। नुवाकोटको विदुर नगरपालिका-१ र ९ नम्बर वडामा आउजाउ गर्न त्रिशूली नदीमा तुइन जडान गरिएको छ ।
१० भदौमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीसँगै यी दुई वडाबीचको सम्पर्क टुटेको थियो ।
सर्वसाधारण नागरिक आउजाउन गर्न सहज होस् भनी मंगलबार बिहान तुइन जडान गरिएको हो ।
तुइन जडान गरेपछि जोखिम मोलेरै भए पनि मानिसहरू वारिपारि आउजाउ गरिरहेका छन् ।