: भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएकाहरुको राहत तथा उद्धारका लागि सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ६० लाख आर्थिक सहयोग प्रदान गरेको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले उक्त सहयोग रकम अर्थमन्त्री डा. स्वर्णिम बाग्लेमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन्।