मुख्य समाचार
सांसद मनिष झाले नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु क्षतिपूर्तिको माग गर्नुपर्ने बताए
सांसद मनिष झाले नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु क्षतिपूर्तिको माग गर्नुपर्ने बताए

: राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद मनिष झाले नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु क्षतिपूर्तिको माग गर्नुपर्ने बताएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकको बिशेष समयमा बोल्दै सांसद झाले नेपालले कुनै कारण वा संकट सिर्जना नगरे पनि अरूका कारण उत्पन्न जलवायु परिवर्तनको चर्को मूल्य चुकाउनु परेको भन्दै अन्तर्राष्ट्रिय मञ्चमा जलवायु क्षतिपूर्तिको माग गर्नुपर्ने बताएका हुन्।

प्रधानमन्त्रीलाई संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय मञ्चहरूमा गएर सशक्त रूपमा आवाज उठाउन उनले आग्रह गरे। सांसद झाले अब विश्व समुदायसँग राहत माग्ने समय नभई नेपालले गरेको त्याग र क्षतिको अधिकारसहित क्षतिपूर्ति दाबी गर्ने बेला आएको धारणा राखे। राष्ट्रिय संकटको घडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारप्रति सबै दलहरूले देखाएको समर्थन, सद्भाव र ऐक्यबद्धता अनुकरणीय रहेको उल्लेख समेत उनले उल्लेख गरे।

साथै उनले विपद् व्यवस्थापनका लागि प्रहरी तथा सुरक्षा निकायलाई साधन–स्रोत सम्पन्न बनाउनुपर्ने र सुरक्षा निकायलाई आवश्यक उड्डयन तथा आधुनिक उद्धार उपकरण उपलब्ध गराउनुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: धनुषा नगराइन नगरपालिका-५ स्थित खिरखिरिया जाने भित्री बाटोको छेउमा रहेको झाडीबाट १०७ किलोभन्दा बढी अवैध लागुऔषध गाँजा बरामद भएको छ। उक्त स्थानमा लागुऔषध गाँजा रहेको गोप्य सूचना पाएपछि इलाका प्रहरी कार्यालय लग्माजटहीबाट प्रहरी टोली खटिएको थियो । प्रहरी टोलीले खोजतलास गर्दा प्लास्टिकमा बेरिएका ९ पोका गाँजा फेला पारी नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय ...
:भीरकोट नगरपालिका- ५ का कृष्णप्रसाद अर्याल र राधा अर्याल दम्पतीको कुशको पार्थिव शरीर (शव) बनाएर अन्तिम संस्कार गरिएको छ। गोसाइँकुण्ड दर्शनका लागि हिँडेका उनीहरू सवार बस भोटेकोशीको बाढीमा वेपत्ता भएको थियो। आठौं दिनसम्म पनि केही पत्तो नलागेपछि हिन्दु धार्मिक संस्कारअनुसार पशुपतिआर्यघाटमा अन्त्येष्टि गरिएको भतिज देवीप्रसाद अर्यालले जानकारी दिए। अर्यालका दुई छोरा छन्। एउटा छोरा विदेशमा ...
: बेनीघाट रोराङ गाउँपालिका-७ स्थित जोखिमयुक्त कृष्णभीरमा पृथ्वी राजमार्ग सुचारु गर्न सडक मर्मत तथा पुनःनिर्माणको काम सुरू भएको छ। हाल सडक क्षेत्रमा सरसफाइको काम भइरहेको छ। सडकमा रहेका दुई तहको ग्याबिन हटाएपछि सडक खन्ने तथा पुनःनिर्माणको काम अघि बढाइने तयारी छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालका अनुसार पहिरोको दुवै छेउबाट १८ जना परिचालन गरी रुख कटानको ...
: रसुवा भोटेकोशी बाढीमा परेर निधन भएका प्रहरीका परिवारलाई १० लाख उपलब्ध गराउने भएको छ। प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको अध्यक्षतामा बसेको नेपाल प्रहरीको नीति निर्माण समिति बैठकले प्रहरी कर्मचारीका परिवारजनलाई प्रहरी नियमावली बमोजिम उपलब्ध हुने सेवा-सुविधाका अतिरिक्त राहत स्वरुप जनही रु.१० लाख उपलब्ध गराउने भएको हो। यसैगरी दिवंगत प्रहरी कर्मचारीले नेपाल प्रहरी कल्याण कोषबाट लिएको ...
: उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले स्याफ्रुबेँसीसम्मको सडक सम्पर्क र बेली ब्रिज निर्माणलाई उच्च प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिएका छन्। प्रभावित क्षेत्रको स्थलगत भ्रमणपछि बिहीबार सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र शाहलाई उद्धार, राहत र पुनर्स्थापनाका विषयमा लिखित तथा मौखिक सुझाव प्रस्तुत गर्दै घिसिङले हेलिकप्टरमा मात्र निर्भर नरही स्याफ्रुबेँसीसम्मको सडक सम्पर्क र बेली ब्रिज निर्माणलाई उच्च प्राथमिकतामा राख्न ...