मुख्य समाचार
खाना पकाउने ग्यासमा कालोबजारी गर्ने बसपार्कस्थित गणेश भाँडा पसललाई तीन लाख जरिवाना
खाना पकाउने ग्यासमा कालोबजारी गर्ने बसपार्कस्थित गणेश भाँडा पसललाई तीन लाख जरिवाना

। खाना पकाउने ग्यासमा कालोबजारी गर्ने बसपार्कस्थित गणेश भाँडा पसललाई तीन लाख जरिवाना तोकिएको छ ।

अनुचित व्यवसायिक क्रियाकलाप गरेको भन्दै प्रशासनले कारबाही स्वरूप जरिवाना तोकेको हो । उक्त रकम तिर्न सात दिनको अल्टिमेटम दिइएको छ ।

अनुगमन समितिको प्रतिवेदन, स्थलगत मुचुल्का र सम्बद्ध कानूनको आधारमा कारबाही गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एवं निरीक्षण अधिकृत नेत्रप्रसाद शर्माले बताए ।

‘उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम कारबाही गर्ने निर्णय भयो,’ उनले भने, ‘उक्त ऐनमा बढीमा तीन लाखसम्म जरिवाना गर्न पाउने व्यवस्था छ ।’ ठगिएका उपभोक्तालाई पूरा तौल भएको ग्यास उपलब्ध गराउन पनि भनिएका उनले जानकारी दिए ।



उनका अनुसार व्यवसाय स्थलमा आवश्यक सुरक्षा मापदण्डसहित सीसीटीभी जडान गर्न निर्देश गरिएको छ । कारबाही चित्त नबुझे पुनरावेदन गर्न पाउने उनले बताए ।

‘हामीले गरेको कारबाही चित्त नबुझे उहाँले पुनरावेदन गर्न पाउनुहुन्छ, त्यसका लागि हामीले तोकेको जरिवाना रकमको ५० प्रतिशत अर्थात् डेढ लाख रकम धरौटी राख्नुपर्छ,’ उनले भने ।

सिल गरिएको सिलिन्डरबाट ग्यास चोरेर बिक्री वितरण गरेको भन्ने उपभोक्ताको गुनासो पश्चात उक्त सप्लायर्सको बाह्रकिलोस्थित गोदाम अनुगमन भएको थियो ।

अनुगमनको क्रममा ग्यास चोरेर बिक्री गर्ने गरेको खुलेपछि कारबाही प्रक्रिया अघि बढाइएको हो ।

‘एउटा सिलिन्डरबाट कम्तीमा चार केजी ग्यास चोर्ने गरेको पाइयो, ग्यास चोर्न प्रयोग हुने धातुको सुइरो समेत हामीले त्यहाँबाट बरामद गरेका थियौं,’ शर्माले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा पहिरो गएर सडक अवरुद्ध भएपछि मकवानपुरमा बढेको सवारी चाप व्यवस्थापन गर्न बागमती प्रदेश सरकारले मकवानपुरको भीमफेदी–कोगटे–इपा–सिस्नेरी सडक मर्मत सुरु गरेको छ । भीमफेदी गाउँपालिकाको पहलमा प्रदेश सरकारले भीमफेदी–कोगटे हुँदै इपा देउरालीसम्मको सडकको आज स्थलगत निरीक्षण गरी मर्मत तथा निर्माणको काम सुरु गरिएको बागमतीका मुख्यमन्त्री किरण थापामगरले जानकारी दिए । भीमफेदी र सिस्नेरी ...
। बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी आमाबाबु गुमाएका बालबालिकालाई आवाससहित कक्षा १२ सम्म नि:शुल्क शिक्षा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । बाढीका कारण अभिभावक गुमाएका बालबालिकाको शिक्षा र आवासको जिम्मेवारी प्रदेश सरकारले लिने निर्णय गरेको सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकासमन्त्री भरत केसीले जानकारी दिए । बाढीबाट ...
। ब्राण्डेड चामल भन्दै कमसल चामल बेच्ने मान्छे पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंका ४८ वर्षीय मुकेश कुमार भनिने मुकेश सिंह छन् । उनले ब्राण्डेड बारोमा कमसल चामल प्याकिङ गरी बेचेको आरोप छ । कुलेश्वरमा रहेको न्यू प्रकाश खाद्य उद्योगमा लङ ग्रेन प्रिमियम स्पेशल राइस ब्राण्डको चामलको बोरा प्रयोग गरी कमसल चामल बेचेको आरोप छ । उनीविरुद्ध कालोबजार ...
। पहिरोले अवरुद्ध मुग्लिन–काठमाडौं सडक सञ्चालनका लागि कृष्णभिरमा नयाँ ट्र्याक खन्ने काम सुरु भएको छ । पहिरो गएको स्थानभन्दा माथि नयाँ ट्र्याक खोल्ने काम सुरु भएको मलेखु–मुग्लिन सडक योजनाले जनाएको छ । ‘भित्तातिरबाट खनेर नयाँ बाटो निकाल्ने भन्ने छ,’ योजना प्रमुख सजना अधिकारीले भनिन्, ‘सोहीअनुसार आजबाट भेजिटेसन क्लिअर गर्दै त्यहाँ भएका रुख काट्ने काम सुरु गर्‍यौं ...
। बाढी पीडितका लागि भन्दै आफ्नो क्युआरमार्फत रकम संकलन गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–१ घर भएका ४७ वर्षीय कृष्ण केसी छन् । उनले प्रधानमन्त्री दैवी प्रकोप कोषमा रकम जम्मा गरिदिने भन्दै आफ्नो क्युआरमार्फत रकम संकलन गरेको प्रहरीले बताएको छ । पक्राउ परेका उनीविरुद्ध अभद्र व्यवहारको कसुरमा ७ दिनको म्याद लिएर ...