मुख्य समाचार
भोटेकोशी नदीमा आएको भीषण बाढीपछिको विपद् व्यवस्थापनमा सरकारलाई बल पुग्ने गरि सहयोग गर्ने निर्णय
भोटेकोशी नदीमा आएको भीषण बाढीपछिको विपद् व्यवस्थापनमा सरकारलाई बल पुग्ने गरि सहयोग गर्ने निर्णय

: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी नदीमा आएको भीषण बाढीपछिको विपद् व्यवस्थापनमा सरकारलाई बल पुग्ने गरि सहयोग गर्ने निर्णय गरेको छ।

बिहीबार पार्टी कार्यालयमा बसेको रास्वपा सचिवालय बैठकले भोटेकोशी नदीमा आएको भीषण बाढी र त्यसबाट सिर्जित अवस्थाबारे समिक्षा गर्दै विपद् व्यवस्थापनमा सरकारलाई बल पुग्ने गरि काम गर्ने निर्णय गरेको हो। बैठकमा सरकारमा पार्टीको प्रतिनिधित्व गरिरहेका उपसभापति एवम् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले खोजी, उद्धार, राहत तथा सरकारी कार्यप्रगतिको जानकारी गराएका थिए। विपद् व्यवस्थापन तथा राहतका लागि सरकारको कोषमा हालसम्म ८ अर्ब रुपैयाँ संकलन भएको जानकारी प्राप्त भएको रास्वपा प्रवक्ता जगदिश खरेलले जानकारी दिए।

त्यस्तै, सरकारले उद्धार र राहतमा देखाएको अगुवाई र तदारुकताप्रति सचिवालय बैठकले सन्तोष व्यक्त गर्दै धन्यवाद दिएको उनले बताए। खोजी र उद्धारलाई निरन्तरता दिँदै अब प्रभावितहरूको पुनस्र्थापनातर्फ पनि सँगसँगै तयारी अघि बढाउनुपर्नेमा बैठकले जोड दिएको प्रवक्ता खरेललेले बताए।

बैठकमा पार्टी सभापति रवि लामिछानेले सर्वदलीय बैठकमा भएका छलफल र राजनीतिक दलहरूले देखाएको ऐक्यबद्धताबारे ब्रिफिङ गरेका थिए। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि दीर्घकालीन रूपमा राष्ट्रिय सहमति कायम गरेर अघि बढ्नुपर्ने बैठकले निष्कर्ष निकालेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भदौ १० गतेको रसुवा बाढीमा परी हालसम्म १२ सय ९४ जनाको निधन भएको पुष्टि भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार साँझ पत्रकार सम्मेलन गर्दै बाढीमा परी मृत्यु भएका १२ सय ९४ जनाको शव भेटिएको जनाएको हो। बाढीमा परि ५ हजार ५३ जना बेपत्ता छन् भने हालसम्म १३ हजार ९५ जनाको उद्दार ...
। राहत वितरण केन्द्र जिल्ला समन्वय समिति, नुवाकोटले वडाध्यक्षको सिफारिसमा बाढीपीडितलाई दैनिक उपभोग्य सामग्री उपलब्ध गराउने भएको छ । वडाध्यक्षको सिफारिस वा मौखिक जानकारीका आधारमा बाढीबाट प्रभावित, असाह्य, असक्त वा अन्य कुनै कारणले दैनिक उपभोगको सामान अभाव भएका व्यक्तिहरूले राहत लिन सक्ने नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीद्वारा जारी सूचनामा उल्लेख छ । नुवाकोटको हकमा बिदुरस्थित राहत ...
। सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति पुर्‍याइएका २० वटा झोलुङ्गे पुलको मर्मतमा सुरु भएको जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार बाढीले मुग्लिङदेखि टिमुरेसम्म रहेका ६४ वटा झोलुङ्गे पुलमध्ये ५३ वटामा क्षति पुर्‍याएको थियो । ‘सरकारी अधिकारीहरूले प्रभावित क्षेत्रमा पुगेर मूल्याङ्कन गर्दा क्षति पुगेका ५३ मध्ये २० वटा झोलुङ्गे पुलको मर्मत गर्नुपर्ने निष्कर्ष ...
। रसुवाको बाढीपहिरोका कारण सम्पर्कविहीन भएका माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाका कर्मचारी, कामदारको खोजी तथा उद्धारका लागि आयोजनास्थलमा तीनवटा एस्काभेटरले निरन्तर काम गरिरहेका छन् । त्रिशूली ३ बी मा १९१ जना कर्मचारी तथा श्रमिकहरू सम्पर्कविहीन छन् । आयोजनाकी उपनिर्देशक लीला अर्यालका अनुसार उद्धार टोलीले अहिले पुरिएको क्षेत्रमा एस्काभेटर प्रयोग गरेर भग्नावशेष तथा ठूला ढुंगा हटाउने काम ...
। सरकारले शरद ऋतुका लागि हिमाल आरोहण अनुमति दिन सुरु गरेको छ । मनसुन यामको बाढी र यसले गरेको वितण्डाबीच प्रारम्भिक रूपमै हिमाल आरोहणका लागि भने उत्तिकै आकर्षण रहेको देखिएको छ । पर्यटन विभागका अनुसार बिहीबारसम्म कुल ३२ समूहका ३ सय ६७ आरोहीले आगामी आरोहण सिजनलाई हिमाल चढ्ने अनुमति लिइसकेका छन् । तीमध्ये ८७ महिला छन् । विभागका ...