मुख्य समाचार
बाढी प्रभावित बालबालिकाका लागि राहत सकंलन गर्दै डडेल्धुराका बालबालिका
बाढी प्रभावित बालबालिकाका लागि राहत सकंलन गर्दै डडेल्धुराका बालबालिका

: भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित बालबालिकाहरूका लागि डडेल्धुराका बालबालिकाहरूले स्वस्फूर्त रूपमा राहत संकलन सुरु गरेका छन्।

जिल्लाका विभिन्न विद्यालयमा क्रियाशील बालक्लब, जुनियर रेडक्रस सर्कल र इको क्लबमा आवद्ध विद्यार्थीहरू मानवीय सहायताका लागि भन्दै राहात संकलन गरिपठाएका छन्। आफूजस्तै विद्यालयमा पढ्ने बालबालिकाहरु बाढीका कारण खान–बस्न र पढ्न–लेख्न पाउने अवस्थाबाट वञ्चित भएको भन्दै विद्यार्थीहरूले आफ्नो दैनिक खाजा खर्च बचाएर रकम संकलन गरिरहेका छन्।

अजयमेरु गाउँपालिकास्थित सहस्रलिङ्ग माध्यमिक विद्यालय चमडाका कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरूले आफ्नो दिवाखाजा बापत प्राप्त रु. ८,५८५ संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेका छन्।

सोही क्रममा भोटेकोशी किनारमा रहेको श्री महेन्द्र त्रिशूली मा.वि.का विद्यार्थीको ज्यानरक्षाका लागि त्यहाँका प्रधानाध्यापकले खेलेको साहसिक भूमिकाको प्रशंसा गर्दै सहस्रलिङ्ग मा.वि.का प्रधानाध्यापक वीरबहादुर ऐरसहित डडेल्धुराका शिक्षक तथा प्रधानाध्यापकहरूले धन्यवाद एवं समवेदना प्रकट गरेका छन्।
यसैगरी, परशुराम नगरपालिकाको भागेश्वर माध्यमिक विद्यालय सलौनका युवा रेडक्रस, बालक्लब र इको क्लबका विद्यार्थीहरूले पनि खाजा खर्च कटाई रु. ७,५७५ संकलन गरेर प्रधानमन्त्री राहत कोषमा पठाएका छन्। साना नानीबाबुहरूले देखाएको यो मानवीय संवेदना र सहयोगप्रति भागेश्वर मा.वि.का प्रधानाध्यापक करवीर बोहराले विद्यार्थीहरूलाई हार्दिक धन्यवाद तथा सम्मान व्यक्त गरेका छन्।

जिल्ला प्रशासन कार्यालय डडेल्धुराका अनुसार बालबालिकाका साथै अभिभावक, विभिन्न संघ–संस्था र अन्य विद्यालयहरूबाट पनि बाढीपीडितका लागि राहत संकलन गरी पठाउने क्रम जारी छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: लक्ष्मी सनराइज बैंकले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरुको रातह उद्धार तथा पुनःस्थापनाका लागि ३ करोड २४ लाख आर्थिक सहयोग प्रदान गरेको छ। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको बैंकले जनाएको छ।
: भूमि समस्या समाधान समितिले काठमाडौं महानगरपालिकाभित्र रहेका सुकुम्बासीलाई जग्गा प्राप्तिका लागि निवेदन दिन आह्वान गरेको छ। समितिले बिहीबार सार्वजनिक सूचना जारी गर्दै काठमाडौं जिल्लाको काठमाडौँ महानगरपालिकाभित्र बसोबास गरिरहेका लक्षित वर्गलाई ३५ दिनभित्र निवेदन दिन आह्वान गरेको हो। सूचनामा भनिएको छ, ‘भूमि समस्या समाधान समितिले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको ...
: भोटेकोसी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित धादिङको गजुरी गाउँपालिकाको १ र २ का विस्थापित स्थानीयका लागि होल्डिङ सेन्टर निर्माण गरिएको छ। गजुरी गाउँपालिका-१ को गलौदी, तथा वडा नम्बर २ को बिहानी बजार,फुर्केखोला क्षेत्रमा बाढीका कारण विस्थापित भएका स्थानीयलाई अस्थायी रूपमा राख्न नेपाली सेनाले ३६ वटा टेन्ट निर्माण गरेको हो। भैरव गणका सेनानी जितबहादुर कार्कीको ...
: धनुषा नगराइन नगरपालिका-५ स्थित खिरखिरिया जाने भित्री बाटोको छेउमा रहेको झाडीबाट १०७ किलोभन्दा बढी अवैध लागुऔषध गाँजा बरामद भएको छ। उक्त स्थानमा लागुऔषध गाँजा रहेको गोप्य सूचना पाएपछि इलाका प्रहरी कार्यालय लग्माजटहीबाट प्रहरी टोली खटिएको थियो । प्रहरी टोलीले खोजतलास गर्दा प्लास्टिकमा बेरिएका ९ पोका गाँजा फेला पारी नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय ...
:भीरकोट नगरपालिका- ५ का कृष्णप्रसाद अर्याल र राधा अर्याल दम्पतीको कुशको पार्थिव शरीर (शव) बनाएर अन्तिम संस्कार गरिएको छ। गोसाइँकुण्ड दर्शनका लागि हिँडेका उनीहरू सवार बस भोटेकोशीको बाढीमा वेपत्ता भएको थियो। आठौं दिनसम्म पनि केही पत्तो नलागेपछि हिन्दु धार्मिक संस्कारअनुसार पशुपतिआर्यघाटमा अन्त्येष्टि गरिएको भतिज देवीप्रसाद अर्यालले जानकारी दिए। अर्यालका दुई छोरा छन्। एउटा छोरा विदेशमा ...