मुख्य समाचार
बाढीमा परेर निधन भएका प्रहरीका परिवारलाई १० लाख उपलब्ध गराउने
बाढीमा परेर निधन भएका प्रहरीका परिवारलाई १० लाख उपलब्ध गराउने

: रसुवा भोटेकोशी बाढीमा परेर निधन भएका प्रहरीका परिवारलाई १० लाख उपलब्ध गराउने भएको छ। प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको अध्यक्षतामा बसेको नेपाल प्रहरीको नीति निर्माण समिति बैठकले प्रहरी कर्मचारीका परिवारजनलाई प्रहरी नियमावली बमोजिम उपलब्ध हुने सेवा-सुविधाका अतिरिक्त राहत स्वरुप जनही रु.१० लाख उपलब्ध गराउने भएको हो।

यसैगरी दिवंगत प्रहरी कर्मचारीले नेपाल प्रहरी कल्याण कोषबाट लिएको विशेष सापटी ऋण मिनाहा गर्ने, परिवारबाट इच्छुक एक जनालाई सीपमूलक तालिम तथा रोजगारीका लागि आवश्यक पहल गर्ने, नेपाल प्रहरी स्कुलमा सन्ततिलाई शैक्षिक शुल्क मिनाहा गरी अध्ययनको व्यवस्था मिलाउने निर्णय भएको हो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म २५ जना प्रहरी सम्पर्कविहीन रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: लक्ष्मी सनराइज बैंकले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरुको रातह उद्धार तथा पुनःस्थापनाका लागि ३ करोड २४ लाख आर्थिक सहयोग प्रदान गरेको छ। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको बैंकले जनाएको छ।
: भूमि समस्या समाधान समितिले काठमाडौं महानगरपालिकाभित्र रहेका सुकुम्बासीलाई जग्गा प्राप्तिका लागि निवेदन दिन आह्वान गरेको छ। समितिले बिहीबार सार्वजनिक सूचना जारी गर्दै काठमाडौं जिल्लाको काठमाडौँ महानगरपालिकाभित्र बसोबास गरिरहेका लक्षित वर्गलाई ३५ दिनभित्र निवेदन दिन आह्वान गरेको हो। सूचनामा भनिएको छ, ‘भूमि समस्या समाधान समितिले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको ...
: भोटेकोसी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित धादिङको गजुरी गाउँपालिकाको १ र २ का विस्थापित स्थानीयका लागि होल्डिङ सेन्टर निर्माण गरिएको छ। गजुरी गाउँपालिका-१ को गलौदी, तथा वडा नम्बर २ को बिहानी बजार,फुर्केखोला क्षेत्रमा बाढीका कारण विस्थापित भएका स्थानीयलाई अस्थायी रूपमा राख्न नेपाली सेनाले ३६ वटा टेन्ट निर्माण गरेको हो। भैरव गणका सेनानी जितबहादुर कार्कीको ...
: धनुषा नगराइन नगरपालिका-५ स्थित खिरखिरिया जाने भित्री बाटोको छेउमा रहेको झाडीबाट १०७ किलोभन्दा बढी अवैध लागुऔषध गाँजा बरामद भएको छ। उक्त स्थानमा लागुऔषध गाँजा रहेको गोप्य सूचना पाएपछि इलाका प्रहरी कार्यालय लग्माजटहीबाट प्रहरी टोली खटिएको थियो । प्रहरी टोलीले खोजतलास गर्दा प्लास्टिकमा बेरिएका ९ पोका गाँजा फेला पारी नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय ...
:भीरकोट नगरपालिका- ५ का कृष्णप्रसाद अर्याल र राधा अर्याल दम्पतीको कुशको पार्थिव शरीर (शव) बनाएर अन्तिम संस्कार गरिएको छ। गोसाइँकुण्ड दर्शनका लागि हिँडेका उनीहरू सवार बस भोटेकोशीको बाढीमा वेपत्ता भएको थियो। आठौं दिनसम्म पनि केही पत्तो नलागेपछि हिन्दु धार्मिक संस्कारअनुसार पशुपतिआर्यघाटमा अन्त्येष्टि गरिएको भतिज देवीप्रसाद अर्यालले जानकारी दिए। अर्यालका दुई छोरा छन्। एउटा छोरा विदेशमा ...