मुख्य समाचार
झांक्रीले सरकार बाढीपीडित नागरिकसम्म पुग्न नसकेको आरोप
झांक्रीले सरकार बाढीपीडित नागरिकसम्म पुग्न नसकेको आरोप

। नेकपा (एमाले)की सांसद रामकुमारी झांक्रीले सरकार बाढीपीडित नागरिकसम्म पुग्न नसकेको आरोप लगाएकी छिन् ।

मंगलबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले उद्धार तथा राहतमा प्रभावकारी समन्वय गर्न नसकेको आरोप पनि लगाइन् ।

सरकारका मन्त्रीहरू सामाजिक सञ्जालमा प्रचार गर्नमा व्यस्त भएपनि विपद् प्रभावित नागरिकले सरकार आफूसँगै रहेको आभास गर्न नसकेको उनको भनाइ छ ।

‘सोसियल मिडियामा भयंकर भिजिबिलिटी छ । सोसियल मिडियाको अल्गोरिदमहरू चुनाव जस्तै हाइपमा छ । तर यो सरकारको समर्थकहरू, यसका कार्यकर्ताहरू, यसका नेताहरूले के लेख्दै छन् । सोसियल मिडियामा के म्यासेज दिइरा छन्,’ उनले थप भनिन्, ‘त्यसले सरकारले कति प्रभावकारी काम गरिरहेको छ भनेर देखिन्छ नि । कोही सांसदहरूलाई बोकेको फोटो हाल्नुभएको छ, कोही सांसदहरू हेलिकप्टर चढेको सेल्फीको फोटो हाल्नुभएको छ, मन्त्रीहरूले त अर्काको फोटोलाई पनि टनेल भित्र छिरेको भन्दै तानिरहनुभएको छ । अरू के नै गर्नुभएको छ र ?’

यो विपद्को समयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निजामती प्रशासनले गरेको कामप्रति प्रसंशायोग्य रहेको समेत बताइन् ।

झाँक्रीले जलवायु परिवर्तनका कारण आगामी दिनमा पनि अनावृष्टि, अतिवृष्टि, खडेरीलगायतका विपद् दोहोरिन सक्ने भन्दै सरकार र नागरिकले विपद् जोखिम न्यूनीकरण तथा पूर्वतयारीको लागि थप तयारी गर्नुपर्नेमा जोड दिइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पहिरोका कारण अवरुद्ध बनेको गुल्मीको कालीगण्डकी करिडोर सडकखण्ड सञ्चालनमा आएको छ । मंगलबार बिहान आएको पहिरोका कारण कालीगण्डकी करिडोर खण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ राक्सेमा सडकमाथिबाट पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो । सडक निर्माण कम्पनी, स्थानीय पालिका र सुरक्षाकर्मीको समन्वयमा आज दिनभर डोजर प्रयोग गरी पहिरो पन्छाएसँगै उक्त सडकखण्डमा यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी ...
। बागमती र विष्णुमती नदीमा आएको बाढीका कारण काठमाडौंको धोबीघाट ढल प्रशोधन केन्द्रको ढल प्रशोधनको काम रोकिएको छ । आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)का अनुसार बाढीले प्रशोधन केन्द्रको मुख्य पाइपलाइनमा ढुङ्गा र बालुवा थुपारेपछि ढल प्रशोधन कार्य प्रभावित भएको हो । परीक्षणका क्रममा रहेको प्रशोधन केन्द्रको मुख्य पाइपलाइनमा ढुङ्गा र बालुवा पसेपछि सञ्चालनमा समस्या आएको पीआईडीका प्रमुख एवं ...
। रसुवा, नुवाकोट, धादिङ्ग जिल्लामा गएको बाढी पहिरोलाई कारण देखाउँदै सरकारले यस पटकको करदाता उपहार कार्यक्रम स्थगित गरेको छ । भदौ, पहिलो १५ दिनको उपहार कार्यक्रम आज घोषणा गर्नुपर्ने थियो । आन्तरिक राजस्व विभागका अनुसार उक्त कार्यक्रम तथा आगामी पाक्षिक अवधिको उपहार विजेता छनोट कार्यक्रम २०८३ असोज १ गते भदौ महिनाभरको खरिद बिजकको कुपनहरूको दैनिक तथा ...
। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको नियुक्तिसहितका विषयमा दायर रिट निवेदनमा उच्च अदालत पाटन, हेटौंडा इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । योसँगै प्रदेश सरकारका काम कारबाही रोक्नुपर्ने अवस्था नरहेको र प्रदेश सरकारले नियमित रूपमा आफ्ना काम अघि बढाउन सक्ने अदालतका उपरजिस्टार प्रवक्ता बद्रीप्रसाद लामिछानेले जानकारी दिए । न्यायाधीशद्वय जनक पाण्डे र किरणकुमार पोखरेलको संयुक्त ...
। विनाशकारी बाढीमा स्थानीय तह र प्रदेशसँग संघीय सरकारले आवश्यक समन्वय नगरेको आवाज उठिरहेको बेला सोमबार भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले एउटा अनौठो अभिव्यक्ति दिए । उनको अभिव्यक्तिको भावले भन्छ- विपद् व्यवस्थापनमा संघीय सरकारको सक्रियता आवश्यक थिएन/छैन। ‘विपद् आयो। त्यो वडा अटोमेटिक एक्टिभेट हुनुपर्थ्यो। अटोमेटिक पालिका एक्टिभेट हुनुपर्थ्यो। अटोमेटिक प्रदेश एक्टिभेट हुनुपर्थ्यो,’ उनले भनेका छन्, ...