मुख्य समाचार
भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय
भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय

। सरकारले रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्मान स्वरुप राष्ट्रिय शोक दिवस बनाउने निर्णय गरेको छ ।

बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

उनका अनुसार, बाढीमा मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मानस्वरुप उक्त घटना भएको १३ औं दिनको पुण्यतिथी पारेर सरकारले शोक दिवस मनाउन लागेको हो ।

भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने निर्णय भएको उनले बताए । सो दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास एवं नियोगहरूमा नेपाली झण्डा आधा झुकाउने निर्णय पनि भएको छ ।

निर्णयमा भनिएको छ–

रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय भीषण बाढीको कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मानस्वरुप उक्त घटना भएको १३ औं दिनको पुण्यतिथीको दिन अर्थात् भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने । उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास एवं नियोगहरूमा नेपाली झण्डा आधा झुकाउने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा पहिरो गएर सडक अवरुद्ध भएपछि मकवानपुरमा बढेको सवारी चाप व्यवस्थापन गर्न बागमती प्रदेश सरकारले मकवानपुरको भीमफेदी–कोगटे–इपा–सिस्नेरी सडक मर्मत सुरु गरेको छ । भीमफेदी गाउँपालिकाको पहलमा प्रदेश सरकारले भीमफेदी–कोगटे हुँदै इपा देउरालीसम्मको सडकको आज स्थलगत निरीक्षण गरी मर्मत तथा निर्माणको काम सुरु गरिएको बागमतीका मुख्यमन्त्री किरण थापामगरले जानकारी दिए । भीमफेदी र सिस्नेरी ...
। बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी आमाबाबु गुमाएका बालबालिकालाई आवाससहित कक्षा १२ सम्म नि:शुल्क शिक्षा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । बाढीका कारण अभिभावक गुमाएका बालबालिकाको शिक्षा र आवासको जिम्मेवारी प्रदेश सरकारले लिने निर्णय गरेको सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकासमन्त्री भरत केसीले जानकारी दिए । बाढीबाट ...
। ब्राण्डेड चामल भन्दै कमसल चामल बेच्ने मान्छे पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंका ४८ वर्षीय मुकेश कुमार भनिने मुकेश सिंह छन् । उनले ब्राण्डेड बारोमा कमसल चामल प्याकिङ गरी बेचेको आरोप छ । कुलेश्वरमा रहेको न्यू प्रकाश खाद्य उद्योगमा लङ ग्रेन प्रिमियम स्पेशल राइस ब्राण्डको चामलको बोरा प्रयोग गरी कमसल चामल बेचेको आरोप छ । उनीविरुद्ध कालोबजार ...
। पहिरोले अवरुद्ध मुग्लिन–काठमाडौं सडक सञ्चालनका लागि कृष्णभिरमा नयाँ ट्र्याक खन्ने काम सुरु भएको छ । पहिरो गएको स्थानभन्दा माथि नयाँ ट्र्याक खोल्ने काम सुरु भएको मलेखु–मुग्लिन सडक योजनाले जनाएको छ । ‘भित्तातिरबाट खनेर नयाँ बाटो निकाल्ने भन्ने छ,’ योजना प्रमुख सजना अधिकारीले भनिन्, ‘सोहीअनुसार आजबाट भेजिटेसन क्लिअर गर्दै त्यहाँ भएका रुख काट्ने काम सुरु गर्‍यौं ...
। बाढी पीडितका लागि भन्दै आफ्नो क्युआरमार्फत रकम संकलन गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–१ घर भएका ४७ वर्षीय कृष्ण केसी छन् । उनले प्रधानमन्त्री दैवी प्रकोप कोषमा रकम जम्मा गरिदिने भन्दै आफ्नो क्युआरमार्फत रकम संकलन गरेको प्रहरीले बताएको छ । पक्राउ परेका उनीविरुद्ध अभद्र व्यवहारको कसुरमा ७ दिनको म्याद लिएर ...