मुख्य समाचार
स्थानीय तह आफै पीडित छ, काठमाडौंमा बसेर सक्रिय भएन भन्नु अन्याय हुन्छ : रास्वपा सांसद धिताल
स्थानीय तह आफै पीडित छ, काठमाडौंमा बसेर सक्रिय भएन भन्नु अन्याय हुन्छ : रास्वपा सांसद धिताल

। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सांसद क्रान्तिशिखा धितालले विपद् व्यवस्थापनमा काठमाडौंमा बसेर स्थानीय तह सक्रिय भएन आरोप लगाउन नमिल्ने बताएकी छन् । पछिल्लो समय पूर्वाधार विकासमन्त्री सुनील लम्सालले विपद् व्यवस्थापनमा स्थानीय तह र स्थानीय प्रशासन स्वत: एक्टिभेट नभएको भन्दै टिप्पणी गरेका थिए ।

त्यसयता रास्वपाका नेता कार्यकर्ताले यस्तो प्रश्न उठाइरहेका बेला रास्वपा सांसद धितालले फेसबुक अभिव्यक्तिमार्फत स्थानीय तहको बचाउ गरेकी हुन् ।




‘काठमाडौंमा बसेर स्थानीय तह सक्रिय भएन, हामीसँग समन्वय भएन भनेर मात्र आरोप लगाउनु किमार्थ उचित हुँदैन,’ धितालले लेखेकी छन्, ‘अरे हामीले कस्तो नसम्झेको स्थानीय तह आफैं पनि यो विपद्को पीडित हो । उसको आफ्नै सहर बाढीले बगाएर बगर बनेको छ ।’

उनले आफै क्षतिग्रस्त भएको अवस्थामा भूमिकाको अपेक्षा गर्नु न्यायोचित नहुने भन्दै प्रश्न उठाएकी छन् । ‘जसले आफैं गाँस, बास र कपास गुमाएको छ, उसैबाट पूर्ण क्षमतामा सोच्न, निर्णय गर्न र अरूलाई सम्हाल्न अपेक्षा गर्नु कति न्यायोचित हो ?’ उनले प्रश्न गरेकी छन् ।



प्रभावित प्रदेश र स्थानीय तहलाई कठघरामा उभ्याउने नभई उनीहरूलाई उभिनसक्ने बनाउने सरकारको जिम्मेवारी रहेको उनले उल्लेख गरेकी छन् ।

‘विपद्मा सरकारका तहहरू प्रतिस्पर्धी होइनन्, एकअर्काका सहारा हुन् । हामी सहारा बनौँ,’ सांसद धितालले लेखेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पहिरोका कारण अवरुद्ध बनेको गुल्मीको कालीगण्डकी करिडोर सडकखण्ड सञ्चालनमा आएको छ । मंगलबार बिहान आएको पहिरोका कारण कालीगण्डकी करिडोर खण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ राक्सेमा सडकमाथिबाट पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो । सडक निर्माण कम्पनी, स्थानीय पालिका र सुरक्षाकर्मीको समन्वयमा आज दिनभर डोजर प्रयोग गरी पहिरो पन्छाएसँगै उक्त सडकखण्डमा यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी ...
। बागमती र विष्णुमती नदीमा आएको बाढीका कारण काठमाडौंको धोबीघाट ढल प्रशोधन केन्द्रको ढल प्रशोधनको काम रोकिएको छ । आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)का अनुसार बाढीले प्रशोधन केन्द्रको मुख्य पाइपलाइनमा ढुङ्गा र बालुवा थुपारेपछि ढल प्रशोधन कार्य प्रभावित भएको हो । परीक्षणका क्रममा रहेको प्रशोधन केन्द्रको मुख्य पाइपलाइनमा ढुङ्गा र बालुवा पसेपछि सञ्चालनमा समस्या आएको पीआईडीका प्रमुख एवं ...
। रसुवा, नुवाकोट, धादिङ्ग जिल्लामा गएको बाढी पहिरोलाई कारण देखाउँदै सरकारले यस पटकको करदाता उपहार कार्यक्रम स्थगित गरेको छ । भदौ, पहिलो १५ दिनको उपहार कार्यक्रम आज घोषणा गर्नुपर्ने थियो । आन्तरिक राजस्व विभागका अनुसार उक्त कार्यक्रम तथा आगामी पाक्षिक अवधिको उपहार विजेता छनोट कार्यक्रम २०८३ असोज १ गते भदौ महिनाभरको खरिद बिजकको कुपनहरूको दैनिक तथा ...
। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको नियुक्तिसहितका विषयमा दायर रिट निवेदनमा उच्च अदालत पाटन, हेटौंडा इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । योसँगै प्रदेश सरकारका काम कारबाही रोक्नुपर्ने अवस्था नरहेको र प्रदेश सरकारले नियमित रूपमा आफ्ना काम अघि बढाउन सक्ने अदालतका उपरजिस्टार प्रवक्ता बद्रीप्रसाद लामिछानेले जानकारी दिए । न्यायाधीशद्वय जनक पाण्डे र किरणकुमार पोखरेलको संयुक्त ...
। विनाशकारी बाढीमा स्थानीय तह र प्रदेशसँग संघीय सरकारले आवश्यक समन्वय नगरेको आवाज उठिरहेको बेला सोमबार भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले एउटा अनौठो अभिव्यक्ति दिए । उनको अभिव्यक्तिको भावले भन्छ- विपद् व्यवस्थापनमा संघीय सरकारको सक्रियता आवश्यक थिएन/छैन। ‘विपद् आयो। त्यो वडा अटोमेटिक एक्टिभेट हुनुपर्थ्यो। अटोमेटिक पालिका एक्टिभेट हुनुपर्थ्यो। अटोमेटिक प्रदेश एक्टिभेट हुनुपर्थ्यो,’ उनले भनेका छन्, ...