मुख्य समाचार
मुलुकमा आएको प्राकृतिक विपद्पछिको खोज, उद्धार र राहत वितरणमा सरकारलाई पूर्ण सहयोग गर्ने
मुलुकमा आएको प्राकृतिक विपद्पछिको खोज, उद्धार र राहत वितरणमा सरकारलाई पूर्ण सहयोग गर्ने

। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुलुकमा आएको प्राकृतिक विपद्पछिको खोज, उद्धार र राहत वितरणमा सरकारलाई पूर्ण सहयोग गर्ने निर्णय गरेको छ ।

पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले उद्धार र राहतका साथै दीर्घकालीन पुनर्स्थापनाका कार्यमा सरकारको हात बलियो बनाउने गरी पार्टी अघि बढ्ने बताए ।

बैठकमा भएको छलफलबारे जानकारी दिँदै प्रमुख सचेतक बुर्लाकोटीले राहत वितरणलाई प्रभावकारी र द्रुत बनाउन ७२ घण्टाको समयसीमाभित्र काम सक्नुपर्नेमा जोड दिइएको पनि बताए ।

उनका अनुसार संकलन भएका राहत सामग्रीहरू ढिला नगरी कम्तीमा ७२ घण्टाभित्र पीडितसमक्ष पुर्‍याउनुपर्ने पार्टीको निष्कर्ष रहेको छ ।

‘सरकारी क्षमताले मात्र सबै ठाउँमा पुग्न कठिन हुनसक्ने भएकाले धेरै संघसंस्थाहरूले सिधै राहत वितरण गरिरहनुभएको छ,’ बुर्लाकोटीले भने, ‘वितरणको क्षमता नभएका संघसंस्थाहरूले भने सरकारी संकलन केन्द्रमा सामग्री हस्तान्तरण गर्नुपर्छ र सरकारले त्यसको समुचित वितरण गर्नेछ ।’

सरकार र पार्टीबीचको समन्वयका बारेमा स्पष्ट पार्दै उनले प्रधानमन्त्रीको सल्लाहकार समेत पार्टीको सचिवालयमा रहेकाले राहत र पुनर्स्थापनाको सन्दर्भमा आवश्यक तयारी र समन्वय भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। परराष्ट्र मन्त्रालयले रसुवा बाढीपछिको खोज, उद्धार तथा राहतका प्रयासबारे काठमाडौंस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई जानकारी गराएको छ । बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले मन्त्रालयमा सम्पन्न कूटनीतिक ब्रिफिङ र अन्य समसामयिक विषयमा भएको छलफलबारे जानकारी दिएका हुन् । ब्रिफिङका क्रममा परराष्ट्रमन्त्री शिशिर खनालको उपस्थितिमा विभिन्न मुलुकका राजदूत तथा अन्तर्राष्ट्रिय सङ्गठनका प्रतिनिधिहरूलाई नेपालको वर्तमान ...
। रसुवा बाढी प्रभावित क्षेत्रमा ‘ग्रिन आर्मी नेपाल’ नामको एउटा समूह नेपाल आर्मीसँग मिल्दोजुल्दो पोशाक लगाएर खटिएको देखिन्छ। उनीहरू हरियो रंगमा पातको बुट्टा राखिएको पोशाक लगाउँछन्। यो टोलीबाहेकको हकमा भने सरकारले नेपाली सेनासँग मिल्दो पोशाक लगाउन पटक-पटक प्रतिबन्ध लगाउँदै आएको छ। दश वर्षे द्वन्द्वकाल होस् वा विद्रोही माओवादी शान्ति प्रक्रियामा आइसकेपछि सरकारले यस्तो पोशाक लगाउनै नपाउने उर्दी जारी ...
। दक्षिणी तथा पूर्वी एसियाली देशहरूमा राजनीतिक दलहरूले पाउने चन्दा तथा आर्थिक अनुदान अपारदर्शी भएको एक अध्ययनले देखाएको छ । नेपाल सहित १७ मुलुकहरूमा गरिएको अध्ययनले कानूनी व्यवस्था भएका मुलुकमा समेत राजनीतिक दलहरूमा हुने आर्थिक लगानी र त्यससम्बन्धी कारोवार पारदर्शी नभएको निष्कर्ष निकालेको हो । भ्रष्टाचार विरुद्ध वकालत गर्ने अन्तर्राष्ट्रिय संस्था, ट्रान्सपरेन्सी इन्टरनेशनलले बिहीबार ‘इन्टेग्रिटी इन पोलिटिकल ...
। वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेषगरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने ...
। राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी रहेको बताएका छन् । श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले सुख, शान्ति र सुस्वास्थ्यको कामना गरेका हुन् । विश्वभर सनातन धर्म र संस्कृतिको संरक्षण तथा विकासमा योगदान गर्नेले मानव जीवनका लागि मूल्यवान् धर्म, कर्म, प्रेम, नीति र ज्ञानका सन्देश प्रवाह गर्ने ...