मुख्य समाचार
बाढीबाट प्रभावितका लागि जापान सरकारले राहत प्रदान
बाढीबाट प्रभावितका लागि जापान सरकारले राहत प्रदान

: रसुवा बाढीबाट प्रभावितका लागि जापान सरकारले राहत प्रदान गरेको छ। नेपालका लागि जापानी राजदूत मायदा तोरुले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई बुधबार राहत सामग्री हस्तान्तरण गरेका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित मानवीय सहायता व्यवस्थापन क्षेत्रमा राजदूत मायदाले जापान सरकार र जापानी जनताका तर्फबाट आपतकालीन राहत सामग्री मन्त्री पुनलाई हस्तान्तरण गरेका हुन्।

जापान सरकारले उपलब्ध गराएको राहत सामग्रीमा कम्बल, प्लास्टिकका त्रिपाल, सुत्ने म्याट, टेन्ट र पानी राख्ने पोर्टेबल जर्किनलगायत सामग्री छन्।

रसुवामा आएको बाढी तथा पहिरोबाट प्रभावितप्रति जापानले दुःख व्यक्त गरेको छ। जापानका प्रधानमन्त्री र विदेशमन्त्रीले क्रमशः सेप्टेम्बर १ र अगस्ट ३१ मा नेपालका प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीसँग भएको टेलिफोन वार्तामा विपद्का कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा प्रभावित परिवारप्रति समवेदना व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् सेवा प्रवाहलाई थप प्रभावकारी, चुस्त र सेवामुखी बनाउन नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई निर्देशन दिएका छन् । विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालय हेटौंडामा आयोजित आन्तरिक कार्यालयसम्बन्धी छलफल कार्यक्रममा मन्त्री श्रेष्ठले विद्युत आपूर्ति, उपभोक्ता सेवा, डिजिटल भुक्तानी, ऊर्जा माग, लोड व्यवस्थापन, विद्युत् चुहावट नियन्त्रण तथा पूर्वाधारको नियमित मर्मतसम्भारमा ...
। जापानको बेरोजगारी दर अगस्टमा बढेर २.५ प्रतिशत पुगेको छ । जुलाईमा २.४ प्रतिशत रहेको बेरोजगारी दर पाँच महिनापछि पहिलोपटक बढेको जापान सरकारद्वारा शुक्रबार सार्वजनिक तथ्याङ्कले देखाएको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार अगस्टमा रोजगारीमा रहेका व्यक्तिको सङ्ख्या अघिल्लो महिनाको तुलनामा ३० हजारले बढेर मौसमी रूपमा समायोजित छ करोड ८३ लाख ४० हजार ...
। जापानले बिहीबारदेखि लागू हुने गरी भिसा नवीकरण र स्थायी बसोबास (पीआर) जारी गर्ने शुल्कमा भारी वृद्धि गर्ने भएको छ। जापानको अध्यागमन सेवा एजेन्सीले तोकेको यो नयाँ शुल्क गत मे महिनामा पारित भएको अध्यागमन नियन्त्रण ऐनको संशोधनमा व्यवस्था गरिएको थियो । भिसा नवीकरण र बसोबासको हैसियत परिवर्तनका लागि लाग्ने शुल्क अब प्रदान गरिएको बसोबासको अवधिका आधारमा तय ...
— जापानको राजधानी टोकियोमा लगातार ३४ दिनसम्म वर्षा भएको छ । जापानको मौसम विज्ञान एजेन्सी (जीएमए)का अनुसार १८८६ मा रेकर्ड राख्न सुरु गरिएयता यति लामो अवधिसम्म निरन्तर वर्षा भएको यो पहिलोपटक हो । जीएमएका अधिकारी काजुहिरो हिरोनोका अनुसार यसअघि सन् २०१९ को जुन २७ देखि जुलाई २९ सम्म लगातार ३३ दिनसम्म वर्षा भएको थियो । ...
। जापानका ११ वर्षीय युकी कुरिहाराले २०औं एसियन गेम्सअन्तर्गत ईस्पोर्ट्समा स्वर्ण पदक जित्दै इतिहास रचेका छन् । उनी एसियन गेम्स इतिहासमा स्वर्ण जित्ने जापानका सबैभन्दा कान्छा खेलाडी बनेका छन् । आइची–नागोयामा शनिबार सम्पन्न ‘पुयो पुयो च्याम्पियन्स’ को फाइनलमा कुरिहाराले दक्षिण कोरियाका २४ वर्षीय काङ दोङसिनलाई १०–२ ले पराजित गर्दै स्वर्ण जितेका हुन् । सेमिफाइनलमा उनले थाइल्यान्डका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम