मुख्य समाचार
वर्षमान पुनले प्रधानमन्त्री बालेन्द्र शाहलाई संयुक्त राष्ट्रसंघमा गएर जलवायु न्यायमा दाबी गर्न सुझाव
वर्षमान पुनले प्रधानमन्त्री बालेन्द्र शाहलाई संयुक्त राष्ट्रसंघमा गएर जलवायु न्यायमा दाबी गर्न सुझाव

। नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का सांसद वर्षमान पुनले प्रधानमन्त्री बालेन्द्र शाहलाई संयुक्त राष्ट्रसंघमा गएर जलवायु न्यायमा दाबी गर्न सुझाव दिएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै पूर्वअर्थमन्त्री समेत रहेका पुनले यस्तो सुझाव दिएका हुन् ।

‘विश्वव्यापी कार्बन उत्सर्जन, जलवायु परिवर्तन, विश्वव्यापी तापमान वृद्धिजस्ता कुराले हिमालयन क्षेत्रमा विपद् बढिराखेका छन् । यो कुरा आज विश्वले सुनिराखेको छ’, नेता पुनले भने ।

यो विषय अब सरकारले विश्वका मञ्चहरूमा उठाउनुपर्ने बताउँदै उनले प्रधानमन्त्री शाहलाई संयुक्त राष्ट्रसंघलगायतका विश्व मञ्चमा जान सुझाएका हुन् ।

‘यो कुरा यहाँबाट सुनाएर मात्रै हुँदैन । सम्माननीय प्रधानमन्त्रीज्यू संयुक्त राष्ट संघलगायतका विश्व मञ्चहरूमा गएर दुनियाँलाई अपिल गर्ने र हकको दाबी गर्ने, क्षतिपुर्ति दाबी गर्नुपर्छ,’ सांसद पुनले अगाडि भने, ‘यसमा हामी सबै दलहरू एक ठाउँमा छौं ।’

साथै, नेपालमा दातृ निकायको सम्मेलन आयोजना गर्न आग्रह गरे । प्रधानमन्त्री शाहलाई दलहरूसँग समन्वय गरेर अगाडि बढ्न संसद्बाट पनि उनले आग्रह गरे ।

यसअघि आजै नेता पुनले प्रधानमन्त्री शाहलाई भेटेर लिखित रूपमा पनि सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले नेपालको दु:खमा मित्रराष्ट्रहरू दरिलो खम्बा बनेको उभिएको बताएका छन् । बिहीबार राति फेसबुकमार्फत रसुवा बाढीपछिको घटनाको विवरण दिँदै प्रधानमन्त्री बालेनले वैदेशिक सहायताको प्रशंसा गरेका हुन् । ‘बाढी आएकै दिनदेखि हामीले मित्रराष्ट्रहरुबाट विभिन्न किसिमको सहयोग प्राप्त गरिरहेका छौं,’ प्रधानमन्त्री बालेनले भनेका छन्, ‘हाम्रो दु:खमा उहाँहरू दरिलो खम्बा बनेर उभिनुभएको छ ।’ पहिलो दिनदेखि छिमेकी ...
। प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका काम जारी रहेको बताएका छन् । बिहीबार राति फेसबुकमार्फत विपद् प्रतिकार्यबारेको जानकारी दिँदै उनले बाढीको सूचना पाएलगत्तै प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि राज्यका सबै संयन्त्र सक्रिय बनाएको परिणाम ठूलो संख्यामा उद्धार सम्भव भएको दाबी गरेका हुन् । ‘हालसम्म १२ हजार ३८ जनाको उद्धार गरिसकेका छौँ,’ ...
। नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापार गर्ने सम्बन्धी सम्झौता प्रतिनिधिसभामा पेस भएको छ । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यो सम्झौता संसद्को जानकारीका लागि पेस गरेका हुन् । नेपाल र भारतबीच २०८० पुस १९ गते यो सम्झौतामा हस्ताक्षर भएको थियो । गोप्य राखिएको सम्झौता सर्वोच्च अदालतको आदेशमा २०८३ साउन १४ गते ...
। प्रधानमन्त्री बालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा पूर्वाधार पुनर्निर्माणको कामलाई प्राथमिकता दिएको बताएका छन् । बिहीबार राति फेसबुकमार्फत विपद् प्रतिकार्यबारेको जानकारी दिँदै उनले पूर्वाधारहरू जतिसक्दो चाँडो सम्भव भएमा मर्मत, नभए पुनर्निर्माणलाई प्राथमिकता दिएको बताएका हुन् । ‘प्रभावित क्षेत्रमा सञ्चार र ५.७७ प्रतिशत घरधुरीमा मात्रै विद्युत् सेवा पुर्‍याउन बाँकी छ,’ प्रधानमन्त्री बालेनले भनेका छन्, ‘अन्य पूर्वधार पहिलेकै ...
। बेलिब्रिजको सामग्री बोकेको ट्रक बिहीबार इलाममा ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । झापाबाट इलामतर्फ आउँदै गरेको डब्लुबी२९बी २९४४ नम्बरको ट्रक आज दिउँसो मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–१० गोदकस्थित बाह्रगोलाइमा दुर्घटना भएको हो । उक्त दुर्घटनामा ट्रकका सहचालक भारतको दक्षिण दिनेशपुर गङ्गारामपुरका ३८ वर्षीय सुवास बर्मुनको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ...