मुख्य समाचार
प्रधानमन्त्रीले आफ्नै सांसदहरूलाई समेत विश्वासमा लिन सक्नुभएन : प्रचण्ड
प्रधानमन्त्रीले आफ्नै सांसदहरूलाई समेत विश्वासमा लिन सक्नुभएन : प्रचण्ड

: नेपाली कम्युनिस्ट पार्टीका नेता पुष्पकमल दाहाल प्रचण्डले अहंकार त्यागेर सबैलाई साथमा लिएर अघि बढ्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन्। बुधबार प्रतिनिधि सभा बैठकमा प्रचण्डले संकटको घडीमा राष्ट्रलाई एकजुट बनाउने मुख्य जिम्मेवारी प्रधानमन्त्रीकै भएकाले अहंकार त्यागी सबैलाई मिलाएर अगाडि बढ्न आग्रह गरेका हुन्।

उनले संकटको समयमा जनताले आश्वासन र सामाजिक सञ्जालको पोस्ट नभई कार्यक्षेत्रमा सरकारको प्रत्यक्ष उपस्थिति खोजेको धारणा राखे। अहिलेको अवस्थामा सेना परिचालन मात्र गरेर नपुग्ने भन्दै प्रचण्डले जनपरिचालन र तीनै तहका सरकारबिच प्रभावकारी समन्वय नभएसम्म विपद्को समाधान कठिन हुने उल्लेख गरे।

सुरुवाती दिनको तदारुकता र पछिल्लो चरणको कार्यशैलीमा विरोधाभास देखिएको तथा कार्यक्षेत्रमा सरकार उद्धार कार्यमा असफल भएको जनगुनासो व्यापक रूपमा उठेको उनले बताए। उनले सुरुङ उद्धारमा दुई दिनसम्म 'हामी आफैँ गर्छौँ' भन्ने महत्त्वाकांक्षा र अहंकार देखाउँदा ढिलाइ भएको र अन्त्यमा सुरक्षा निकायले हात उठाउनुपर्ने स्थिति बनेको जिकिर गरे।




उनले विदेशी तथा प्राविधिक विज्ञहरूले सहयोग गर्छौँ भन्दा पनि सरकारले समयमै तत्परताका साथ सहयोग जुटाउन नसकेको तथा सबै दलहरूले सरकारलाई साथ दिन्छौँ भनिरहँदा पनि प्रधानमन्त्रीले प्रतिपक्ष तथा आफ्नै दलका सांसदहरूलाई समेत विश्वासमा लिन नसकेको उनको टिप्पणी थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: झापाको बिर्तामोडमा प्रहरीले एक कार्यालयमा छापामा मारेर ४१ जनालाई नियन्त्रणमा लिएको छ । अवैध रूपमा स्वास्थ्य जाँच तथा औषधि बिक्री–वितरण गरी नेटवर्किङ व्यवसायमार्फत सर्वसाधारणलाई ठगी गरेको आरोपमा ग्लोबल ओरियन्सको कार्यालयमा प्रहरीले छापा मारेको हो । बिर्तामोड नगरपालिका–५ स्थित बुद्धनगरमा रहेको ग्लोबल ओरियन्सको कार्यालयमा बुधबार दिउँसो करिब ३ बजे छापा मारेर इलाम घर भएका अर्जुनधारा ...
: प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले विनाशकारी बाढीका कारण विभिन्न जलविद्युत आयोजनाका टनेल तथा अन्य स्थानमा फसेकाहरुको तत्काल उद्दार र सुरक्षित स्थानान्तरण गर्न सरकारलाई निर्देशन दिएको छ। बिहीबार बसेको समिति बैठकले बाढीले क्षति गरेका सडक, मोटरेबाल पुल, तुइन, झोलुङ्गे पुल तथा विद्युत संरचनाको शीघ्र मर्मत गर्ने र आवश्यक स्थानमा डाइभर्सन, बैकल्पिक मार्ग तथा अस्थायी पुलको ...
: डोटीको शिखर नगरपालिकाले भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २२ लाख रुपैयाँ सहयोग गर्ने भएको छ। बुधबार बसेको नगर कार्यपालिकाको बैठकले जनप्रतिनिधि तथा नगरपालिका मातहतका कार्यालय, संघ संस्था, विद्यालय र स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी, स्वास्थ्यकर्मी तथा शिक्षकहरू, जनप्रतिनिधि, स्थायी, करार, दैनिक ज्यालादारी कर्मचारीको भदौ महिनाको खाइपाइ आएको तलबबाट १० प्रतिशत रकम करकट्टी ...
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी नदीमा आएको भीषण बाढीपछिको विपद् व्यवस्थापनमा सरकारलाई बल पुग्ने गरि सहयोग गर्ने निर्णय गरेको छ। बिहीबार पार्टी कार्यालयमा बसेको रास्वपा सचिवालय बैठकले भोटेकोशी नदीमा आएको भीषण बाढी र त्यसबाट सिर्जित अवस्थाबारे समिक्षा गर्दै विपद् व्यवस्थापनमा सरकारलाई बल पुग्ने गरि काम गर्ने निर्णय गरेको हो। बैठकमा सरकारमा पार्टीको प्रतिनिधित्व गरिरहेका उपसभापति ...
: औद्योगिक घराना चाचान ग्रुपका अध्यक्ष रहेका वीरगन्जका वरिष्ठ उद्योगपति तथा समाजसेवी बाबुलाल चाचानले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५२ लाख ११ हजार रुपैयाँ प्रदान गरेका छन्। चाचान ग्रुपअन्तर्गतका विभिन्न उद्योग तथा प्रतिष्ठानको तर्फबाट ५१ लाख रुपैयाँ तथा मारवाडी सेवा ट्रस्ट वीरगन्जको तर्फबाट १ लाख ११ हजार गरी कुल ५२ लाख ११ ...