मुख्य समाचार
बाढीका कारण चीनतर्फ फसेका १ सय १४ जना नेपाली नागरिक केरुङ क्षेत्रबाट बिहीबार तातोपानी नाका हुँदै नेपाल भित्रिए
बाढीका कारण चीनतर्फ फसेका १ सय १४ जना नेपाली नागरिक केरुङ क्षेत्रबाट बिहीबार तातोपानी नाका हुँदै नेपाल भित्रिए

: रसुवाको भोटेकोशी बाढीका कारण चीनतर्फ फसेका १ सय १४ जना नेपाली नागरिक केरुङ क्षेत्रबाट बिहीबार तातोपानी नाका हुँदै नेपाल भित्रिएका छन्।

तातोपानी अध्यागमन कार्यालयका प्रमुख पदमराज तिमल्सिनाका अनुसार चीनतर्फ सुरक्षित रहेका नेपाली नागरिकलाई चिनियाँ पक्षले राहदानी नम्बरसमेतको विवरणसहित तातोपानी नाकाको लिपिङ क्षेत्रमा ल्याएर नेपाली अधिकारीलाई जिम्मा लगाएको हो।
‘चिनियाँ प्रतिनिधिले विभिन्न जिल्लाका १ सय १४ जना नागरिकलाई तातोपानी नाकाको लिपिङ क्षेत्रमा हामीलाई जिम्मा लगाउनुभएको छ,’ उनले भने, ‘चिनियाँ पक्षले राहदानी नम्बरसमेतको विवरणसहित प्रभावितहरुलाई नेपाल पठाएको छ।’ सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेका अनुसार बाढी प्रभावित क्षेत्रमा परेर चीनतर्फ सुरक्षित रहेका नेपाली नागरिकलाई चिनियाँ पक्षले तातोपानी नाका हुँदै नेपाल पठाएको हो । उनका अनुसार रसुवामा आएको विनाशकारी बाढीका कारण चीनतर्फ फसेका १ सय १४ नेपाली बिहीबार तातोपानी नाका हुँदै नेपाल भित्रिएका हुन् । अहिले तातोपानी भन्सार बन्द रहे पनि पर्यटक आउजाउका लागि नाका खुुला रहेको छ।

नेपाल फर्किनेमा रसुवाका १ सय १३ र रामेछापका १ जना रहेका छन् । अस्थायी पास लिएर केरुङ पुगेका नेपालीहरूलाई फर्काइएको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले जनाएको छ। रसुवागढी नाकाबाट केरुङसम्म सामान लिन, लोड–अनलोडको काम गर्न तथा होटेल तथा रेस्टुराँहरूमा काम गर्न जाने नेपालीहरूले भिसा लिनुनपर्ने व्यवस्था छ।

‘विहीबार पहिलो टोली यहाँबाट हिँडेको छ । उहाँहरु बेलुकासम्म काठमाण्डू पुग्नुहुन्छ । यसपछि पनि निरन्तर पठाउँछौँ,’ महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले टेलिफोन सम्पर्कमा भने। रसुवागढी नाका र पासाङ ल्हामु राजमार्ग बाढीका कारण कटानमा परेपछि अस्थायी पास लिएर केरुङ पुगेका नेपालीहरू अलपत्र परेका थिए। महावाणिज्यदूत निरौलाका अनुसार उनीहरुलाई तातोपानी नाकासम्म पु¥याउन चीनले सहजीकरण गरेको छ।
अस्थायी अनुमति लिएर काम वा किनमेलका लागि जाने नेपालीहरू तिब्बततर्फ ३० किलोमिटर भित्रसम्म मात्रै जान पाउँछन्। आफूसँग राहदानी र भिसा नभएका बाढीपछि तिब्बतमा अलपत्र परेका मानिसहरूलाई नेपाल फर्किन चीन सरकारले सहयोग गर्नुपरेको निरौलाले बताए।

