मुख्य समाचार
उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता, मृत्यु भएमा परिवारलाई १० लाख
उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता, मृत्यु भएमा परिवारलाई १० लाख

— सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको खोज तथा उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी तथा कर्मचारी घाइते भएमा निःशुल्क औषधोपचारको व्यवस्था गर्ने निर्णयसमेत गरेको छ ।

त्यस्तै, उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी वा राष्ट्रसेवक कर्मचारीको मृत्यु भएमा निजका परिवारलाई प्रतिमृतक १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— बाढीले धादिङस्थित पृथ्वी राजमार्गको कृष्णभीरमा गत आइतबार सडक भासिएर त्रिशूली नदीमा खसेपछि वैकल्पिक उपायको खोजी हुन थालेको छ । सडक विभागकाअनुसार भासिएको सडकभन्दा माथिको भित्ताबाटै नयाँ ट्र्याक खोलिनेछ । जसका लागि बिहीबारदेखि त्यहाँ रहेका रुखहरु काटेर हटाउने काम थालिएको छ । कृष्णभीर पुगेकी मलेखु–मुग्लिन सडक अयोजना प्रमुख सजना अधिकारीले कृष्णभीरमा भासिएको ठाउँभन्दा माथिबाट नयाँ ...
— प्रख्यात अस्ट्रेलियन सुरुङ विशेषज्ञ अर्नोल्ड डिक्सले जमिनमाथि ठूलो विनाश भए पनि भूमिगत संरचनाभित्र लामो समयसम्म मानिस बाँच्न सक्ने बताएका छन् । उनले चिली, थाइल्यान्ड र भारतमा विगतमा भएका उद्धारका उदाहरण दिँदै अहिले नेपालमा जारी उद्धार प्रयासमा आशा नमार्न आग्रह गरेका छन् । नेपालमा बाढी प्रभावित जलविद्युत् आयोजनाका सुरुङमा उद्धार जारी रहेका बेला त्रिशूली–३ ए आयोजनाको ...
— भोटेकोशी बाढीपछि रसुवा र नुवाकोटका करिब ६ सय विद्यार्थी सर्म्पकविहीन रहेका अनुमान गरिएको छ । जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाई, स्थानीय तह र विद्यालयहरूका अनुसार रसुवामा २८० र नुवोकाटमा ३०० देखि ३५० सम्म बालबालिका सर्म्पकविहीन रहेको अनुमान छ । ‘प्रधानाध्यापकहरूसँग सर्म्पक गरेर हराएका विद्यार्थीको तथ्या‌क माग गरिरहेका छौं । प्रअहरूले पनि एकीन ...
अस्ट्रेलिया — अस्ट्रेलियाले भोटेकोशी बाढीमा हराइरहेकाको खोजी तथा उद्धारका लागि थप १५ जनाको ड्रोन विशेषज्ञ टोली पठाउने भएको छ । अस्ट्रेलियाकी विदेशमन्त्री पेनी योङले आज पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएकी हुन्। अस्ट्रेलियाले नेपालमा गएको बाढीपीडितको सहयोग तथा उद्धारका लागि यसअघि नै पाँच मिलियन डलर दिने घोषणा गरिसकेको छ भने थप ३ मिलियन डलर सहयोग ...
— सरकारले भोटेकोशी बाढीबाट प्रभावित व्यवसायीका लागि व्यवसाय पुनरुत्थान प्याकेज घोषणा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिलाई राहत, कर छुट, सहुलियत तथा विभिन्न सुविधा उपलब्ध गराउने निर्णय गरेको हो । नेपाल–चीन सीमाक्षेत्रमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित व्यवसायीलाई लक्षित गरी सरकारले विभिन्न ...