मुख्य समाचार
श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी छन् : राष्ट्रपति पौडेल
श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी छन् : राष्ट्रपति पौडेल

। राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी रहेको बताएका छन् ।

श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले सुख, शान्ति र सुस्वास्थ्यको कामना गरेका हुन् ।




विश्वभर सनातन धर्म र संस्कृतिको संरक्षण तथा विकासमा योगदान गर्नेले मानव जीवनका लागि मूल्यवान् धर्म, कर्म, प्रेम, नीति र ज्ञानका सन्देश प्रवाह गर्ने भगवान् श्रीकृष्णको पूजा–आराधना गरी यो पर्व मनाइने राष्ट्रपति पौडेलले बताए ।

विशेषगरी ललितपुरको पाटनस्थित कृष्ण मन्दिरसहित देशभरका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना गरी यो पर्व मनाइन्छ ।



स्वार्थरहित कर्म, सत्य, न्याय र धर्ममा अडिग रहने, शुद्ध मन र त्यागपूर्ण व्यवहार गर्ने तथा कर्तव्यप्रति सधैँ प्रतिबद्ध रहने श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी रहेको राष्ट्रपति पौडेलले बताएका हुन् ।

राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त नेपाली समाजलाई भावनात्मक एकताको सूत्रमा बाँध्दै आपसी सद्भाव कायम गर्न र सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्न श्रीकृष्ण जन्माष्टमी पर्वले सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।

उनले श्रीकृष्ण जन्माष्टमी पर्वले आपसी सद्भाव, करुणा, कर्म, योग र मैत्रीभाव बढाउँदै सभ्य र सुसंस्कृत समाज निर्माणका लागि प्रेरणा प्रदान गरोस् भन्ने कामना समेत गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। काठमाडौं महानगरपालिका–३२ को पेप्सीकोलामा आगलागी भएको छ । पेप्सीकोला फुटबल ग्राउन्ड नजिकै रहेको कटेजमा आगलागी भएको हो । प्रहरी वृत्त, काँडाघारीका असई रमेश ओलीका अनुसार, राति साढे १२ बजे कटेजमा आगलागी भएको हो । प्रहरीका अनुसार, कटेजमा विद्युत् सर्ट भएर आगलागी भएको हो । अहिले दमकल पुगेर आगलागी नियन्त्रणको प्रयास गरिरहेको असई ओलीले जानकारी दिए । अहिलेसम्म ...
। सरकारले आगामी भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । जेनजी शहीदको सम्झनामा भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो । अघिल्लो वर्ष भर्दा २३ र २४ गते जेनजी शहीद दिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । गत वर्ष ...
। नेपाली कांग्रेसले ग्रिन आर्मीका बारेमा सरकारलाई प्रश्न गरेको छ । बिहीबार प्रतिनिधिसभामा विशेष समयमा पार्टीको तर्फबाट समय लिएर बोल्दै सांसद अर्जुननरसिंह केसीले यो विषय उठाएका हुन् । ‘यो ग्रीन आर्मी भनेको के हो ? के जात हो ? कहाँबाट आयो ? यसमाथि गम्भीर प्रश्न छ’, सांसद केसीले भने, ‘सैनिक पोसाक र दर्ज्यानी चिन्हसहित जो उपस्थित भएको ...
। प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाने भएका छन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका लागि प्रधानमन्त्री शाह जान लागेको परराष्ट्र मन्त्रालय स्रोतले अनलाइनखबरलाई जानकारी दिएको छ । उनीसँगै परराष्ट्रमन्त्री शिशिर खनाल पनि सँगै जानेछन् । ‘जाने तयारी भएपछि हामीले तयारी थालेका छौं । मन्त्रालयले गर्नुपर्ने तयारी अघि बढाएको ...
। परराष्ट्र मन्त्रालयले रसुवा बाढीपछिको खोज, उद्धार तथा राहतका प्रयासबारे काठमाडौंस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई जानकारी गराएको छ । बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले मन्त्रालयमा सम्पन्न कूटनीतिक ब्रिफिङ र अन्य समसामयिक विषयमा भएको छलफलबारे जानकारी दिएका हुन् । ब्रिफिङका क्रममा परराष्ट्रमन्त्री शिशिर खनालको उपस्थितिमा विभिन्न मुलुकका राजदूत तथा अन्तर्राष्ट्रिय सङ्गठनका प्रतिनिधिहरूलाई नेपालको वर्तमान ...