मुख्य समाचार
वर्षा र पहिरोका कारण राजमार्गमा रोकिएका ग्यासका गाडी काठमाडौं आइपुगेका छन्
वर्षा र पहिरोका कारण राजमार्गमा रोकिएका ग्यासका गाडी काठमाडौं आइपुगेका छन्

। वर्षा र पहिरोका कारण राजमार्गमा रोकिएका ग्यासका गाडी काठमाडौं आइपुगेका छन् ।

ग्यास उद्योगी तथा नेपाल एलपी ग्यास उद्योग संघ पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेका अनुसार हिजो सोमबार रातिदेखि बाटोमा अलपत्र ग्यासका गाडी आज दिउँसो राजधानी प्रवेश गरेका हुन् ।

‘हिजोदेखि अड्किएर बसेका सुगम र एभरेस्ट ग्यासका १४ वटा गाडी आज दिउँसो २/३ बजेतिर काठमाडौं आइपुगेका छन्,’ पूर्वअध्यक्ष घिमिरेले भने, ‘ती गाडीबाट १ हजार ३ सय १२ थान ग्यास सिलिन्डर भित्रिएको छ ।’

राजधानीमा ग्यासको सहज आपूर्तिका लागि उद्योगीहरूले तराईका विभिन्न जिल्लाबाट सिलिन्डर नै भरेर ल्याउने तयारी थालेका छन् ।

साना गाडीबाट ग्यास ढुवानी गर्न सम्भव नहुने र ग्यास बुलेट सबै ठाउँमा आउन नसक्ने भएकाले १० देखि १२ चक्के ठूला ट्रकमार्फत ग्यास ल्याउने तयारी भइरहेको घिमिरेले बताए ।

‘हामीले नारायणी यातायात व्यवसायी संघ र अन्य केही संघसंस्थासँग समन्वय गरेर १ सयदेखि २ सयसम्म ट्रकको व्यवस्था गर्दैछौं,’ घिमिरेले अनलाइनखबरसँग भने, ‘ती ट्रकमार्फत चितवन, बारा, पर्सा, मकवानपुर र नवलपरासीबाट ग्यास काठमाडौं ल्याउने तयारी छ, यसै विषयमा लजिस्टिक व्यवस्थापनका लागि हामी आज र भोलि संस्थागत रूपमै छलफलमा बस्दैछौं ।’

राजमार्गमा हुन सक्ने सम्भावित पहिरो र अवरोध हटाउन सरकारी निकायहरूको पूर्वतयारी हुनुुपर्नेमा उनले जोड दिए । सडक अवरुद्ध हुँदा लामो समयसम्म ग्यासका गाडी रोकिने अवस्था आउन नदिन मेसिनरी उपकरणहरू तयारी अवस्थामा राख्नुपर्ने उनको भनाइ छ ।

‘रसुवा र नुवाकोटतिरको जस्तो बाटो नै बगाएको अवस्थामा त केही उपाय लाग्दैन, तर सामान्य बाटोघाटो बिग्रिएको वा पहिरो गएको ठाउँमा सडक विभागले तत्काल पन्छाउन मेसिन र उपकरण राखिदिनुपर्छ,’ घिमिरेले भने, ‘नेपाल प्रहरी र ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापन तथा जिल्ला प्रशासनले शान्ति सुरक्षाको प्रबन्ध मिलाइदिनुपर्छ, मेसिनहरू तैनाथ भए भने पहिरो पन्छाएर एक–दुई घण्टामै गाडी पुन: सञ्चालनरु गर्न सकिन्छ, यसका लागि सबै निकायसँग समन्वय गरेर काम हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: तिहार नजिकिँदै गर्दा बजारमा फूलको माग र व्यापार उच्च हुँदै गएको छ। तर उपभोक्तामा भने अभाव र महँगो मूल्यको मार खेप्नुपर्ने हो कि भन्ने चिन्ता फेरि देखिएको छ। अघिल्लो वर्ष तिहारमा सयपत्री फूलको माला अभाव भएपछि उपभोक्ताले महँगो मूल्य तिर्नु परेको थियो। यस वर्ष करिब ४५ लाख माला व्यावसायिक रूपमा उत्पादन हुने अनुमान र मखमली ...
। यस वर्ष तिहारमा देशभरि ५१ लाख ८० हजार वटा विभिन्न फूलका माला खपत हुने अनुमान गरिएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले सार्वजनिक गरेको तथ्यांक अनुसार तिहारको ५ दिनमा खपत हुने यी मालाबाट मात्रै करिब ४८ करोड रुपैयाँ बराबर कारोबार हुनेछ । मालाका साथै घर, आँगन र कार्यालय सजाउन प्रयोग हुने ४३ लाख फूलका थुँगा ...
। नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास बिक्री वितरण गर्दा अनिवार्य ‘भ्याट बिल’ जारी गर्न निर्देशन दिएको छ । ग्यास विक्रेताहरूले ग्यास बिक्री गरेपछि उपभोक्तालाई बिलबिजक नदिएको गुनासो बढेपछि निगमले यस्तो निर्देशन दिएको हो । निगमको एलपी ग्यास तथा एभिएसन विभागले सोमबार सबै ग्यास उद्योगलाई पत्राचार गर्दै विक्रेता मार्फत अनिवार्य बिल दिने व्यवस्था मिलाउन भनेको हो ...
। जलवायुजन्य हानि-नोक्सानी सम्बोधनका लागि स्थापना गरिएको ‘हानि-नोक्सानी कोष’ ले नेपाललाई २ करोड अमेरिकी डलर (३ अर्ब २ करोड रुपैयाँ) बराबर अनुदान सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो । भोटेकोशी र त्रिशूली नदीमा १० भदौमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायलाई राहत, ...
। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले वार्षिक ६ प्रतिशत ब्याजदर दिने गरी निष्कासन गरेको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि खुला गरेको छ । बैंकले ‘६ प्रतिशत आरबिबिएल डिबेन्चर २०८९’ नामको ऋणपत्रमा आज असोज २९ गतेदेखि आवेदन दिन सकिने जनाएको छ । सात वर्ष अवधिको उक्त ऋणपत्रमा कात्तिक १० गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा पूर्ण ...