नेपाली महावाणिज्यदूतका अनुसार केरुङमा १ हजार ६ सय जति नेपाली रहेको अनुमान छ । तीमध्ये नेपाल फर्किनका लागि ८ सय जनाले नाम टिपाएको निरौलाको भनाई छ। ‘धेरैजसो सामान लिन आएका, किनमेलका लागि आएका र लोड–अनलोडको काममा आएका छन्,’ निरौलाले भने, ‘उहाँहरुले नेपाल फर्कन पाउँ भनेर नाम दर्ता गराउनुभएको छ । त्यो संख्या ८ सय भन्दा बढी छ ।’ रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि उक्त क्षेत्रमा रहेका नेपाली नागरिक प्रभावित भएका छन् । केही नागरिक अझै सम्पर्कविहीन छन् भने चीनतर्फ सुरक्षित अवस्थामा रहेका नेपालीलाई स्वदेश फर्काउने प्रक्रिया अघि बढाइएको हो।

बाढीपछि सम्पर्कविहीन रहेका सिन्धुपाल्चोकका २ सय ३९ जनाको अवस्था अझै अज्ञात छ। उनीहरूको खोजीमा आफन्त तथा सम्बन्धित निकाय लागिरहेका छन। तातोपानी नाका हुँदै नेपाल फर्किने नागरिकको व्यवस्थापन तथा आवश्यक समन्वयका लागि चिनियाँ जाङ्मु पोर्टसँग प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित अन्य निकायले तयारी गरिरहेको प्रशासनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— बाढीले धादिङस्थित पृथ्वी राजमार्गको कृष्णभीरमा गत आइतबार सडक भासिएर त्रिशूली नदीमा खसेपछि वैकल्पिक उपायको खोजी हुन थालेको छ । सडक विभागकाअनुसार भासिएको सडकभन्दा माथिको भित्ताबाटै नयाँ ट्र्याक खोलिनेछ । जसका लागि बिहीबारदेखि त्यहाँ रहेका रुखहरु काटेर हटाउने काम थालिएको छ । कृष्णभीर पुगेकी मलेखु–मुग्लिन सडक अयोजना प्रमुख सजना अधिकारीले कृष्णभीरमा भासिएको ठाउँभन्दा माथिबाट नयाँ ...
— प्रख्यात अस्ट्रेलियन सुरुङ विशेषज्ञ अर्नोल्ड डिक्सले जमिनमाथि ठूलो विनाश भए पनि भूमिगत संरचनाभित्र लामो समयसम्म मानिस बाँच्न सक्ने बताएका छन् । उनले चिली, थाइल्यान्ड र भारतमा विगतमा भएका उद्धारका उदाहरण दिँदै अहिले नेपालमा जारी उद्धार प्रयासमा आशा नमार्न आग्रह गरेका छन् । नेपालमा बाढी प्रभावित जलविद्युत् आयोजनाका सुरुङमा उद्धार जारी रहेका बेला त्रिशूली–३ ए आयोजनाको ...
— भोटेकोशी बाढीपछि रसुवा र नुवाकोटका करिब ६ सय विद्यार्थी सर्म्पकविहीन रहेका अनुमान गरिएको छ । जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाई, स्थानीय तह र विद्यालयहरूका अनुसार रसुवामा २८० र नुवोकाटमा ३०० देखि ३५० सम्म बालबालिका सर्म्पकविहीन रहेको अनुमान छ । ‘प्रधानाध्यापकहरूसँग सर्म्पक गरेर हराएका विद्यार्थीको तथ्या‌क माग गरिरहेका छौं । प्रअहरूले पनि एकीन ...
अस्ट्रेलिया — अस्ट्रेलियाले भोटेकोशी बाढीमा हराइरहेकाको खोजी तथा उद्धारका लागि थप १५ जनाको ड्रोन विशेषज्ञ टोली पठाउने भएको छ । अस्ट्रेलियाकी विदेशमन्त्री पेनी योङले आज पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएकी हुन्। अस्ट्रेलियाले नेपालमा गएको बाढीपीडितको सहयोग तथा उद्धारका लागि यसअघि नै पाँच मिलियन डलर दिने घोषणा गरिसकेको छ भने थप ३ मिलियन डलर सहयोग ...
— सरकारले भोटेकोशी बाढीबाट प्रभावित व्यवसायीका लागि व्यवसाय पुनरुत्थान प्याकेज घोषणा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिलाई राहत, कर छुट, सहुलियत तथा विभिन्न सुविधा उपलब्ध गराउने निर्णय गरेको हो । नेपाल–चीन सीमाक्षेत्रमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित व्यवसायीलाई लक्षित गरी सरकारले विभिन्न ...