: रसुवा बाढी प्रभावित क्षेत्रका लागि चीनले चौथो खेपको राहत सामग्री पठाएको छ। चिनियाँ एयरफोर्सको कार्गो जहाज बिहीबार उद्धार तथा राहत सामग्री लिएर काठमाडौं आइपुगेको हो।
चीन सरकारले अत्यावश्यक सामग्रीसहित बाढी पीडितका लागि पठाएको हो। यसअघि चीनले उद्धार टोलीसहित राहत सामग्री नेपाल पठाएको थियो। त्यतिमात्र होइन, चीनले बाढी प्रभावित क्षेत्रका लागि ड्रोन पनि प्रदान गरेको थियो।