। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार तथा राहत कार्यलाई सहयोग गर्न भारतले छैटौं खेपको सहयोग पठाएको छ ।
बिहीबार साँझ भारतले वैज्ञानिक परीक्षण (फोरेन्सिक) किट र औषधि लगायत २१.५ टन राहत सामग्री बोकेका थप दुईवटा विमान (सी–१३० जे) पठाएको हो ।
उद्धार तथा खोजीका लागि विशेष उपकरणसहितको उद्धार टोलीसहित यसअघि पाँच लट सामग्री भारतले पठाइसकेको छ ।
नेपालमा हाल उद्धार तथा राहत कार्य तीव्र रूपमा जारी रहेको छ ।
भारतसहित विभिन्न देश र अन्तर्राष्ट्रिय निकायहरूले प्रभावित क्षेत्रका लागि सहयोग उपलब्ध गराइरहेका छन् ।
नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तव आज आफैं बाढी प्रभावित क्षेत्रमा पनि पुगेका थिए ।