मुख्य समाचार
नेपाली कांग्रेसको संस्थापन इतर समूहको ‘१५ औं केन्द्रीय महाधिवेशन तयारी समिति’ले बैठक बस्दै
नेपाली कांग्रेसको संस्थापन इतर समूहको ‘१५ औं केन्द्रीय महाधिवेशन तयारी समिति’ले बैठक बस्दै

। नेपाली कांग्रेसको संस्थापन इतर समूहको ‘१५ औं केन्द्रीय महाधिवेशन तयारी समिति’ले बैठक बस्दै छ ।

पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा रहेको समितिको आयोजनामा बुधबार बैठक बस्न लागेको हो ।

बैठकका लागि १५ औं महाधिवेशन तयारी, समसामयिक विषय र विविध गरी तीन वटा एजेन्टा तय गरिएको सचिवालय समन्वय समिति संयोजक दीपकप्रसाद कुइकेलले जानकारी दिए ।

उनका अनुसार बैठक दिउँसो १ बजे चुनदेवीस्थित संस्थापन इतर समूहको सम्पर्क कार्यालयमा बस्ने छ ।

बैठकका लागि १४ औं महाधिवेशनमा निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी सदस्य र आमन्त्रित सदस्यहरूलाई आमन्त्रण गरिएको कुइकेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सुरुङभित्र दुई जना सुरक्षाकर्मी कम्मर–कम्मर भासिँदै हिँडेको देखिन्छ । सुरुङ बाहिर रहेका सुरक्षाकर्मीले डोरीको सहायताले भासिएका अर्का सुरक्षाकर्मी (उद्धारक)लाई तान्छन् । अर्का सुरक्षाकर्मी अँध्यारो सुरुङलाई टर्च लाइट देखाएर उज्यालो पार्ने कोसिस गर्छन् । नेपाल आर्मीले उद्धार गरिरहेको यो भिडियोमा आवाज सुनिन्छ, ‘तान ओई तान, डोरी तान, तलबाट तान ।’ भिडियोमा पानी पर्दै गरेको देख्न ...
। रास्वपा सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत माओमिङबीच भेटवर्ता भएको छ । उनीहरूबीच बुधबार दिउँसो सभापति लामिछानेको बूढानीलकण्ठस्थित निवासमा भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा भोटेकोशी बाढीबाट भएको क्षतीबारे राजदूत माओमिङले दु:ख व्यक्त गर्दै चीनले नेपाललाई जुनसुकै ढंगबाट सहयोग गर्न तयार रहेको जानकारी गराएका छन् । त्यस्तै, खोज, उद्दारदेखि पुनर्निर्माणसम्म नै नेपालको साथमा रहेको ...
। महाकाली नदीमा पानीको बहाब बढेपछि शारदा ब्यारेजमा चारपांग्रे सवारीसाधनको आवागमनलाई रोक लगाइएको छ । प्रहरीका अनुसार शारदा ब्यारेजमा पानीको बहाबले खतराको तह नाघेपछि मंगलबार बिहानदेखि चारपांग्रे सवारीसाधन आवागमनमा रोक लगाइएको थियो । मंगलबार दुई लाख ९७ क्युसेक पुगेको पानीको सतह क्रमशः घट्दो क्रममा रहे पनि खतराको तहमुनि नझरेका कारण बुधबार पनि सवारीसाधनको आवागमनमा रोक कायमै रहेको ...
। भोटेकोशी–त्रिशूली बाढीले सडक तथा पुलमा मात्र ३० अर्ब रुपैयाँ बराबरका संरचना क्षति भएको पाइएको छ । सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार नेपाल–चीन मितेरी पुलदेखि पृथ्वी राजमार्गमा भएको कटानसम्म हेर्दा सो रकम बराबरको क्षति भएको पाइएको छ । बाढीका कारण रसुवातर्फको ४० किलोमिटर सडक पुरै बगेको छ । गल्छी–बेत्रावती–रसुवागढी सडकमा सबैभन्दा धेरै क्षति पुगेको छ ...
। रसुवागढी बाढी निम्त्याउने कारक मानिएको हिमपहाड स्खलन(ग्लासियर कोल्याप्स) हुँदा करिब साढे दुई करोड घनमिटर हिउँ तथा बरफ करिव दुई हजार मिटर तल बज्रिएको विज्ञहरूले बताएका छन् । लाङटाङ लेरुङ उत्तरको हिमस्खलन र बाढी सम्बन्धी अध्ययन गरिरहेका त्रिभुवन विश्वविद्यालयको भूगर्भशास्त्र केन्द्रीय विभागका प्राध्यापक डा. रञ्जनकुमार दाहालको बुझाइमा, हिउँको त्यो ढिस्को तल खसेको मात्रै होइन, वरपर ...