मुख्य समाचार
ठगी गरेको आरोपमा बिर्तामोडको एक कार्यालयमा छापा, ४१ जना पक्राउ
ठगी गरेको आरोपमा बिर्तामोडको एक कार्यालयमा छापा, ४१ जना पक्राउ

: झापाको बिर्तामोडमा प्रहरीले एक कार्यालयमा छापामा मारेर ४१ जनालाई नियन्त्रणमा लिएको छ । अवैध रूपमा स्वास्थ्य जाँच तथा औषधि बिक्री–वितरण गरी नेटवर्किङ व्यवसायमार्फत सर्वसाधारणलाई ठगी गरेको आरोपमा ग्लोबल ओरियन्सको कार्यालयमा प्रहरीले छापा मारेको हो ।

बिर्तामोड नगरपालिका–५ स्थित बुद्धनगरमा रहेको ग्लोबल ओरियन्सको कार्यालयमा बुधबार दिउँसो करिब ३ बजे छापा मारेर इलाम घर भएका अर्जुनधारा मल्टी पर्पोजका सञ्चालक सुजन लिम्बू, ग्लोबल ओरियन्सका शाखा प्रमुख पीताम्बर कट्टेलसहित २२ जना महिला र १९ जना पुरुषलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीले ओरियन्सको कार्यालयबाट विभिन्न प्रकारका औषधि, स्वास्थ्य जाँच गर्ने मेसिन, कागजात तथा केही नगदसमेत बरामद गरेको छ । पक्राउ परेका सबैलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।

प्रहरीका अनुसार शैक्षिक परामर्श तथा तालिम सञ्चालन गर्ने उद्देश्यले खोलिएको अर्जुनधारा मल्टी पर्पोज नामक कम्पनीसँग सहकार्य गरी ग्लोबल ओरियन्सले स्वास्थ्य जाँच तथा औषधि बिक्री–वितरण गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

कक्षा १२ पढेका ग्लोबल ओरियन्सका शाखा प्रमुख कट्टेलले होलबडी चेकअप गर्ने भन्दै एउटा मेसिनबाट सर्वसाधारणको स्वास्थ्य जाँच गर्दै आएको प्रहरीको भनाइ छ । उनले स्वास्थ्य जाँच गरेबापत प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क लिने गरेको बताइएको छ । उनीहरूले विभिन्न रोग निको पारिदिने भन्दै गाउँबाट आएका सर्वसाधारणलाई आकर्षित गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकामाथि अवैध रूपमा स्वास्थ्य जाँच तथा औषधि बिक्री–वितरण र नेटवर्किङ व्यवसायका नाममा सर्वसाधारणलाई ठगी गरेको विषयमा आवश्यक अनुसन्धानपछि कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: भूमि समस्या समाधान समितिले काठमाडौं महानगरपालिकाभित्र रहेका सुकुम्बासीलाई जग्गा प्राप्तिका लागि निवेदन दिन आह्वान गरेको छ। समितिले बिहीबार सार्वजनिक सूचना जारी गर्दै काठमाडौं जिल्लाको काठमाडौँ महानगरपालिकाभित्र बसोबास गरिरहेका लक्षित वर्गलाई ३५ दिनभित्र निवेदन दिन आह्वान गरेको हो। सूचनामा भनिएको छ, ‘भूमि समस्या समाधान समितिले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको ...
: भोटेकोसी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित धादिङको गजुरी गाउँपालिकाको १ र २ का विस्थापित स्थानीयका लागि होल्डिङ सेन्टर निर्माण गरिएको छ। गजुरी गाउँपालिका-१ को गलौदी, तथा वडा नम्बर २ को बिहानी बजार,फुर्केखोला क्षेत्रमा बाढीका कारण विस्थापित भएका स्थानीयलाई अस्थायी रूपमा राख्न नेपाली सेनाले ३६ वटा टेन्ट निर्माण गरेको हो। भैरव गणका सेनानी जितबहादुर कार्कीको ...
: धनुषा नगराइन नगरपालिका-५ स्थित खिरखिरिया जाने भित्री बाटोको छेउमा रहेको झाडीबाट १०७ किलोभन्दा बढी अवैध लागुऔषध गाँजा बरामद भएको छ। उक्त स्थानमा लागुऔषध गाँजा रहेको गोप्य सूचना पाएपछि इलाका प्रहरी कार्यालय लग्माजटहीबाट प्रहरी टोली खटिएको थियो । प्रहरी टोलीले खोजतलास गर्दा प्लास्टिकमा बेरिएका ९ पोका गाँजा फेला पारी नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय ...
:भीरकोट नगरपालिका- ५ का कृष्णप्रसाद अर्याल र राधा अर्याल दम्पतीको कुशको पार्थिव शरीर (शव) बनाएर अन्तिम संस्कार गरिएको छ। गोसाइँकुण्ड दर्शनका लागि हिँडेका उनीहरू सवार बस भोटेकोशीको बाढीमा वेपत्ता भएको थियो। आठौं दिनसम्म पनि केही पत्तो नलागेपछि हिन्दु धार्मिक संस्कारअनुसार पशुपतिआर्यघाटमा अन्त्येष्टि गरिएको भतिज देवीप्रसाद अर्यालले जानकारी दिए। अर्यालका दुई छोरा छन्। एउटा छोरा विदेशमा ...
: बेनीघाट रोराङ गाउँपालिका-७ स्थित जोखिमयुक्त कृष्णभीरमा पृथ्वी राजमार्ग सुचारु गर्न सडक मर्मत तथा पुनःनिर्माणको काम सुरू भएको छ। हाल सडक क्षेत्रमा सरसफाइको काम भइरहेको छ। सडकमा रहेका दुई तहको ग्याबिन हटाएपछि सडक खन्ने तथा पुनःनिर्माणको काम अघि बढाइने तयारी छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालका अनुसार पहिरोको दुवै छेउबाट १८ जना परिचालन गरी रुख कटानको ...