मुख्य समाचार
मधेश प्रदेशका स्थानीय तहमा कार्यरत कर्मचारीहरूको अन्तर-स्थानीय तह सरुवा प्रक्रिया सुरु
मधेश प्रदेशका स्थानीय तहमा कार्यरत कर्मचारीहरूको अन्तर-स्थानीय तह सरुवा प्रक्रिया सुरु

: मधेश प्रदेशका स्थानीय तहमा कार्यरत कर्मचारीहरूको अन्तर-स्थानीय तह सरुवा प्रक्रिया सुरु भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जनकपुरधामले एक सूचना जारी गर्दै योग्यता पुगेका स्थायी कर्मचारीहरूबाट भदौ २१ गतेभित्र निवेदन दिन आह्वान गरेको छ।

'सरुवा हुन चाहने इच्छुक कर्मचारीले मन्त्रालयमा निवेदन दर्ता गराउँदा मापदण्डको अनुसूची-१ बमोजिमको ढाँचामा स्पष्ट विवरण खुलाइएको निवेदन,सरुवा हुन चाहेको सम्बन्धित स्थानीय तहको अनुसूची-२ बमोजिमको सहमति पत्र (जसमा रिक्त पद, दरबन्दी र तह स्पष्ट खुलेको हुनुपर्ने) तथा प्रदेश निजामती किताबखानाको व्यक्तिगत सूचना प्रणाली (PIS) मा आफ्नो हाल कार्यरत कार्यालय, पद, श्रेणी/तह र समायोजनसम्बन्धी विवरण अद्यावधिक भएको हुनुपर्ने कागजातहरु पेश गर्नुपर्ने' जारी गरिएकाे सूचनामा उल्लेख छ ।

साथै अपाङ्गता भएका, दीर्घ रोगी, पति-पत्नी दुवै सरकारी सेवामा रहेका, गर्भवती वा दुई वर्षमुनिका बालबालिका भएका कर्मचारीको हकमा सो सम्बन्धी पुष्टि गर्ने आधिकारिक प्रमाण प्रस्तुत गरेमा प्राथमिकता दिइनेछ, भने प्रदेश लोक सेवा आयोगबाट सिफारिस भई सुरु पदस्थापन भएका र ऐनले तोकेको न्यूनतम सेवा अवधि पूरा नभएका कर्मचारीको सरुवा प्रक्रिया अगाडि नबढाइने मन्त्रालयले स्पष्ट पारेको छ।

तोकिएको म्याद नाघी आएका, रीत नपुगेका वा आवश्यक कागजात संलग्न नभएका निवेदनमाथि कुनै कारबाही नहुने सूचनामा जनाइएको छ। स्वीकृत मापदण्ड मन्त्रालयको वेबसाइट (www.ocmmc.madhesh.gov.np) बाट डाउनलोड गरी हेर्न सकिने शाखा अधिकृत विद्या तामाङद्वारा जारी सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: लक्ष्मी सनराइज बैंकले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरुको रातह उद्धार तथा पुनःस्थापनाका लागि ३ करोड २४ लाख आर्थिक सहयोग प्रदान गरेको छ। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको बैंकले जनाएको छ।
: भूमि समस्या समाधान समितिले काठमाडौं महानगरपालिकाभित्र रहेका सुकुम्बासीलाई जग्गा प्राप्तिका लागि निवेदन दिन आह्वान गरेको छ। समितिले बिहीबार सार्वजनिक सूचना जारी गर्दै काठमाडौं जिल्लाको काठमाडौँ महानगरपालिकाभित्र बसोबास गरिरहेका लक्षित वर्गलाई ३५ दिनभित्र निवेदन दिन आह्वान गरेको हो। सूचनामा भनिएको छ, ‘भूमि समस्या समाधान समितिले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको ...
: भोटेकोसी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित धादिङको गजुरी गाउँपालिकाको १ र २ का विस्थापित स्थानीयका लागि होल्डिङ सेन्टर निर्माण गरिएको छ। गजुरी गाउँपालिका-१ को गलौदी, तथा वडा नम्बर २ को बिहानी बजार,फुर्केखोला क्षेत्रमा बाढीका कारण विस्थापित भएका स्थानीयलाई अस्थायी रूपमा राख्न नेपाली सेनाले ३६ वटा टेन्ट निर्माण गरेको हो। भैरव गणका सेनानी जितबहादुर कार्कीको ...
: धनुषा नगराइन नगरपालिका-५ स्थित खिरखिरिया जाने भित्री बाटोको छेउमा रहेको झाडीबाट १०७ किलोभन्दा बढी अवैध लागुऔषध गाँजा बरामद भएको छ। उक्त स्थानमा लागुऔषध गाँजा रहेको गोप्य सूचना पाएपछि इलाका प्रहरी कार्यालय लग्माजटहीबाट प्रहरी टोली खटिएको थियो । प्रहरी टोलीले खोजतलास गर्दा प्लास्टिकमा बेरिएका ९ पोका गाँजा फेला पारी नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय ...
:भीरकोट नगरपालिका- ५ का कृष्णप्रसाद अर्याल र राधा अर्याल दम्पतीको कुशको पार्थिव शरीर (शव) बनाएर अन्तिम संस्कार गरिएको छ। गोसाइँकुण्ड दर्शनका लागि हिँडेका उनीहरू सवार बस भोटेकोशीको बाढीमा वेपत्ता भएको थियो। आठौं दिनसम्म पनि केही पत्तो नलागेपछि हिन्दु धार्मिक संस्कारअनुसार पशुपतिआर्यघाटमा अन्त्येष्टि गरिएको भतिज देवीप्रसाद अर्यालले जानकारी दिए। अर्यालका दुई छोरा छन्। एउटा छोरा विदेशमा ...