मुख्य समाचार
त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको १६० मिटर लामो केबल डक्ट सुरुङको प्रवेशद्वार (पोर्टल) क्षेत्रमा जम्मा भएको लेदो, ढुंगा तथा भग्नावशेष हटाउने काम तीव्र
त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको १६० मिटर लामो केबल डक्ट सुरुङको प्रवेशद्वार (पोर्टल) क्षेत्रमा जम्मा भएको लेदो, ढुंगा तथा भग्नावशेष हटाउने काम तीव्र

। रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको १६० मिटर लामो केबल डक्ट सुरुङको प्रवेशद्वार (पोर्टल) क्षेत्रमा जम्मा भएको लेदो, ढुंगा तथा भग्नावशेष हटाउने काम तीव्र पारिएको छ । हालसम्म दुई दर्जनभन्दा बढी ठूला बोल्डर विस्फोट गरी हटाइएको खोज तथा उद्धारमा खटिएका इन्जिनियर उदयराज न्यौपानेले बताए ।

१३ भदौदेखि नियमित रूपमा दुईवटा एक्स्काभेटर परिचालन गरी पाँच दिनमा करिब २० हजार घनमिटर लेदो, बालुवा, ढुंगा, कंक्रिटका स्ल्याब, बीम, पिलर तथा घरको आकारसम्मका ठूला बोल्डर हटाइएको उनको भनाइ छ ।
आवश्यकताअनुसार ब्रेकर तथा नियन्त्रित विस्फोटक पदार्थ प्रयोग गरी २४ घण्टा नै सफाइको काम भइरहेको छ।

इन्जिनियर न्यौपानेका अनुसार हाल पोर्टलको टप फेस क्राउनभन्दा करिब २.५ मिटर तलसम्मको करिब ५० मिटर लामो क्षेत्र सफा भइसकेको छ। ५.५ मिटर अग्लो सुरुङमा बाँकी करिब तीन मिटर गहिराइको एक्सेस तथा ड्रेनेज निर्माण सम्पन्न भएपछि मात्र सुरुङभित्र जम्मा भएको लेदो हटाउने काम सुरु गरिने उनले बताए ।

सुरुङभित्र पानी जमेको अवस्था नरहेको प्रारम्भिक संकेत

इन्जिनियर न्यौपानेका अनुसार त्रिशूली–३ ‘ए’को केबल डक्ट सुरुङभित्रको प्रारम्भिक अवलोकनले सुरुङको मुखबाट करिब एक मिटरसम्मको भाग लेदोले पूर्ण रूपमा भरिएको देखिएको छ। तर सुरुङबाट प्रतिसेकेन्ड करिब दुई लिटरको दरले पानी बाहिर निस्किरहेको र कुनै दबाब नरहेको उनको भनाइ छ ।



यसले सुरुङभित्र पानी जमेको अवस्था नरहेको संकेत गरेको छ। पोर्टलको बाहिरी भागमा गेटको स्ल्याब, काठका दुई ठूला ठुटा तथा ठूला बोल्डरहरूले अवरोध गरेको पाइएको छ।

इन्जिनियर न्यौपानेका अनुसार प्रारम्भिक अनुमानअनुसार सुरुङभित्र पानी र लेदोबाहेक ठूला ढुंगा प्रवेश नगरेको हुनसक्ने देखिएको छ। यद्यपि सुरुङको भित्री वास्तविक अवस्था भने पूर्ण रूपमा यकिन भइसकेको छैन।

भित्री संरचना सुरक्षित रहेको अनुमान

इन्जिनियर न्यौपानेका अनुसार १६० मिटर लामो केबल डक्ट सुरुङमध्ये करिब ६० मिटरको दूरीमा एउटा बेन्ड रहेको छ। साथै सुरुङ पावरहाउसतर्फ उकालो (अपवर्ड ग्रेडियन्ट) मा रहेकाले सुरुङको भित्री भाग सामान्य र सुरक्षित रहेको प्रारम्भिक अनुमान गरिएको छ।

घटनास्थलसम्म सडक पहुँच नभएकाले मेसिन तथा उपकरण मर्मतका लागि आवश्यक सामग्री हेलिकप्टरमार्फत ढुवानी गर्नुपर्ने अवस्था रहेको उनले बताए । यसका कारण केही सामग्री घटनास्थलमा पुर्‍याउन समय लागिरहेको भए पनि उद्धार तथा सफाइको सम्पूर्ण काम निरन्तर सञ्चालन भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रधानमन्त्री वालेन्द्र शाहले विपद् उद्धार, खोज तथा राहत वितरणका कामलाई थप प्रभावकारी बनाउन सबै सुरक्षा निकायहरूलाई एकीकृत कमान्ड प्रणालीअन्तर्गत रहेर काम गर्न निर्देशन दिएका छन्। बुधबार सुरक्षा निकायका प्रमुखहरूसँग भएको उच्चस्तरीय भेटघाट तथा समीक्षा बैठकका क्रममा प्रधानमन्त्री शाहले यो विपत्ति सामूहिक साहस र दृढताले मात्र सामना गर्न सकिने बताउँदै सबै निकायबीच निरन्तर समन्वय र सहकार्य ...
: लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले भैरहवास्थित कालिङ्गा क्यासिनो (विमानस्थल नजिक) मा छापा मारेर क्यासिनोको कर्मचारीसहित ६ जनालाई नियन्त्रणमा लिएको छ। क्यासिनोमा नेपाली नागरिक प्रवेश गरी जुवा खेलिरहेको सूचनाका आधारमा लुम्बिनी प्रदेशका डीआईजी भूपेन्द्र बहादुर खत्रीको विशेष टोलीले बिहीबार चेकजाँच गरेको थियो। सो क्रममा जुवा खेलिरहेको अवस्थामा पाँचजना नेपाली नागरिक र क्यासिनोका पिट म्यानेजरलाई नियन्त्रणमा लिइएको ...
: नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्रीको निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक नरहेको बताएका छन् । गिरिजाप्रसाद कोइराला फाउन्डेसनले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभापति थापाले वर्तमान प्रधानमन्त्रीले निजी क्षेत्रलाई मन नपराउने र उपेक्षा गर्ने गरेको बताएका हुन्। उनले दुग्ध विकास संस्थान, हेटौँडा कपडा कारखाना, तथा नेपाल औषधि लिमिटेड जस्ता सार्वजनिक संस्थानहरूको सञ्चालन र नाफाप्रति शुभेच्छा ...
: झापास्थित बीएण्डसी मेडिकल कलेजमा कार्यरत एक कामदारको करेन्ट लागेर मृत्यु भएको छ। मृत्यु हुनेमा बारा जिल्ला करैयामाई गाउँपालिका–८ निवासी २५ वर्षीय सञ्जय चौधरी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार बिहीबार दिउँसो ३:३० बजे मेचीनगर नगरपालिका–१२ धाइजन चोकस्थित बीएण्डसी मेडिकल कलेज (चारआली) मा कार्यरत चौधरीले कलेजबाट बिजुलीको तार तानेर नजिकैको झिलिमिले नहरमा माछा ...
: स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल परिसरबाहिर प्रसूति भएको घटनाको छानबिन भइरहेको र दोषी देखिए कानुनबमोजिम कारबाही गरिने बताएकी छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरूले शून्य र आकस्मिक समयमा उठाएको प्रश्नको जवाफ दिँदै उनले घटनाबारे अस्पतालसँग २४ घण्टे स्पष्टीकरण माग गरिएको र स्पष्टीकरण प्राप्त भइसकेको जानकारी दिइन्। घटनाको स्थलगत छानबिनका लागि नेपाल ...