मुख्य समाचार
पहिरोका कारण अवरुद्ध बनेको गुल्मीको कालीगण्डकी करिडोर सडकखण्ड सञ्चालनमा
पहिरोका कारण अवरुद्ध बनेको गुल्मीको कालीगण्डकी करिडोर सडकखण्ड सञ्चालनमा

। पहिरोका कारण अवरुद्ध बनेको गुल्मीको कालीगण्डकी करिडोर सडकखण्ड सञ्चालनमा आएको छ । मंगलबार बिहान आएको पहिरोका कारण कालीगण्डकी करिडोर खण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ राक्सेमा सडकमाथिबाट पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो ।

सडक निर्माण कम्पनी, स्थानीय पालिका र सुरक्षाकर्मीको समन्वयमा आज दिनभर डोजर प्रयोग गरी पहिरो पन्छाएसँगै उक्त सडकखण्डमा यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।

कालीगण्डकी करिडोर सडक अवरुद्ध भएपछि प्रहरी चौकी पूर्तिघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको नेतृत्वमा उक्त क्षेत्रमा आज बिहानैदेखि प्रहरी टोली परिचालन गरिएको थियो ।

सडक सञ्चालनमा आएसँगै बिहानदेखि पूर्तिघाट र रुद्रवेणी क्षेत्रमा रोकिएका सम्पूर्ण सवारीसाधन आआफ्नो गन्तव्यतिर लागिसकेका प्रहरीले जनाएको छ ।

उक्त कालीगण्डकी करिडोर सडक जिल्लाको प्रमुख सडक सञ्जालअन्तर्गत पर्दछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गृहमन्त्री सुधन गुरुङले पछिल्लो बाढीपहिरो र प्राकृतिक विपद्पछि सरकारले गरिरहेको उद्धार तथा राहत कार्यका बारेमा स्पष्ट पार्दै राज्यका सबै संयन्त्रहरू उच्च प्राथमिकताका साथ कार्यक्षेत्रमा खटिएको बताएका छन् । मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री गुरुङले उद्धारका क्रममा भोग्नुपरेका जटिलता, अन्तर्राष्ट्रिय सहयोग र राहत वितरणको अवस्थाबारे जानकारी दिए । विपद्ग्रस्त क्षेत्र, विशेषगरी थ्री ए र टनेल ...
। भदौ १० गते गएको बाढीका कारण वाणिज्य बैंकहरूको कर्जा लगानी रहेका ४ जलविद्युत् आयोजनामा क्षति पुगेको छ । बाढीले ती आयोजनामा क्षति पुर्‍याएसँगै बैंकहरूको साढे ६ अर्बको लगानी जोखिममा परेको बैंकर्स संघको प्रारम्भिक अध्ययनले देखाएको छ । नेपाल बैंकर्स संघका अनुसार बाढीका कारण रसुवाको ५ मेगावाट क्षमताको मैलुङ खोला हाइड्रो आयोजनामा क्षति पुगेको छ । ...
। बागमती प्रदेश सरकार, सचिव बैठकले खोज, उद्धार, राहत तथा पुनर्स्थापना लगायत कार्य विवरण तथा प्राप्त तथ्यांकलाई पारदर्शी र व्यवस्थित बनाउन डिजिटल प्लेटफर्मलाई चुस्त बनाउने निर्णय गरेको छ । प्रमुख सचिव कमल प्रसाद भट्टराईको अध्यक्षतमा आज बसेको बैठकले हेटौंडा–काठमाडौं अन्तर्गत भीमफेदी–कुलेखानी खण्डको साँघुको मार्गको वैकल्पिक व्यवस्थाका लागि भीमफेदी–कोगटे–इपा देउराली हुँदै सिस्नेरीसम्मको मार्ग निर्माण कार्य तत्काल सम्पन्न ...
। नेपाली तथा विदेशी विज्ञसहितको सुरक्षाकर्मीको टोलीले रसुवा बाढीमा बेपत्ता भएकाहरुको खोजी जारी राखेका छन्। सैनिक निर्देशनालयका अनुसार विभिन्न जलविद्युत् आयोजनाका टनेलमा विदेशीसहितको संयुक्त उद्धार टोलीले खोजी कार्य जारी राखेको हो। चिलिमे हाइड्रोको टनेलभित्र करिब ५० मिटर, लाङटाङ हाइड्रोमा १५० मिटर र अपर त्रिशूली-१ हाइड्रोमा २०० मिटरसम्म प्रवेश गरेर खोजी गरिएको छ। त्रिशूली-३ए आयोजनामा टनेल हेड फेला ...
। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सबै सरोकारवालाको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउने बताएका छन् । शिक्षा तथा खेलकुद मन्त्रालयमा निजी विद्यालय सञ्चालकका विभिन्न छाता सङ्गठनका प्रतिनिधिसँग मंगलबार आयोजित अन्तर्क्रियामा मन्त्री पोखरेलले ऐन निर्माणका क्रममा प्राप्त सुझावलाई समेटेर परिपक्व ढङ्गले ऐनलाई अन्तिम रूप दिइने बताएका हुन् । ‘शिक्षा ऐन निर्माणका क्रममा जति पनि सरोकारवालासँग छलफल भएको ...