मुख्य समाचार
बाढीपीडितलाई सल्यानको एमएम एकेडेमीको १ लाख २८ हजार सहयोग
बाढीपीडितलाई सल्यानको एमएम एकेडेमीको १ लाख २८ हजार सहयोग

। सल्यानको शारदा नगरपालिका ३मा रहेको एमएम एकेडेमी प्रा.लि. ले बाढीपीडितका लागि १ लाख २८ हजार ८ सय ५ रुपैयाँ आर्थिक सहयोग संकलन गरेको छ ।

विद्यालयले संस्थागत सहयोगसँगै कार्यरत शिक्षक कर्मचारी, अध्ययनरत विद्यार्थी तथा साहुटोल बजार क्षेत्रबाट रकम संकलन गरेको हो। एमएम एकेडेमी प्रा.लि.बाट ३३ हजार ८ सय २० रुपैयाँ, शिक्षक कर्मचारीबाट ३८ हजार ५ रुपैयाँ, विद्यार्थीबाट २९ हजार १५ रुपैयाँ र साहुटोल बजार क्षेत्रबाट २७ हजार ९ सय ६५ रुपैयाँ संकलन भएको हो।

विद्यालयका सञ्चालक महेश देवकोटाले बाढीपीडितलाई सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यालय परिवार तथा स्थानीय बजार क्षेत्रको सहयोगमा रकम संकलन गरिएको बताए। विपद्को समयमा पीडितको दुःखमा साथ दिनु सामाजिक दायित्व भएकाले आफूहरूले सकेको सहयोग गरेको उनको भनाइ छ।

संकलित १ लाख २८ हजार ८ सय ५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको देवकोटाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मधेश प्रदेश सरकारले रसुवामा आएको विनाशकारी बाढीबाट मृत्यु भएका आफ्ना प्रदेशका नागरिकका परिवारलाई तत्काल एकलाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । तत्काल आवश्यक खर्च व्यवस्थापनका लागि उक्त रकम उपलब्ध गराइने मधेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री युवराज भट्टराईले जानकारी दिए । त्यस्तै, बाढीका कारण घाइते भएका मधेश प्रदेशका नागरिकलाई प्रदेश सरकार मातहत सञ्चालित प्रादेशिक अस्पतालमा निःशुल्क ...
। पूर्वाधार विकास मन्त्रालयले कृष्णभिर माथिबाट नयाँ ट्र्याक खोलेर सडक सुचारू गर्ने निर्णय गरेको छ । पृथ्वी राजमार्ग सञ्चालन तथा तत्कालीन र दीर्घकालीन समाधानका सम्बन्धमा मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले तत्काल विपद् प्रभावित क्षेत्र र राजधानीसँगको आपूर्ति शृङ्खला पुनर्स्थापना गर्न कृष्णभिरमा ग्याबियन ब्रेस्ट वालमाथिबाट सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी आवश्यक संरचना निर्माणको कार्य ...
। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सांसद क्रान्तिशिखा धितालले विपद् व्यवस्थापनमा काठमाडौंमा बसेर स्थानीय तह सक्रिय भएन आरोप लगाउन नमिल्ने बताएकी छन् । पछिल्लो समय पूर्वाधार विकासमन्त्री सुनील लम्सालले विपद् व्यवस्थापनमा स्थानीय तह र स्थानीय प्रशासन स्वत: एक्टिभेट नभएको भन्दै टिप्पणी गरेका थिए । त्यसयता रास्वपाका नेता कार्यकर्ताले यस्तो प्रश्न उठाइरहेका बेला रास्वपा सांसद धितालले फेसबुक अभिव्यक्तिमार्फत स्थानीय ...
। गृहमन्त्री सुधन गुरुङले रसुवा बाढीका कारण जलविद्युत् आयोजनाहरूमा फसेका व्यक्तिहरूको उद्धारका लागि सुरुङको माथिबाट पनि खनेर केही गर्न सकिन्छ कि भनेर प्रयास भइरहेको जानकारी गराएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पत्रकार सम्मेलनमा रसुवा बाढीबारे जानकारी गराउने क्रममा उनले यस्तो बताएका हुन् । ‘हाम्रो नयाँ विचार के आएको छ भने माथिको ठाउँबाट ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले विपद् व्यवस्थापनको विषयमा प्रधानमन्त्री बालेन शाह र पार्टी सभापति रवि लामिछानेबीच निरन्तर संवाद र समन्वय भइरहेको बताएका छन् । मंगलबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकार र पार्टीबीचको सम्बन्ध सौहार्दपूर्ण, कसिलो र समन्वयकारी रहेको बताए । ‘तपाईंहरूलाई स्पष्ट होस् सरकार र पार्टीबीच असाध्यै सौहार्दपूर्ण, असाध्यै कसिलो ...