मुख्य समाचार
नेपाली कला संस्कृति र पहिचानको उत्सव मानिने ‘लन्डन नेपाली मेला’ केम्पटन पार्क रेस कोर्स प्राङ्गणमा सम्पन्न
नेपाली कला संस्कृति र पहिचानको उत्सव मानिने ‘लन्डन नेपाली मेला’ केम्पटन पार्क रेस कोर्स प्राङ्गणमा सम्पन्न

। नेपाली कला संस्कृति र पहिचानको उत्सव मानिने ‘लन्डन नेपाली मेला’ आइतबार केम्पटन पार्क रेस कोर्स प्राङ्गणमा सम्पन्न भएको छ ।

लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा तमुधिं यूकेले मेला आयोजना गरेको हो । नेपालका बाढी पीडितको सहयोगका लागि समर्पित उक्त मेला हेर्न झण्डै १० हजार सहभागी भए ।

तमुधिं यूकेले बाढी पीडितका लागि आर्थिक संकलन सुरु भइसकेको र संकलितबाहेक संस्थाले थपेर छिट्टै नेपाल पठाउने जनाएको छ ।

१७ औं नेपाली मेलामा ४२ नेपाली संघसंस्थाले विभिन्न जातजातीका मौलिक कला संस्कृति, भेषभूषा, परम्परा, रहनसहन झल्कने झाँकी प्रस्तुत गरे । तीमध्ये ११ संघसंस्थाले झाँकी प्रतिस्पर्धामा भाग लिए ।



त्यस्तै, २१ संघसंस्थाले नृत्यमा भाग लिए, जसमा १३ संस्था प्रतिस्पर्धी थिए । लाखे, मारुनी, ट्होंटे लगायत मौलिक नेपाली सांस्कृतिक प्रस्तुतिले दर्शकको मन जितेको थियो ।

मेलामा खाना तथा अन्य व्यापारिक र च्यारिटीका ७५ स्टल एवं हेल्थ क्याम्प समेत राखिएको थियो ।



मेलामा बोल्दै बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीले नेपाली कला संस्कृति, संस्कार, परम्परा जगेर्नाका लागि तमुधिं यूकेले वर्षेनी मेला आयोजना गरेकोप्रति प्रशंसा गरे । उनले यस खालको प्रयासबाट पुस्तान्तरणमा ठूलो मद्दत पुग्ने पनि बताए ।

कार्यवाहक राजदूत दुवाडीले नेपालमा भोटेकोशी बाढीले ठूलो जनधनको क्षति पुर्‍याएकामा दुःख व्यक्त गर्दै पीडितलाई राहत र पुनस्र्थापनामा सघाउन बेलायतवासी सबै नेपालीलाई अपिल गरे ।

विशेष अतिथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सांसद एवं पूर्वउपसभामुख इन्दिरा राना मगरले नेपाली मेला अवलोकनपछि यूकेमा सानो नेपाल रहेको महसुस भएको बताइन् ।

नेपालमा बस्ने नेपालीले बिर्सिसकेको कला संस्कृति र सभ्यतालाई बेलायतका नेपालीले जोगाएको भन्दै रानामगरले धन्यवाद समेत दिइन् ।

तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङले सबैप्रति आभार व्यक्त गर्दै मेलाले नेपाली कला, संस्कृति र सामाजिक सद्भाव प्रदर्शन गर्नुका साथै मानवीय सहयोगको अनुपम उदाहरणसमेत प्रस्तुत गरेको बताए ।

उनले नेपालमा विपत्ति पर्दा तमुधिं यूकेका सदस्यले विगतमा देखाएको माया र सद्भावको प्रशंसा गर्दै यसपटक पनि सहयोगको अपेक्षा व्यक्त गरे ।

मेला संयोजक उपाध्यक्ष कमल कोने गुरुङले देश विपत्तिमा परेका बेला मेलामा आएर बाढी पीडितलाई सहयोग गर्ने उत्साह देखाएकामा सबैप्रति आभार व्यक्त गरे ।



झाँकी र नृत्यमा प्रतिष्पर्धा

मेलामा विभिन्न संघसंस्थाले झाँकी र नृत्य प्रतिष्पर्धा गरे । सो क्रममा झाँकी र नृत्यमा उत्कृष्ट प्रदर्शन गर्दै पासा पुच गुथि यूकेले ‘एम्बासडर कप’ र ‘एनआरएनए कप’ दुवै उपाधि जित्न सफल भयो । एम्बासडर कपमा मगर संघ यूके द्वितीय र किरात राई यायोख्खा यूके तृतीय भए ।

यस्तै नृत्य प्रतियोगितातर्फ तनहुँ समाज यूके प्रथम, पासा पुच गुथि यूके द्वितीय तथा किरात राई यायोख्खा यूके तृतीय भए ।

