मुख्य समाचार
गृहमन्त्री गुरुङ जिम्मेवारी पूरा गर्न जे गर्नुपर्ने हो त्यसतर्फ कम ध्यान दिएको टिप्पणी
गृहमन्त्री गुरुङ जिम्मेवारी पूरा गर्न जे गर्नुपर्ने हो त्यसतर्फ कम ध्यान दिएको टिप्पणी

। नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का सांसद झक्कुप्रसाद सुवेदीले विपद्को समयमा गृहमन्त्री सुधान गुरुङको दायित्व र जिम्मेवार महत्वपूर्ण रहेको बताएका छन् । तर, गृहमन्त्री गुरुङ जिम्मेवारी पूरा गर्न जे गर्नुपर्ने हो त्यसतर्फ कम ध्यान दिएको उनको टिप्पणी छ ।

राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

‘यतिबेला सशस्त्र प्रहरी जनपथ प्रहरीहरू स्रोतसाधनविहीन भएका छन्, भन्ने जानकारी हामीलाई छ’, सांसद सुवेदीले भने, ‘गृहमन्त्रीज्यू टनेल खोस्रेर बस्ने होइन् । सुरक्षा निकायसँग समन्वय गर्ने, विदेशी संघसंस्थासँग सहकार्य गर्ने राहत सामग्री वितरणलाई प्रभावकारी बनाउने हो सरकारको काम हो । यसमा पनि मुख्यत: गृहमन्त्रीको काम हो ।’

सांसद सुवेदीले घाइतेको उपचारलाई उच्च प्राथमिकता दिन र घरवारविहीनहरूको राम्रो व्यवस्थापन गर्न सरकारसँग आग्रह गरे ।



‘सरकार सोसल मिडिया र समाचारमा जति चर्चामा छ । तर, फिल्डमा सरकारको उपस्थिति कमजोर देखिन्छ’, उनले भने ।

स्थानीय तह र प्रदेशलाई विपक्षीको व्यवहार

सांसद सुवेदीले विपद्को समयमा तीन तहको सरकारले मिलेर समन्वयमा काम गर्नुपर्ने आग्रह गरे ।

‘देशमा तीन प्रकारका सरकार छन् । तर संघ सरकारले प्रदेश सरकार र स्थानीय सरकारलाई विपक्षी दलको जस्तै व्यवहार गरेको हामीमाझ जानकारी आएको छ । संघ सरकारले त्यस्तो नगरोस्’, सुवेदीले भने ।

२०७२ सालको विनाशकारी भूकम्प, कोरोना भाइरस कोभिड १९ को महामारी र मधेशलगायत विगतमा गएका ठूला बाढी र पहिरोको समयमा राजनीतिक दलहरू र सबै नागरिक संघसंस्थले मिलेर काम गरेको उनले स्मरण गरे । अहिले पनि त्यस्तै सहकार्य आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सांसदहरूले रसुवामा गएको विनाशकारी बाढीपछिको अवस्थामा राष्ट्रिय शोक घोषणा गर्न सरकारसँग माग गरेका छन् । राष्ट्रिय सभामा शून्य समयमा बोल्दै सांसदहरूले यस्तो माग राखेका हुन् । ‘सम्माननीय अध्यक्षज्यूमार्फत भदौ १० गतेलाई राष्ट्रिय शोक दिवस घोषणा गर्न सरकारलाई आग्रह गर्दछु,’ नेपाली कांग्रेसका सांसद युवराज शर्माले भने । उनले विपद्का बेला सबै एकै साथ भएर अगाडि बढ्नुपर्ने पनि बताए ...
। राष्ट्रिय सभाकी सदस्य कमला पन्तले विपद्‌बारे विगतमा सांसदहरूले सरकारलाई दिएका सुझाव नसुनिएको बताएकी छन् । मंगलबार सभाको बैठकमा शून्य समयमा बोल्दै उनले यस्तो बताएकी हुन् । ‘आज हामी महाविपत्तिको सामना गरिरहेका छौं । तर यस्तो जोखिमबारे हामीले विपत्ति आउनु अगाडि नै यही संसद्‌मार्फत सरकारको ध्यानाकर्षण गराएका थियौं’ उनले भनिन् । मनसुनजन्य विपद् बाढी, पहिरो, डुबान र ...
। राष्ट्रिय सभाबाट रसुवा बाढीबारे विशेष प्रस्ताव पारित भएको छ । मंगलबार बसेको सभामा राष्ट्रिय सभामा सभाका अध्यक्ष नारायण प्रसाद दाहालले विशेष प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले सर्वसम्मत रुपमा पारित गरेको हो । यही भदौ १० गते रसुवाको भोटेकोशीमा विनाशकारी बाढीका कारण ठूलो धनजनको क्षति भएको छ । उक्त बाढीमा परेर ज्यान गुमाएकाहरूप्रति राष्ट्रिय सभाले ...
। पूर्वाधार विकास मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकलाई सामान्य अवस्थामा फर्काउन २१ दिनभित्र प्रारम्भिक पुनर्स्थापना तथा आवश्यक व्यवस्थापनका काम अघि बढाउने गरी कार्यदल गठन गरेको छ । कार्यदलले प्रभावित क्षेत्रका सडक, पुल, खानेपानी, पुनर्वास, झोलुङ्गे पुल, भग्नावशेष व्यवस्थापन, सञ्चार तथा स्वास्थ्य लगायतका क्षेत्रमा आवश्यक कामको पहिचान, समन्वय र कार्यान्वयनमा सहजीकरण गर्नेछ । साथै, ...
। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले रसुवा लगायतका जिल्लामा आएको विनाशकारी बाढीका सम्बन्धमा विशेष सम्बोधन गरेका छन् । त्यसक्रममा उनले नेपाल बाढी, पहिरो, भूकम्प, आगजनी, महामारीलगायत विभिन्न प्राकृतिक तथा मानव सिर्जित विपद्को उच्च जोखिममा रहेको देशमा पर्ने भन्दै उनले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान अत्यन्त न्यून भए पनि जलवायु परिवर्तनका प्रतिकूल प्रभाव भोग्ने देशमध्ये ...