मुख्य समाचार
बाढीपीडितका लागि रिद्धिसिद्धि र सौर्य सिमेन्टद्वारा १ करोड १ लाख सहयोग
बाढीपीडितका लागि रिद्धिसिद्धि र सौर्य सिमेन्टद्वारा १ करोड १ लाख सहयोग

: भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापना एवं पुनर्निर्माणका लागि रिद्धिसिद्धि सिमेन्ट र सौर्य सिमेन्टले १ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन्। रिद्धिसिद्धि सिमेन्टका अध्यक्ष शोभाकर (हरी) न्यौपानेले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर उक्त रकम हस्तान्तरण गरेका हुन्।

भोटेकोशी बाढीले गरेकोअपुरणीय क्षतिप्रति गहिरो दुख व्यक्त गर्दै रिद्धिसिद्धि सिमेन्टको तर्फबाट ५१ लाख र शौर्य सिमेन्टको तर्फबाट ५० लाख गरि १ करोड १ लाख रुपैयाँ प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: धनुषा नगराइन नगरपालिका-५ स्थित खिरखिरिया जाने भित्री बाटोको छेउमा रहेको झाडीबाट १०७ किलोभन्दा बढी अवैध लागुऔषध गाँजा बरामद भएको छ। उक्त स्थानमा लागुऔषध गाँजा रहेको गोप्य सूचना पाएपछि इलाका प्रहरी कार्यालय लग्माजटहीबाट प्रहरी टोली खटिएको थियो । प्रहरी टोलीले खोजतलास गर्दा प्लास्टिकमा बेरिएका ९ पोका गाँजा फेला पारी नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय ...
:भीरकोट नगरपालिका- ५ का कृष्णप्रसाद अर्याल र राधा अर्याल दम्पतीको कुशको पार्थिव शरीर (शव) बनाएर अन्तिम संस्कार गरिएको छ। गोसाइँकुण्ड दर्शनका लागि हिँडेका उनीहरू सवार बस भोटेकोशीको बाढीमा वेपत्ता भएको थियो। आठौं दिनसम्म पनि केही पत्तो नलागेपछि हिन्दु धार्मिक संस्कारअनुसार पशुपतिआर्यघाटमा अन्त्येष्टि गरिएको भतिज देवीप्रसाद अर्यालले जानकारी दिए। अर्यालका दुई छोरा छन्। एउटा छोरा विदेशमा ...
: बेनीघाट रोराङ गाउँपालिका-७ स्थित जोखिमयुक्त कृष्णभीरमा पृथ्वी राजमार्ग सुचारु गर्न सडक मर्मत तथा पुनःनिर्माणको काम सुरू भएको छ। हाल सडक क्षेत्रमा सरसफाइको काम भइरहेको छ। सडकमा रहेका दुई तहको ग्याबिन हटाएपछि सडक खन्ने तथा पुनःनिर्माणको काम अघि बढाइने तयारी छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालका अनुसार पहिरोको दुवै छेउबाट १८ जना परिचालन गरी रुख कटानको ...
: रसुवा भोटेकोशी बाढीमा परेर निधन भएका प्रहरीका परिवारलाई १० लाख उपलब्ध गराउने भएको छ। प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको अध्यक्षतामा बसेको नेपाल प्रहरीको नीति निर्माण समिति बैठकले प्रहरी कर्मचारीका परिवारजनलाई प्रहरी नियमावली बमोजिम उपलब्ध हुने सेवा-सुविधाका अतिरिक्त राहत स्वरुप जनही रु.१० लाख उपलब्ध गराउने भएको हो। यसैगरी दिवंगत प्रहरी कर्मचारीले नेपाल प्रहरी कल्याण कोषबाट लिएको ...
: उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले स्याफ्रुबेँसीसम्मको सडक सम्पर्क र बेली ब्रिज निर्माणलाई उच्च प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिएका छन्। प्रभावित क्षेत्रको स्थलगत भ्रमणपछि बिहीबार सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र शाहलाई उद्धार, राहत र पुनर्स्थापनाका विषयमा लिखित तथा मौखिक सुझाव प्रस्तुत गर्दै घिसिङले हेलिकप्टरमा मात्र निर्भर नरही स्याफ्रुबेँसीसम्मको सडक सम्पर्क र बेली ब्रिज निर्माणलाई उच्च प्राथमिकतामा राख्न ...