मुख्य समाचार
बाढीपछि चार वैकल्पिक सडकबाट यातायात सञ्चालन
बाढीपछि चार वैकल्पिक सडकबाट यातायात सञ्चालन

— त्रिशूली नदीमा आएको बाढीका कारण गल्छी–त्रिशूली राजमार्ग तथा त्रिशूली नदीका विभिन्न पुलमा क्षति पुगेपछि अवरुद्ध यातायात वैकल्पिक सडकमार्फत सञ्चालनमा ल्याइएको छ।

रसुवा र धादिङसमेत हेर्ने सडक डिभिजन नुवाकोटले वैकल्पिक सडक निर्माण, मर्मत तथा स्तरोन्नति गरी यातायात सञ्चालनमा ल्याएको हो ।

सडक डिभिजनका अनुसार पृथ्वी राजमार्गअन्तर्गत मास्टारदेखि त्रिशूली पुल पार हुँदै केउरिनीटार, बेलिनटार, आदमटार, पिपलटार, गजुरीटार, नेपालटार र परेवाटार हुँदै धादिङबेंसीसम्म १५ किलोमिटर वैकल्पिक सडक सञ्चालनमा ल्याइएको छ । यो सडकबाट धादिङको गल्छी र सिद्धलेक क्षेत्रका बासिन्दालाई आवतजावतमा सहज भएको छ।

त्यस्तै, त्रिशूलीको दायाँ किनार हुँदै गल्छीबाट कल्लेरीटार, कोशीखोला, पिमलटार, दर्शनटार, छत्रेखोला, गौरीबेंसी हुँदै त्रिशूली बजार र किस्पाङ गाउँपालिकाको सीमासम्म ४० किलोमिटर सडक सञ्चालनमा ल्याइएको छ । यसबाट धादिङको सिद्धलेक तथा नुवाकोटका तारकेश्वर, विदुर र मेघाङ क्षेत्र यातायात सञ्जालमा जोडिएका छन् ।

देवीघाटस्थित क्षतिग्रस्त तादी खोला पुलको विकल्पमा पिपलटार–धमले–निरञ्जना–बाघखोर–हर्रे–देउराली–कोल्पुटार सडकबाट चारपांग्रे सवारीसाधन सञ्चालनमा ल्याइएको छ । ३५ किलोमिटर लामो यो वैकल्पिक सडकले नुवाकोटको विदुर र बेलकोटगढी क्षेत्रलाई जोडेको छ ।

रसुवा आवतजावतका लागि ढिकुरे हुँदै फेदीबेंसीचोक, हिरामुनिटार, चोगते, बोरेभन्ज्याङ, सानोखोला, धनस्वारा, भोर्ले, जिबजिबे र बोगटीटारसम्मको १२ किलोमिटर नुवाकोट खण्डलाई पनि सञ्चालनयोग्य बनाइएको छ । रसुवा खण्डमा सडक मर्मतको काम जारी रहेको सडक डिभिजनले जनाएको छ । उक्त मार्गबाट नुवाकोटको विदुर र सूर्यगढी क्षेत्रलाई रसुवासँग जोड्न सहज भएको छ ।

सडक डिभिजन नुवाकोटले आपतकालीन अवस्थामा विभिन्न उपकरण परिचालन गरी सडक खुलाउने, पहिरो हटाउने, कल्भर्ट निर्माण गर्ने, सडक सतह सुधार गर्ने तथा ग्राभेल राख्ने काम निरन्तर गरिरहेको पूर्वाधार विकास मन्त्रालयले बिहीबार विज्ञप्तिमार्फत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— बाढीले धादिङस्थित पृथ्वी राजमार्गको कृष्णभीरमा गत आइतबार सडक भासिएर त्रिशूली नदीमा खसेपछि वैकल्पिक उपायको खोजी हुन थालेको छ । सडक विभागकाअनुसार भासिएको सडकभन्दा माथिको भित्ताबाटै नयाँ ट्र्याक खोलिनेछ । जसका लागि बिहीबारदेखि त्यहाँ रहेका रुखहरु काटेर हटाउने काम थालिएको छ । कृष्णभीर पुगेकी मलेखु–मुग्लिन सडक अयोजना प्रमुख सजना अधिकारीले कृष्णभीरमा भासिएको ठाउँभन्दा माथिबाट नयाँ ...
— प्रख्यात अस्ट्रेलियन सुरुङ विशेषज्ञ अर्नोल्ड डिक्सले जमिनमाथि ठूलो विनाश भए पनि भूमिगत संरचनाभित्र लामो समयसम्म मानिस बाँच्न सक्ने बताएका छन् । उनले चिली, थाइल्यान्ड र भारतमा विगतमा भएका उद्धारका उदाहरण दिँदै अहिले नेपालमा जारी उद्धार प्रयासमा आशा नमार्न आग्रह गरेका छन् । नेपालमा बाढी प्रभावित जलविद्युत् आयोजनाका सुरुङमा उद्धार जारी रहेका बेला त्रिशूली–३ ए आयोजनाको ...
— भोटेकोशी बाढीपछि रसुवा र नुवाकोटका करिब ६ सय विद्यार्थी सर्म्पकविहीन रहेका अनुमान गरिएको छ । जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाई, स्थानीय तह र विद्यालयहरूका अनुसार रसुवामा २८० र नुवोकाटमा ३०० देखि ३५० सम्म बालबालिका सर्म्पकविहीन रहेको अनुमान छ । ‘प्रधानाध्यापकहरूसँग सर्म्पक गरेर हराएका विद्यार्थीको तथ्या‌क माग गरिरहेका छौं । प्रअहरूले पनि एकीन ...
अस्ट्रेलिया — अस्ट्रेलियाले भोटेकोशी बाढीमा हराइरहेकाको खोजी तथा उद्धारका लागि थप १५ जनाको ड्रोन विशेषज्ञ टोली पठाउने भएको छ । अस्ट्रेलियाकी विदेशमन्त्री पेनी योङले आज पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएकी हुन्। अस्ट्रेलियाले नेपालमा गएको बाढीपीडितको सहयोग तथा उद्धारका लागि यसअघि नै पाँच मिलियन डलर दिने घोषणा गरिसकेको छ भने थप ३ मिलियन डलर सहयोग ...
— सरकारले भोटेकोशी बाढीबाट प्रभावित व्यवसायीका लागि व्यवसाय पुनरुत्थान प्याकेज घोषणा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिलाई राहत, कर छुट, सहुलियत तथा विभिन्न सुविधा उपलब्ध गराउने निर्णय गरेको हो । नेपाल–चीन सीमाक्षेत्रमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित व्यवसायीलाई लक्षित गरी सरकारले विभिन्न ...