मुख्य समाचार
ग्रिन आर्मीबारे संसद्मा प्रश्न
ग्रिन आर्मीबारे संसद्मा प्रश्न

। ग्रिन आर्मीबारे संसद्मा प्रश्न उठेको छ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कै सांसद हरिमोहन भण्डारीले यो विषयमा छानबिनको माग राखेका छन् ।

बाढी प्रभावित क्षेत्रको विषयमा सरकारको कामकारबाहीको विषय प्रतिनिधिसभाको बैठकमा उठाउने क्रममा उनले त्यसक्षेत्रमा खटिएका ग्रिन आर्मीबारे जिज्ञासा राखेका हुन् ।

‘नेपाली सेना, सशस्त्र प्रहरीले गरेको कार्यको प्रशंसा गर्न चाहन्छु र यो हरियो सेना भनेको के हो ?’ उनले प्रश्न गरे, ‘यसका बारेमा अबिलम्व छानबिन गर्न मैले जरूरी देखेको छु ।’

साथै, विपद्मा परेका परिवारका लागि आवश्यक सामग्रीको जोहो गरिदिन सरकारलाई आग्रह गरे ।

ग्रिन आर्मी बाढी प्रभावित क्षेत्र रसुवा र नुवाकोट मा उद्धारमा खटिएको छ । यसपछि यसको चर्चा चलिरहेको छ ।

यो एउटा गैरसरकारी स्वयंसेवी संस्था भनिएको छ । तर, यस संस्थाका सदस्यहरू नेपाली सेनाको जस्तै देखिने चुस्ता र बुट लगाएर मैदानमा उत्रिएपछि चासो व्यक्त भएको हो ।

सामाजिक सञ्जालदेखि संसदसम्म यसको वैधानिकतालाई लिएर विषय उठेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी रहेको बताएका छन् । श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले सुख, शान्ति र सुस्वास्थ्यको कामना गरेका हुन् । विश्वभर सनातन धर्म र संस्कृतिको संरक्षण तथा विकासमा योगदान गर्नेले मानव जीवनका लागि मूल्यवान् धर्म, कर्म, प्रेम, नीति र ज्ञानका सन्देश प्रवाह गर्ने ...
। नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले बाढी प्रभावत राहत वितरणमा एकद्धार प्रणाली केन्द्रीकृत सोचको उपज भएको बताएका छन् । ‘एकद्धार प्रणालीको नाममा जुन खालको केन्द्रीकृत सोच अपनाइएको छ । यो अत्यन्त आपत्तिजनक छ,’ उनले भने, ‘राहतका सामग्री सदमुकाम र हेडक्वार्टरमा थुप्रिएका छन् । पीडितहरू भोकभोकै रात बिताउन बाध्य छन् ।’ यसकारण यसलाई प्रभावकारी र पारदर्शी बनाउँदै विकेन्द्रीकरण ...
। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद मनिष झाले रसुवा बाढीपछिको विपद्को समयमा सबै राजनीतिक दलहरूले सरकारप्रति देखाएको सद्भाव अनुकरणीय रहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद झाले विपद्मा दलहरूले सरकारप्रति देखाएको सद्भावप्रति सम्मान प्रकट गर्दै यस्तो बताएका हुन् । ‘यस घडीमा सबै दलले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा रहेको यो सरकारप्रति जुन समर्थन र सद्भाव ...
। नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले निर्माणाधीन जलविद्युत आयोजनाका टनेलमा फसेका नागरिकको शीघ्र उद्धार गर्न सरकारसँग आग्रह गरेका छन् । प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उनले यो शोकलाई शक्तिमा बदल्न सरकारलाई नि:सर्त साथ दिन आफूहरू तयार रहेको पनि बताए । ‘हामी सबै सरकारको साथमा छौँ । हामी निसर्त सरकारलाई साथ दिन चाहन्छौँ र यो संकटको सामना ...
। रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार तथा खोजी कार्यलाई तीव्रता दिइएको छ । खोजी तथा उद्धारका क्रममा सुरुङभित्रबाट मानिसको आवाज सुनिएको संकेत पाएको नेपाली सेनालाई उद्धृत गर्दै इन्जिनियर श्रीराम न्यौपानेले बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सुरुङ भित्रबाट मानिसको आवाज आएको जानकारी उद्दाररत सेनाबाट ...