मुख्य समाचार
त्रिशुली ३ ए जलविद्युत् आयोजनाको सुरुङ (केबल डक्ट टनेल)को मुख खुलाउने काम जारी
त्रिशुली ३ ए जलविद्युत् आयोजनाको सुरुङ (केबल डक्ट टनेल)को मुख खुलाउने काम जारी

: नुवाकोटस्थित त्रिशुली ३ ए जलविद्युत् आयोजनाको सुरुङ (केबल डक्ट टनेल)को मुख खुलाउने काम जारी छ।

आयोजनाका सुरुङ तथा मुख्य संरचनाहरू बाढीले पुरिएपछि त्यहाँ मानिसहरू फसेको आशंकामा नेपाली सेनाको नेतृत्वमा चिनियाँ टोली र अन्य प्राविधिक गरी ९३ जनाको टोली ५ एक्स्क्याभेटर, कम्प्रेसर र ब्रेकरसहित खोजी तथा उद्धारमा जुटिरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

सुरुङको मुखमा ४० मिटर लामो र २० मिटर अग्लो भत्केका फलामसहितका संरचना तथा ठूलठूला ढुंगाहरु (डेब्रिस) छन्। रातदिन निरन्तरको प्रयासपछि त्यो पन्छ्याएर माथिबाट ३ फिट जति सुरुङको मुख खुलाइएको छ।

यससँगै उद्धार टोली त्यसभित्र १५-२० मिटर परसम्म पुगिसकेको छ भने एक्स्क्याभेटर तथा मेसिनसहित प्रवेश गर्नका लागि पुरै मुख खुलाउनुपर्ने भएकाले त्यहाँ रहेको बाँकी डेब्रिस हटाउने कार्य जारी छ। थप ७ वटा बोल्डर (ठूला ढुंगा) ब्लास्टिङका लागि तयारी भएको छ।

यो सुरुङ १७० मिटर जति लम्बाइको छ। माटो तथा लेदोले भरिएको त्यो सुरुङ छिचोलेपछि मात्रै भित्र पावरहाउसलगायत अन्य संरचनामा पुग्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— बाढीले धादिङस्थित पृथ्वी राजमार्गको कृष्णभीरमा गत आइतबार सडक भासिएर त्रिशूली नदीमा खसेपछि वैकल्पिक उपायको खोजी हुन थालेको छ । सडक विभागकाअनुसार भासिएको सडकभन्दा माथिको भित्ताबाटै नयाँ ट्र्याक खोलिनेछ । जसका लागि बिहीबारदेखि त्यहाँ रहेका रुखहरु काटेर हटाउने काम थालिएको छ । कृष्णभीर पुगेकी मलेखु–मुग्लिन सडक अयोजना प्रमुख सजना अधिकारीले कृष्णभीरमा भासिएको ठाउँभन्दा माथिबाट नयाँ ...
— प्रख्यात अस्ट्रेलियन सुरुङ विशेषज्ञ अर्नोल्ड डिक्सले जमिनमाथि ठूलो विनाश भए पनि भूमिगत संरचनाभित्र लामो समयसम्म मानिस बाँच्न सक्ने बताएका छन् । उनले चिली, थाइल्यान्ड र भारतमा विगतमा भएका उद्धारका उदाहरण दिँदै अहिले नेपालमा जारी उद्धार प्रयासमा आशा नमार्न आग्रह गरेका छन् । नेपालमा बाढी प्रभावित जलविद्युत् आयोजनाका सुरुङमा उद्धार जारी रहेका बेला त्रिशूली–३ ए आयोजनाको ...
— भोटेकोशी बाढीपछि रसुवा र नुवाकोटका करिब ६ सय विद्यार्थी सर्म्पकविहीन रहेका अनुमान गरिएको छ । जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाई, स्थानीय तह र विद्यालयहरूका अनुसार रसुवामा २८० र नुवोकाटमा ३०० देखि ३५० सम्म बालबालिका सर्म्पकविहीन रहेको अनुमान छ । ‘प्रधानाध्यापकहरूसँग सर्म्पक गरेर हराएका विद्यार्थीको तथ्या‌क माग गरिरहेका छौं । प्रअहरूले पनि एकीन ...
अस्ट्रेलिया — अस्ट्रेलियाले भोटेकोशी बाढीमा हराइरहेकाको खोजी तथा उद्धारका लागि थप १५ जनाको ड्रोन विशेषज्ञ टोली पठाउने भएको छ । अस्ट्रेलियाकी विदेशमन्त्री पेनी योङले आज पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएकी हुन्। अस्ट्रेलियाले नेपालमा गएको बाढीपीडितको सहयोग तथा उद्धारका लागि यसअघि नै पाँच मिलियन डलर दिने घोषणा गरिसकेको छ भने थप ३ मिलियन डलर सहयोग ...
— सरकारले भोटेकोशी बाढीबाट प्रभावित व्यवसायीका लागि व्यवसाय पुनरुत्थान प्याकेज घोषणा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिलाई राहत, कर छुट, सहुलियत तथा विभिन्न सुविधा उपलब्ध गराउने निर्णय गरेको हो । नेपाल–चीन सीमाक्षेत्रमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित व्यवसायीलाई लक्षित गरी सरकारले विभिन्न ...