मुख्य समाचार
बाढीपीडितलाई घिउ तेल उत्पादक संघको १ करोड १ लाख रुपैयाँ सहयोग
बाढीपीडितलाई घिउ तेल उत्पादक संघको १ करोड १ लाख रुपैयाँ सहयोग

। नेपाल वनस्पति घिउ तेल उत्पादक संघले हालै आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

संघले बुधबार बाढीपहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दु:ख व्यक्त गर्दै सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

१० भदौ बुधबार बिहान चीनको सिजाङ (तिब्बत) तर्फबाट आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन र पूर्वी नवलपरासी लगायत जिल्लामा अकल्पनीय मानवीय र भौतिक क्षति भएको थियो ।

यस प्राकृतिक विपत्तिमा परी धेरै नागरिकको ज्यान गएको, बेपत्ता भएको, घाइते भएको र सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमा अपूरणीय क्षति पुगेकोप्रति संघले ध्यानाकर्षण भएको जनाएको छ ।

‘यस्ता संवेदनशील अवस्थामा राष्ट्रिय एकता, सामाजिक सहकार्य र मानवीय भावना अनुरूप नागरिक, समाज एवं राष्ट्रप्रतिको जिम्मेवारी बोध गर्दै संघ तथा सदस्य उद्योगहरूबाट एकमुष्ट १ करोड १ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेका छौं,’ संघले भनेको छ ।

साथै, संघले प्रभावित परिवारलाई तत्काल राहत, घाइतेहरूको उपचार तथा अन्य आवश्यक सहयोग छिटोभन्दा छिटो उपलब्ध गराउन सरकार लगायत सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत सधैं अग्रपंक्तिमा रहने प्रतिबद्धता व्यक्त गर्दै संघले आगामी दिनमा पनि यस्ता सहयोगात्मक कार्यमा निरन्तर संलग्न रहने जनाएको छ ।

सबै सम्बन्धित पक्षको संवेदनशीलता र सहयोगले मात्र प्रभावित क्षेत्रको पुनर्निर्माणले गति लिन सक्ने संघको ठहर छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पृथ्वी राजमार्गको कृष्णाभिर खण्डमा त्रिशूली नदीले सडक कटान गरेपछि काठमाडौं उपत्यका सहित आसपासका जिल्लामा खाना पकाउने एलपी ग्यास आपूर्ति प्रभावित भएको छ । ग्यासका बुलेटहरू आउन नसक्ने अवस्था सिर्जना भएपछि नेपाल आयल निगमले व्यावसायिक प्रयोजन (होटल, रेस्टुरेन्ट, क्यान्टिन आदि) का लागि ग्यास बिक्री वितरणमा तत्काल रोक लगाउँदै घरायसी र अत्यावश्यक क्षेत्रमा मात्र ग्यास उपलब्ध गराउने ...
। भोटेकोशीको बाढीमा परेर ज्यान गुमाएका १३३ जनाको शव रसुवाको विभिन्न क्षेत्रबाट सङ्कलन गरिएको छ । रसुवाका प्रहरी नायब उपरीक्षक अशोक थापाका अनुसार रसुवाको टिमुरे क्षेत्रबाट १०४, स्याफ्रुबेँसी र रोङ्गा क्षेत्रबाट १८ तथा बेत्रावती क्षेत्रबाट ११ जनाको शव सङ्कलन गरिएको हो । गन्हाउन थालेपछि ती सबै शव हेलिकप्टरमा नुवाकोटको विदुर लैजाने काम जारी रहेको उनले बताए। यसैबीच, ...
। प्रधानमन्त्री बालेन शाहले रसुवामा गएको विनाशकारी बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात भएको बताएका छन् । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले भनेका छन्, ‘यो पीडा रसुवा, नुवाकोट र धादिङको मात्रै होइन । यो सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो ।’ भदौ १० गते बुधबार भोटेकोशी त्रिशूली नदीमा विनावशकारी बाढी आएको थियो । उक्त बाढीले रसुवाको ...
। प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले प्रतिनिधिसभालाई रसुवाको बाढीमा परेका झण्डै १२ हजार नागरिकको उद्धार गरिएको जानकारी गराएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकलाई सम्बोधन गर्दै उनले ११ हजार ९९३ उद्धार भएको जानकारी संसद्लाई जानकारी गराएका हुन् । प्रधानमन्त्री बालेनले अझै पनि तीन हजार ९१६ जना सम्पर्कविहीन रहेको पनि बताए । उनले बाढीम ापरी घाइते भएका २९२ जनामध्ये ...
। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आफू विशेष जिम्मेवारीसहित सार्वभौम संसद्को रोष्ट्रममा उभिएको बताएका छन् । प्रतिनिधिसभामा उनले रसुवाको भोटेकोशीमा गएको विनाशकारी बाढीबारे जानकारी गारउँदैछन् । यसक्रममा सुरुमै उनले भने, ‘विशेष जिम्मेवारीसहित सार्वभौम संसद्को रोष्ट्रममा उभिएको छु ।’ भदौ १० गते बुधबार भोटेकोशी त्रिशूली नदीमा विनावशकारी बाढी आएको थियो । उक्त बाढीले रसुवाको टिमुरे, स्याफ्रुवेशी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार ...