आफूलाई थाहा रहेको उनले बताएका छन् ।

यस्तै, कृष्णभिरको हिलसाइडमा ‘ग्याबियन ब्रेस्ट वाल’ माथिबाट सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी निर्माण अघि बढाइएको प्रधानमन्त्री बालेनले बताएका छन् । ‘आजदेखि रुख कटान र भित्ता काटेर ट्र्याक खोल्ने काम सुरु भएको छ । कृष्णभिरको समस्या दीर्घकालीन रूपमा समाधानका लागि टनेल, सोइल नेलिङ, सिट पाइललगायतका विकल्पबारे आवश्यक अध्ययन गरिनेछ,’ उनले भनेका छन् ।



त्रिशूली–बेत्रावती सडकखण्डअन्तर्गतको १० किलोमिटरमध्ये ८ किलोमिटरमा लेदो हटाइएको र बाँकी २ किलोमिटरमा काम जारी रहेको उनले जनाएका छन् । ‘क्षतिग्रस्त थप ३५ किलोमिटरमा काम गर्नका लागि आपत्कालीन बोलपत्र आह्वान भइसकेको छ,’ प्रधानमन्त्री बालेनले भनेका छन् ।

यस्तै, तादीमा बेलिब्रिज राख्न फाउन्डेसन निर्माण सुरु र भोलिसम्म बेलिब्रिज पुर्‍याउने प्रयास भइरहेको उनले जानकारी दिएका छन् । ‘बेत्रावतीमा बेलिब्रिज राख्न सर्भे भई फाउन्डेसन निर्माण सुरु भएको छ । त्रिशूलीमा सर्भे सकिएको छ । उक्त स्थानमा १२० मिटरको बेलिब्रिज आवश्यक देखिएको छ,’ उनले भनेका छन् ।

काठमाडौंस्थित बेलायती राजदूतावासलाई ७० मिटरभन्दा लामा र डबल लेन भएका १० वटा बेलिब्रिज अनुदानमा उपलब्ध गराइदिन अनुरोध गरिएको उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा पहिरो गएर सडक अवरुद्ध भएपछि मकवानपुरमा बढेको सवारी चाप व्यवस्थापन गर्न बागमती प्रदेश सरकारले मकवानपुरको भीमफेदी–कोगटे–इपा–सिस्नेरी सडक मर्मत सुरु गरेको छ । भीमफेदी गाउँपालिकाको पहलमा प्रदेश सरकारले भीमफेदी–कोगटे हुँदै इपा देउरालीसम्मको सडकको आज स्थलगत निरीक्षण गरी मर्मत तथा निर्माणको काम सुरु गरिएको बागमतीका मुख्यमन्त्री किरण थापामगरले जानकारी दिए । भीमफेदी र सिस्नेरी ...
। बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी आमाबाबु गुमाएका बालबालिकालाई आवाससहित कक्षा १२ सम्म नि:शुल्क शिक्षा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । बाढीका कारण अभिभावक गुमाएका बालबालिकाको शिक्षा र आवासको जिम्मेवारी प्रदेश सरकारले लिने निर्णय गरेको सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकासमन्त्री भरत केसीले जानकारी दिए । बाढीबाट ...
। ब्राण्डेड चामल भन्दै कमसल चामल बेच्ने मान्छे पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंका ४८ वर्षीय मुकेश कुमार भनिने मुकेश सिंह छन् । उनले ब्राण्डेड बारोमा कमसल चामल प्याकिङ गरी बेचेको आरोप छ । कुलेश्वरमा रहेको न्यू प्रकाश खाद्य उद्योगमा लङ ग्रेन प्रिमियम स्पेशल राइस ब्राण्डको चामलको बोरा प्रयोग गरी कमसल चामल बेचेको आरोप छ । उनीविरुद्ध कालोबजार ...
। पहिरोले अवरुद्ध मुग्लिन–काठमाडौं सडक सञ्चालनका लागि कृष्णभिरमा नयाँ ट्र्याक खन्ने काम सुरु भएको छ । पहिरो गएको स्थानभन्दा माथि नयाँ ट्र्याक खोल्ने काम सुरु भएको मलेखु–मुग्लिन सडक योजनाले जनाएको छ । ‘भित्तातिरबाट खनेर नयाँ बाटो निकाल्ने भन्ने छ,’ योजना प्रमुख सजना अधिकारीले भनिन्, ‘सोहीअनुसार आजबाट भेजिटेसन क्लिअर गर्दै त्यहाँ भएका रुख काट्ने काम सुरु गर्‍यौं ...
। बाढी पीडितका लागि भन्दै आफ्नो क्युआरमार्फत रकम संकलन गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–१ घर भएका ४७ वर्षीय कृष्ण केसी छन् । उनले प्रधानमन्त्री दैवी प्रकोप कोषमा रकम जम्मा गरिदिने भन्दै आफ्नो क्युआरमार्फत रकम संकलन गरेको प्रहरीले बताएको छ । पक्राउ परेका उनीविरुद्ध अभद्र व्यवहारको कसुरमा ७ दिनको म्याद लिएर ...