मुख्य समाचार
बाढीमा परी मृत्यु भएका सातवटा शव तानसेनमा व्यवस्थापन
बाढीमा परी मृत्यु भएका सातवटा शव तानसेनमा व्यवस्थापन

। रसुवाको भोटेकोसीमा आएको बाढीमा परी मृत्यु भएका सातवटा शव तानसेनमा व्यवस्थापन गरिएको छ ।

नवलपुरमा फेला परेर पाल्पा ल्याइएका शवको व्यवस्थापन गरिएको हो । जिल्ला विपद व्यवस्थापन समितिको बैंठकपछि तानसेन-१ गोर्खेकोटस्थित सामुदायिक वनमा ७ जनाको शवको व्यवस्थापन गरिएको हो ।

पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइका अनुसार पाल्पा ल्याइएका पहिचान नभएका ८ शवमध्ये ७ जनाको डीएनए परीक्षण हुलिया लिएर मापदण्ड अनुसार व्यवस्थापन गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार एक बालकसहित तीन पुरूष, दुई महिला र एक बालिकाको शव व्यवस्थापन गरिएको हो ।

एक जना महिलाको शव भने पहिचान भएको छ । उनको शव नुवाकोटबाट आएका आफन्तलाई जिम्मा लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। महाकाली नदीमा पानीको बहाब बढेपछि शारदा ब्यारेजमा चारपांग्रे सवारीसाधनको आवागमनलाई रोक लगाइएको छ । प्रहरीका अनुसार शारदा ब्यारेजमा पानीको बहाबले खतराको तह नाघेपछि मंगलबार बिहानदेखि चारपांग्रे सवारीसाधन आवागमनमा रोक लगाइएको थियो । मंगलबार दुई लाख ९७ क्युसेक पुगेको पानीको सतह क्रमशः घट्दो क्रममा रहे पनि खतराको तहमुनि नझरेका कारण बुधबार पनि सवारीसाधनको आवागमनमा रोक कायमै रहेको ...
। भोटेकोशी–त्रिशूली बाढीले सडक तथा पुलमा मात्र ३० अर्ब रुपैयाँ बराबरका संरचना क्षति भएको पाइएको छ । सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार नेपाल–चीन मितेरी पुलदेखि पृथ्वी राजमार्गमा भएको कटानसम्म हेर्दा सो रकम बराबरको क्षति भएको पाइएको छ । बाढीका कारण रसुवातर्फको ४० किलोमिटर सडक पुरै बगेको छ । गल्छी–बेत्रावती–रसुवागढी सडकमा सबैभन्दा धेरै क्षति पुगेको छ ...
। रसुवागढी बाढी निम्त्याउने कारक मानिएको हिमपहाड स्खलन(ग्लासियर कोल्याप्स) हुँदा करिब साढे दुई करोड घनमिटर हिउँ तथा बरफ करिव दुई हजार मिटर तल बज्रिएको विज्ञहरूले बताएका छन् । लाङटाङ लेरुङ उत्तरको हिमस्खलन र बाढी सम्बन्धी अध्ययन गरिरहेका त्रिभुवन विश्वविद्यालयको भूगर्भशास्त्र केन्द्रीय विभागका प्राध्यापक डा. रञ्जनकुमार दाहालको बुझाइमा, हिउँको त्यो ढिस्को तल खसेको मात्रै होइन, वरपर ...
। सल्यानको शारदा नगरपालिका ३मा रहेको एमएम एकेडेमी प्रा.लि. ले बाढीपीडितका लागि १ लाख २८ हजार ८ सय ५ रुपैयाँ आर्थिक सहयोग संकलन गरेको छ । विद्यालयले संस्थागत सहयोगसँगै कार्यरत शिक्षक कर्मचारी, अध्ययनरत विद्यार्थी तथा साहुटोल बजार क्षेत्रबाट रकम संकलन गरेको हो। एमएम एकेडेमी प्रा.लि.बाट ३३ हजार ८ सय २० रुपैयाँ, शिक्षक कर्मचारीबाट ३८ हजार ५ ...
। बाराबाट ११ वर्षीय बालकको अपहरण गरी भारत लगेर हत्या भएको खुलेको छ । प्रहरीले हत्या आरोपमा एक १७ वर्षीय किशोर पक्राउ परेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता मीनबहादुर घलेका अनुसार विश्रामपुर गाउँपालिका–३ मुसहर्वाका ११ वर्षीय राजेशकुमार साह ९ भदौमा बिहान करिब ९ बजेबाट हराएका थिए । उनी हराएको जानकारी आएपछि प्रहरीले खोजतलास सुरु ...