मुख्य समाचार
रसुवा बाढीको घटना जलवायु परिवर्तनसँग पनि सम्बन्धित भएकाले यसबारले अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनुपर्ने बताए
रसुवा बाढीको घटना जलवायु परिवर्तनसँग पनि सम्बन्धित भएकाले यसबारले अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनुपर्ने बताए

। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा बाढीको घटना जलवायु परिवर्तनसँग पनि सम्बन्धित भएकाले यसबारले अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनुपर्ने बताएका छन् । उनले हिमालय क्षेत्रमा जोखिम बढेकोले यो विश्वको साझा जिम्मेवारी भएको उल्लेख गरे ।

‘जलवायु परिवर्तनका कारण हामीमाझ यस्तो विपद् आइलाग्यो,’ प्रधानमन्त्री बालेनले प्रतिनिधिसभामा सम्बोधन गर्दैभने,’हिमालय क्षेत्रमा जोखिम बढेको यसले देखाउँछ । त्यसैले यो विपद्मा हामीले अन्तर्राष्ट्रिय समूदायलाई भन्नुपर्छ । यो विश्वको साझा जिम्मेवारी हो ।’

उनले यो मानव सभ्यताले भोगेको सबै भन्दा ठूलो घटना भएको उनले उल्लेख गरे ।

प्रतिनिधिसभामा उनले बाढी पहिरोले गरेको क्षति, राहत उद्धार व्यवस्थानमा भएका कामबारे जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रसुवा बाढीका कारण बेपत्ता रहेका आफन्तको आशा मारेका परिवारजनले काँस-कुशबाट शवको प्रतीमा बनाएर सामूहिक अन्त्येष्टि गरिरहेका छन् । बुधबार दर्जनौं काँस-कुशका शवहरूको पशुपति आर्यघाटमा सामूहिक अन्त्येष्टि गरिएको छ । बेपत्ताका परिवारजन र आफन्तले हिन्दू परम्पराअनुसार अन्त्येष्टि गर्दा पशुपति आर्यघाटमा बाक्लो भीड छ । उनीहरूले बेपत्ता आफन्तलाई सम्झिँदाको दृश्य निकै कारुणिक पनि देखिएको छ ।
। रसुवा बाढीबारे प्रतिनिधिसभाबाट विशेष प्रस्ताव पारित भएको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डीपी अर्यालले विशेष प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले सर्वसम्मतिले पारित गरेको हो । भदौ १० गते बुधबार भोटेकोशी त्रिशूली नदीमा विनावशकारी बाढी आएको थियो । उक्त बाढीले रसुवाको टिमुरे, स्याफ्रुवेशी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत धादिङ, चितवन र गोरखा ...
। सांसदहरूले रसुवा बाढीका कारण ज्यान गुमाएकाहरूको स्मरणमा मौनधारण गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा उपस्थित सांसदहरू एक मिनेट उठेर मौन धारण गरेका हुन् । त्यसअघि आजै प्रतिनिधिसभाले रसुवाको बाढीपछिको विपद्का सन्दर्भमा विशेष प्रस्ताव पारित गरेको छ । प्रतिनिधिसभाको बैठकमा सभामुख अर्यालले विशेष प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले सर्वसम्मतिले पारित गरेको हो । भदौ १० गते ...
। प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सरकारले तत्कालै खोज, उद्धार, उपचार तथा राहतका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरेको जानकारी संसद्लाई गराएका छन् । उनका अनुसार बाढीमा परेका ११ हजार ९९३ जनाको उद्धार भइसकेको छ, भने ३ हजार ९१६ जना अझै सम्पर्कविहीन छन्। संसद्को रोस्ट्रममा उभिएर प्रधानमन्त्रीले अहिलेसम्मका कामबारे उल्लेख ...
। सभामुख डोलप्रसाद अर्याल (डीपी)ले प्रतिनिधिसभाको बैठकमा विशेष सम्बोधन गरेका छन् । भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीको अवस्थामा उनले प्रतिनिधिसभाको बैठकमा विशेष सम्बोधन गरेका हुन् । उक्त बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ र चितवन जिल्लामा ठूलो मानवीय र भौतिक क्षति पुर्‍याएको छ । यसबारे विशेष सम्बोधन गर्दै सभामुख अर्यालले महिला तथा बालबालिकाको सुरक्षा सुनिश्चित ...