झाँकी प्रतियोगितातर्फ पासा पुच गुथि यूके प्रथम, मगर संघ यूके द्वितीय र बर्नटोक समाज यूके तृतीय भए ।

झांकी र नृत्य प्रतियोगितामा विजेता टिमलाई १५०० पाउण्ड, ट्रफी र सर्टिफिकेटसहित एम्बासडर कप दिइएको थियो भने फष्ट र सेकेन्ड रनरअपले क्रमशः ७ सय र ५ सय पाउण्ड पाए ।

त्यस्तै, एनआरएनए कप विजेताले ५०० पाउण्ड प्राप्त गरेको छ ।

झाँकीतर्फ दीप कोके गुरुङ, ओमप्रसाद गुरुङ, पशुपति राई, सिर्जना सुब्बा र राजु गुरुङ तथा नृत्यतर्फ अभिनेत्रीद्वय रजनी गुरुङ (मंगली) र लक्ष्मी गुरुङ, नृत्यांगना एवं कोरियोग्राफर कविता घर्ती मगर गुरुङ तथा कर्मा पहाडी शेर्पाले निर्णायकको भूमिका निर्वाह गरेका थिए । झाँकी तथा नृत्य समन्वय एकेन्द्र गुरुङले गरेका थिए ।

कार्यक्रममा सांसद एवं विश्वविख्यात पर्वतारोही मिङ्मा डेभिड शेर्पा, लन्डनस्थित सैनिक सहचारी ब्रिगेडियर जनरल अनुप शाह, विभिन्न काउन्सिलरहरू, कूटनीतिज्ञ, मंगोलियन हार्टका गायक राजु लामा, योगेश्वर अमात्य लगायत अन्तर्राष्ट्रिय मिडियाको उपस्थिति थियो ।

सो अवसरमा पूर्वमेयर नीना गुरुङ, नेपाल पत्रकार महासंघ यूकेकी अध्यक्ष विमला सेने, पत्रकार डा. दूत पुन तथा ग्रान्डमास्टर तुलसी कुमार गुरुङलाई ‘वर्षको प्रेरणादायी व्यक्ति’ अवार्डबाट सम्मान गरियो ।

तमुधिं यूके महासचिव डा. विशाल गुरुङले सञ्चालन गरेको औपचारिक कार्यक्रममा विश्वविख्यात पर्वतारोही स्वर्गीय निर्मल पुर्जा र नेपालमा बाढीबाट दिवगंतको स्मृतिमा दुई मिनेट मौनधारण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पछिल्लो समय साउदी अरबका विभिन्न क्षेत्रमा भएका ड्रोन तथा क्षेप्यास्त्र आक्रमणका घटनाले यहाँ कार्यरत नेपाली श्रमिकको सुरक्षाबारे चिन्ता बढाएको छ। एक नेपालीको मृत्यु र अन्य ३ नेपाली घाइते भएको घटनासँगै अन्तर्राष्ट्रिय उडान प्रभावित हुँदा स्वदेश फर्कने तयारीमा रहेका नेपालीसमेत अन्योलमा परेका छन्। अक्टोबर २१ मा साउदी अरबको पूर्वी क्षेत्रमा रहेको शैबाह तेल क्षेत्रमा ड्रोन अवरोध ...
— साउदी अरबको साउदी अराम्कोको शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमणको अवशेष खस्दा एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपाल सरकारले दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेको छ । मन्त्रालयले घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ । नेपालले सर्वसाधारण नागरिक र महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी ...
— साउदी अरबको साउदी अराम्कोको शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमणको अवशेष खस्दा एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपाल सरकारले दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेको छ । मन्त्रालयले घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ । नेपालले सर्वसाधारण नागरिक र महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी ...
: साउदी अरबको दक्षिण-पूर्वी क्षेत्रस्थित 'साउदी अरामको' को तेल प्रशोधन केन्द्रलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा परेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ। संयुक्त अरब इमिरेट्स (युएई ) को सीमा नजिकै रहेको 'शायबाह' तेल क्षेत्रमा खसालिएको ड्रोनका अवशेषहरू खस्दा फिलिपिन्सका एक नागरिक र एक नेपालीको ज्यान गएको हो। घटनामा एक भारतीय र एक पाकिस्तानी नागरिक ...
: गैरआवासीय नेपाली संघ (एनआरएनए )को नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन आगामी डिसेम्बर ११ र १२, २०२६ मा कतारमा आयोजना हुने भएको छ। मध्यपूर्वमा कार्यरत लाखौँ नेपाली श्रमिकका समस्या, चुनौती र अधिकारका विषयमा साझा धारणा निर्माण गर्ने उद्देश्यसहित सम्मेलन आयोजना गर्न लागिएको हो। सहयात्राको मूल भावनालाई आत्मसात् गर्दै आयोजना हुन लागेको सम्मेलनको मूल नारा ‘सुरक्षित ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम