मुख्य समाचार
परराष्ट्र मन्त्रालयले रसुवा बाढीपछिको खोज, उद्धार तथा राहतका प्रयासबारे काठमाडौंस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई जानकारी
परराष्ट्र मन्त्रालयले रसुवा बाढीपछिको खोज, उद्धार तथा राहतका प्रयासबारे काठमाडौंस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई जानकारी

। परराष्ट्र मन्त्रालयले रसुवा बाढीपछिको खोज, उद्धार तथा राहतका प्रयासबारे काठमाडौंस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई जानकारी गराएको छ ।

बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले मन्त्रालयमा सम्पन्न कूटनीतिक ब्रिफिङ र अन्य समसामयिक विषयमा भएको छलफलबारे जानकारी दिएका हुन् ।

ब्रिफिङका क्रममा परराष्ट्रमन्त्री शिशिर खनालको उपस्थितिमा विभिन्न मुलुकका राजदूत तथा अन्तर्राष्ट्रिय सङ्गठनका प्रतिनिधिहरूलाई नेपालको वर्तमान अवस्थाबारे अवगत गराइएको थियो ।

सो अवसरमा कुटनीतिक प्रतिनिधिहरूले विपदप्रति दु:ख व्यक्त गर्दै आ–आफ्ना सरकार र संस्थाका तर्फबाट ऐक्यवद्धता एवं सहयोगको प्रतिवद्धता पुन: व्यक्त गरेको उनले बताए ।

सरकारले हालसम्म भएका खोज, उद्धार र राहतका प्रगतिबारे जानकारी दिँदै प्राप्त सहयोगका लागि धन्यवाद व्यक्त गरेको पनि उनले बताए ।

दाता सम्मेलन आयोजना गर्ने विषयमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै प्रवक्ता क्षेत्रीले यसबारे सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको जानकारी दिए ।

यसैगरी, चीनको केरुङ क्षेत्रमा रहेका करिव १ हजार ४ सय नेपाली नागरिकहरूको अवस्थाबारे मन्त्रालयले स्पष्ट पारेको छ । तीमध्ये करिब १ सय जना नेपाली तातोपानी नाका हुँदै स्वदेश फर्किने क्रममा रहेको प्रवक्ताले जानकारी दिए ।

सामाजिक सञ्जालमा आएका कतिपय अपुष्ट खबरहरूको खण्डन गर्दै उनले भने, ‘उहाँहरू हराएर फेला पर्नुभएको होइन, कामको सिलसिलामा केरुङमा रहनुभएका नेपालीहरू बाटो अवरुद्ध भएका कारण त्यहाँ रोकिनुभएको हो ।’

मन्त्रालयका अनुसार विपदका कारण घरपरिवार र आफन्त गुमाएका वा तत्काल स्वदेश फर्कनुपर्ने अवस्थामा रहेका नेपालीहरूलाई प्राथमिकताका साथ ल्याउन चिनियाँ पक्षसँग समन्वय भइरहेको छ ।

वैकल्पिक मार्ग प्रयोग गरेर भएपनि उनीहरूलाई छिट्टै नेपाल ल्याउने व्यवस्था मिलाइने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका काम जारी रहेको बताएका छन् । बिहीबार राति फेसबुकमार्फत विपद् प्रतिकार्यबारेको जानकारी दिँदै उनले बाढीको सूचना पाएलगत्तै प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि राज्यका सबै संयन्त्र सक्रिय बनाएको परिणाम ठूलो संख्यामा उद्धार सम्भव भएको दाबी गरेका हुन् । ‘हालसम्म १२ हजार ३८ जनाको उद्धार गरिसकेका छौँ,’ ...
। नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापार गर्ने सम्बन्धी सम्झौता प्रतिनिधिसभामा पेस भएको छ । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यो सम्झौता संसद्को जानकारीका लागि पेस गरेका हुन् । नेपाल र भारतबीच २०८० पुस १९ गते यो सम्झौतामा हस्ताक्षर भएको थियो । गोप्य राखिएको सम्झौता सर्वोच्च अदालतको आदेशमा २०८३ साउन १४ गते ...
। प्रधानमन्त्री बालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा पूर्वाधार पुनर्निर्माणको कामलाई प्राथमिकता दिएको बताएका छन् । बिहीबार राति फेसबुकमार्फत विपद् प्रतिकार्यबारेको जानकारी दिँदै उनले पूर्वाधारहरू जतिसक्दो चाँडो सम्भव भएमा मर्मत, नभए पुनर्निर्माणलाई प्राथमिकता दिएको बताएका हुन् । ‘प्रभावित क्षेत्रमा सञ्चार र ५.७७ प्रतिशत घरधुरीमा मात्रै विद्युत् सेवा पुर्‍याउन बाँकी छ,’ प्रधानमन्त्री बालेनले भनेका छन्, ‘अन्य पूर्वधार पहिलेकै ...
। बेलिब्रिजको सामग्री बोकेको ट्रक बिहीबार इलाममा ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । झापाबाट इलामतर्फ आउँदै गरेको डब्लुबी२९बी २९४४ नम्बरको ट्रक आज दिउँसो मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–१० गोदकस्थित बाह्रगोलाइमा दुर्घटना भएको हो । उक्त दुर्घटनामा ट्रकका सहचालक भारतको दक्षिण दिनेशपुर गङ्गारामपुरका ३८ वर्षीय सुवास बर्मुनको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ...
। स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आज दिउँसो धनगढी उपमहानगरपालिका–४ स्थित घरेलु चोकबाट भारतको पञ्जाब, पटियाला बस्ने १८ वर्षीय अर्मिन्द्र सिंहलाई पक्राउ गरिएको हो । कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले शङ्कास्पद अवस्थामा पैदल हिँडिरहेको भेटिएपछि खानतलासी गर्दा निजको साथबाट भारतीय ५०० दरका ...