मुख्य समाचार
मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक
मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक

: बिहीबार बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक भएका छन्। बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन्।

प्रवक्ता पोखरेलका अनुसार बैठकले एसियाली विकास बैंकबाट भोटेकोशी बाढी प्रभावित नागरिकको जीवन रक्षा,तत्काल उद्धार तथा राहतका लागि प्राप्त हुने ५ मिलियन अमेरिकी डलर ९५० लाख डलर० अनुदान सहायता स्वीकार गर्नेलगायतका निर्णय गरेको छ।

१.एसियाली विकास बैंकबाट भोटेकोशी बाढी प्रभावित नागरिकको जीवन रक्षा, तत्काल उद्धार तथा राहतका लागि प्राप्त हुने ५ मिलियन अमेरिकी डलर ९५० लाख डलर० अनुदान सहायता स्वीकार गर्ने ।


२. रसुवाको भोटेकोशी बाढीबाट प्रभावित व्यक्ति, उद्योग, व्यापार तथा व्यवसायलाई तत्काल सूचारु गर्न ’एकीकृत व्यावसायिक पुनस्र्थापन योजना’ अन्तर्गत राहत, कर तथा महसुल छुट लगायतका सहुलियत उपलब्ध गराउने ।

३. साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत कुल २५,००० मेट्रिक टन चिनी १ प्रतिशत भन्सार महसुलमा आयात गर्न स्वीकृति दिने ।

४. खोज तथा उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी र राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता, खाजा खर्च, घाइते भएमा निःशुल्क उपचार तथा मृत्यु भएमा परिवारलाई प्रति मृतक १० लाख रुपैयाँ राहत उपलब्ध गराउने ।

५. २०८३ भदौ २३ गते ’जेन्जी शहीद दिवस’को अवसरमा देशभर सार्वजनिक बिदा दिने ।

६. भदौ १० गते रसुवाको भोटेकोशी बाढीमा ज्यान गुमाउनेहरूको सम्मानमा १३ औँ दिनको पुण्यतिथि अर्थात् २०८३ भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने र सो दिन देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने।

७. नेपाल प्रशासन सेवा समूहीकरणतर्फका नारायण प्रसाद भट्टलाई विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरी कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्य सचिव पदमा पदस्थापन गर्ने।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले विनाशकारी बाढीका कारण विभिन्न जलविद्युत आयोजनाका टनेल तथा अन्य स्थानमा फसेकाहरुको तत्काल उद्दार र सुरक्षित स्थानान्तरण गर्न सरकारलाई निर्देशन दिएको छ। बिहीबार बसेको समिति बैठकले बाढीले क्षति गरेका सडक, मोटरेबाल पुल, तुइन, झोलुङ्गे पुल तथा विद्युत संरचनाको शीघ्र मर्मत गर्ने र आवश्यक स्थानमा डाइभर्सन, बैकल्पिक मार्ग तथा अस्थायी पुलको ...
: डोटीको शिखर नगरपालिकाले भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २२ लाख रुपैयाँ सहयोग गर्ने भएको छ। बुधबार बसेको नगर कार्यपालिकाको बैठकले जनप्रतिनिधि तथा नगरपालिका मातहतका कार्यालय, संघ संस्था, विद्यालय र स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी, स्वास्थ्यकर्मी तथा शिक्षकहरू, जनप्रतिनिधि, स्थायी, करार, दैनिक ज्यालादारी कर्मचारीको भदौ महिनाको खाइपाइ आएको तलबबाट १० प्रतिशत रकम करकट्टी ...
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी नदीमा आएको भीषण बाढीपछिको विपद् व्यवस्थापनमा सरकारलाई बल पुग्ने गरि सहयोग गर्ने निर्णय गरेको छ। बिहीबार पार्टी कार्यालयमा बसेको रास्वपा सचिवालय बैठकले भोटेकोशी नदीमा आएको भीषण बाढी र त्यसबाट सिर्जित अवस्थाबारे समिक्षा गर्दै विपद् व्यवस्थापनमा सरकारलाई बल पुग्ने गरि काम गर्ने निर्णय गरेको हो। बैठकमा सरकारमा पार्टीको प्रतिनिधित्व गरिरहेका उपसभापति ...
: औद्योगिक घराना चाचान ग्रुपका अध्यक्ष रहेका वीरगन्जका वरिष्ठ उद्योगपति तथा समाजसेवी बाबुलाल चाचानले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५२ लाख ११ हजार रुपैयाँ प्रदान गरेका छन्। चाचान ग्रुपअन्तर्गतका विभिन्न उद्योग तथा प्रतिष्ठानको तर्फबाट ५१ लाख रुपैयाँ तथा मारवाडी सेवा ट्रस्ट वीरगन्जको तर्फबाट १ लाख ११ हजार गरी कुल ५२ लाख ११ ...
: परराष्ट्र मन्त्रालयले भोटेकोशी बाढीका कारण हाल ३४ देशका करिब ५९० विदेशी नागरिक बेपत्ता सूचीमा रहेको जनाएको छ । बिहीबार मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले हालसम्म ३०० भन्दा बढी विदेशी नागरिकको उद्दार गरिएको र अझै ३४ देशका करिब ५९० विदेशी नागरिक बेपत्ता सूचीमा रहेको जानकारी दिए । रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, ...