मुख्य समाचार
भोटेकोशी बाढीबाट जीवन गुमाएकाहरूको सम्झनामा लन्डनस्थित नेपाली दूतावासमा स्मृति सभा आयोजना
भोटेकोशी बाढीबाट जीवन गुमाएकाहरूको सम्झनामा लन्डनस्थित नेपाली दूतावासमा स्मृति सभा आयोजना

। रसुवाको भोटेकोशी बाढीबाट जीवन गुमाएकाहरूको सम्झनामा लन्डनस्थित नेपाली दूतावासमा स्मृति सभा आयोजना गरिएको छ ।

मंगलबार बेलुका दीप प्रज्वलनसहित सुरु गरिएको स्मृति सभामा मृतकहरूको सम्झनामा मौन धारण गरिएको थियो ।

स्मृति सभामा हाल बेलायतमा अध्ययनरत युवा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति थियो ।

स्मृति सभालाई सम्बोधन गर्दै बेलायतका लागि नेपालका कार्यवाहक राजदूत बिपिन दुवाडीले नेपाल सरकारले खोजी, उद्धार तथा घाइतेहरूको उपचारमा सम्पूर्ण साधनस्रोत लगाइरहेको जानकारी दिए ।

उनले ब्रिटिश राजपरिवार, प्रधानमन्त्री, मन्त्रीहरू, सांसदहरू, मेयरहरूलगायत समाजसेवी तथा व्यवसायीहरूबाट ऐक्यबद्धता र सहयोगको सन्देश प्राप्त भएको जानकारी दिए ।

कार्यवाहक राजदूत दुवाडीले बेलायतस्थित नेपाली समुदायले बाढी पीडितहरूलाई मन खोलेर सहयोग गरिरहेको भन्दै प्रशंसा पनि गरे ।

मानवीय सहयोगका लागि प्रदान गरिएको रकम दुरुपयोग हुन नपाओस् र उठेको रकम पीडितसम्म पुगोस् भन्नेबारे सजग रहन पनि उनले आग्रह गरे ।

प्रधानमन्त्री राहत कोषमा गएर सहयोग प्रदान गर्न सकिने भन्दै यसबारे थप जानकारी दूतावासको वेबसाइटमा अद्यावधिक गरिएको उनले बताए ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष रामशरण सिम्खडाले एनएचएसमा कार्यरत आफ्नी दिदी शारदा सिम्खडा बेपत्ता भएको जानकारी दिँदै दिदी फर्केर आउनेमा आशा व्यक्त गरे । उनले एनआरएनएले प्रभावित क्षेत्रमै पुगेर राहत वितरण गरिरहेको जनाउँदै सबैलाई आआफ्नो ठाउँबाट सहयोग गर्न अपिल गरे ।

एनआरएनए युकेका अध्यक्ष राजेन्द्र पुडासैनीले नेपालीहरुले कुनै अपराध नगरेता पनि जलवायु परिवर्तनका कारण धनजनको ठूलो क्षति बेहोरीरहेको भन्दै नेपालले क्षतिपूर्ति माग्नुपर्ने बताए । उनले दुखमा एक आपसमा सहयोग गर्ने नेपाली परम्परा रहेको भन्दै पीडित नेपालीहरुको दुखमा मल्हम लगाउन आग्रह गरे ।

नेप्लिज डक्टर्स एसोसियसन युकेकी अध्यक्ष डा आरती थापाले एसोसियसनले १० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिसकेको भन्दै सहयोग संकलन जारी रहेको बताइन् ।

उनले बेलायतमा कार्यरत नेपाली चिकित्सकहरू मुलुकलाई आवश्यक सहयोग गर्न तयार रहेको भन्दै ‘जलवायु न्याय’ का लागि पनि आवाज उठाउनु पर्ने बताइन् ।

नेप्लिज नर्सिङ एसोसियसन यूकेकी अध्यक्ष रश्मिता दर्लामीले एक जना नर्सिङ सहकर्मी बाढीमा परी बेपत्ता हुँदा आफुहरु सबै दुखित रहेको भन्दै नर्स शारदा सिम्खडा सकुशल फर्किउन् भनी आफुहरूले प्रार्थना गरिरहेको बताइन् । बाढी पीडितहरूको पीडामा मल्हम लगाउन नेपाली नर्सहरू तयार रहेको पनि उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पछिल्लो समय साउदी अरबका विभिन्न क्षेत्रमा भएका ड्रोन तथा क्षेप्यास्त्र आक्रमणका घटनाले यहाँ कार्यरत नेपाली श्रमिकको सुरक्षाबारे चिन्ता बढाएको छ। एक नेपालीको मृत्यु र अन्य ३ नेपाली घाइते भएको घटनासँगै अन्तर्राष्ट्रिय उडान प्रभावित हुँदा स्वदेश फर्कने तयारीमा रहेका नेपालीसमेत अन्योलमा परेका छन्। अक्टोबर २१ मा साउदी अरबको पूर्वी क्षेत्रमा रहेको शैबाह तेल क्षेत्रमा ड्रोन अवरोध ...
— साउदी अरबको साउदी अराम्कोको शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमणको अवशेष खस्दा एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपाल सरकारले दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेको छ । मन्त्रालयले घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ । नेपालले सर्वसाधारण नागरिक र महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी ...
— साउदी अरबको साउदी अराम्कोको शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमणको अवशेष खस्दा एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपाल सरकारले दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेको छ । मन्त्रालयले घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ । नेपालले सर्वसाधारण नागरिक र महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी ...
: साउदी अरबको दक्षिण-पूर्वी क्षेत्रस्थित 'साउदी अरामको' को तेल प्रशोधन केन्द्रलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा परेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ। संयुक्त अरब इमिरेट्स (युएई ) को सीमा नजिकै रहेको 'शायबाह' तेल क्षेत्रमा खसालिएको ड्रोनका अवशेषहरू खस्दा फिलिपिन्सका एक नागरिक र एक नेपालीको ज्यान गएको हो। घटनामा एक भारतीय र एक पाकिस्तानी नागरिक ...
: गैरआवासीय नेपाली संघ (एनआरएनए )को नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन आगामी डिसेम्बर ११ र १२, २०२६ मा कतारमा आयोजना हुने भएको छ। मध्यपूर्वमा कार्यरत लाखौँ नेपाली श्रमिकका समस्या, चुनौती र अधिकारका विषयमा साझा धारणा निर्माण गर्ने उद्देश्यसहित सम्मेलन आयोजना गर्न लागिएको हो। सहयात्राको मूल भावनालाई आत्मसात् गर्दै आयोजना हुन लागेको सम्मेलनको मूल नारा ‘सुरक्षित ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम