मुख्य समाचार
सरकारले भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय
सरकारले भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय

— सरकारले भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

भोटेकोशी बाढीबाट ज्यान गुमाएकाहरूको १३ औँ दिनको पुण्यतिथिका दिन भदौ २२ गते राष्ट्रिय शोक घोषणा गर्ने र २३ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । उनका अनुसार २०८३ भदौ २३ गते जेन-जी सहिद दिवसको अवसरमा नेपालभर सार्वजनिक बिदा दिने भएको हो ।

शोकमा सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झन्डा आधा झुकाइने प्रवक्ता पोखरेलले जानकारी दिए ।

निर्णयहरू

१. एसियाली विकास बैंकबाट, भोटेकोशी बाढी प्रभावित जनताको जीवन रक्षा तथा तत्कालीन आपतकालीन उद्धार तथा राहत कार्यका लागि प्राप्त हुने ५ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने ।

२. रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित व्यक्ति, उद्योग, व्यापार तथा व्यवसायलाई तत्काल सुचारु गर्न एकीकृत व्यावसायिक पुनरुत्थान योजनाअन्तर्गत राहत, कर तथा महसुल छुटलगायतका अन्य सहुलियत तथा सुविधा प्रदान गर्ने। ।

३. साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत् कुल २५,००० मे.टन परिमाणको चिनी १ प्रतिशत भन्सार महशुल लिई आयात गर्न स्वीकृति प्रदान गर्ने ।

४. रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको खोज तथा उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता, खाजा खर्च, घाईते भएमा निशुल्क औषधोपचार तथा मृत्यु भएमा निजम्मा परिवारलाई प्रति मृतक १० लाख राहत उपलब्ध गराउने ।

५. वि.सं. २०८३ साल भदौ २३ गते जेन्जी सहिद दिवसको अवसरमा नेपाल राज्यभर सार्वजनिक बिदा दिने ।

६. संवत् २०८३ साल भदौ १० गते नेपाल–चीन सीमा रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय भीषण बाढीको कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मान स्वरूप उक्त घटना भएको तेह्रौं दिनको पुण्यतिथिका दिन अर्थात् २०८३ भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने। उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झन्डा आधा झुकाउने ।

७. नेपाल प्रशासन सेवा समूहीकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा श्री नारायणप्रसाद भट्टलाई बढुवा गर्ने र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन गर्ने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— बाढीले धादिङस्थित पृथ्वी राजमार्गको कृष्णभीरमा गत आइतबार सडक भासिएर त्रिशूली नदीमा खसेपछि वैकल्पिक उपायको खोजी हुन थालेको छ । सडक विभागकाअनुसार भासिएको सडकभन्दा माथिको भित्ताबाटै नयाँ ट्र्याक खोलिनेछ । जसका लागि बिहीबारदेखि त्यहाँ रहेका रुखहरु काटेर हटाउने काम थालिएको छ । कृष्णभीर पुगेकी मलेखु–मुग्लिन सडक अयोजना प्रमुख सजना अधिकारीले कृष्णभीरमा भासिएको ठाउँभन्दा माथिबाट नयाँ ...
— प्रख्यात अस्ट्रेलियन सुरुङ विशेषज्ञ अर्नोल्ड डिक्सले जमिनमाथि ठूलो विनाश भए पनि भूमिगत संरचनाभित्र लामो समयसम्म मानिस बाँच्न सक्ने बताएका छन् । उनले चिली, थाइल्यान्ड र भारतमा विगतमा भएका उद्धारका उदाहरण दिँदै अहिले नेपालमा जारी उद्धार प्रयासमा आशा नमार्न आग्रह गरेका छन् । नेपालमा बाढी प्रभावित जलविद्युत् आयोजनाका सुरुङमा उद्धार जारी रहेका बेला त्रिशूली–३ ए आयोजनाको ...
— भोटेकोशी बाढीपछि रसुवा र नुवाकोटका करिब ६ सय विद्यार्थी सर्म्पकविहीन रहेका अनुमान गरिएको छ । जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाई, स्थानीय तह र विद्यालयहरूका अनुसार रसुवामा २८० र नुवोकाटमा ३०० देखि ३५० सम्म बालबालिका सर्म्पकविहीन रहेको अनुमान छ । ‘प्रधानाध्यापकहरूसँग सर्म्पक गरेर हराएका विद्यार्थीको तथ्या‌क माग गरिरहेका छौं । प्रअहरूले पनि एकीन ...
अस्ट्रेलिया — अस्ट्रेलियाले भोटेकोशी बाढीमा हराइरहेकाको खोजी तथा उद्धारका लागि थप १५ जनाको ड्रोन विशेषज्ञ टोली पठाउने भएको छ । अस्ट्रेलियाकी विदेशमन्त्री पेनी योङले आज पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएकी हुन्। अस्ट्रेलियाले नेपालमा गएको बाढीपीडितको सहयोग तथा उद्धारका लागि यसअघि नै पाँच मिलियन डलर दिने घोषणा गरिसकेको छ भने थप ३ मिलियन डलर सहयोग ...
— सरकारले भोटेकोशी बाढीबाट प्रभावित व्यवसायीका लागि व्यवसाय पुनरुत्थान प्याकेज घोषणा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिलाई राहत, कर छुट, सहुलियत तथा विभिन्न सुविधा उपलब्ध गराउने निर्णय गरेको हो । नेपाल–चीन सीमाक्षेत्रमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित व्यवसायीलाई लक्षित गरी सरकारले विभिन्न ...