मुख्य समाचार
३० वर्षपछि र्‍यापर टुपाक शुकुरको मुद्दामा अदालतले पहिलो पटक पूर्व ग्याङ नाइके ड्वेन केफी डी डेभिसलाई दोषी ठहर
३० वर्षपछि र्‍यापर टुपाक शुकुरको मुद्दामा अदालतले पहिलो पटक पूर्व ग्याङ नाइके ड्वेन केफी डी डेभिसलाई दोषी ठहर

घटना भएको ३० वर्षपछि र्‍यापर टुपाक शुकुरको मुद्दामा अदालतले पहिलो पटक पूर्व ग्याङ नाइके ड्वेन केफी डी डेभिसलाई दोषी ठहर गरेको छ । आज अमेरिकाको नेभाडा राज्यस्थित लास भेगासको क्लार्क काउन्टी जिल्ला अदालतले यो निर्णय गरेको हो ।

घटना भएको लामो समय बितिसक्दा पनि यो मुद्दा सुल्झिएको थिएन । यो मुद्दामा भएको यो पहिलो सजाय पनि हो ।

७ सेप्टेम्बर १९९६ मा लास भेगासमा गुडिरहेको गाडीबाट प्रहार गरिएको गोलीबाट टुपाकको मृत्यु भएको थियो । सो घटनामा डेभिसलाई घातक हतियार प्रयोग गरी गरिएको हत्याको अभियोगमा दोषी ठहर गरिएको हो ।

टुपाक शुकुर को थिए ?

सामान्यतया टुपाक वा २ प्याक भनेर चिनिने टुपाक अमरु शुकुर क्यालिफोर्नियाका र्‍यापर थिए । ९० को दशकतिर उनी छोटो समयमै र्‍यापका आइकन बनेका थिए । उनले आफ्नो करियरभरि बिलबोर्डको शीर्ष स्थानमा पर्न सफल धेरै एल्बमहरू रिलिज गरेका थिए । उनको निधनपछि पनि यो सफलता रहिरहेको थियो ।

उनले आफ्ना संगीतमार्फत क्यालिफोर्नियाका सडकहरूमा हिंसाको उनको आफ्नै अनुभव, ग्याङ्स्टर जीवन, एकल मातृत्व, प्रेम र रोमान्स, नागरिक अधिकार र अमेरिकामा जातिवाद तथा प्रहरी हिंसा जस्ता विषयवस्तुहरू उठाउँथे ।

त्यस समयमा टुपाक डेथ रो रेकर्ड्समा आबद्ध थिए । अर्कोतिर ईस्ट कोस्टका र्‍यापर द नटोरियस बी.आई.जी.सँग उनको चर्को प्रतिस्पर्धा भइरहेको थियो । दुवैले एकअर्कालाई उडाउँदै, गाली गर्दै र्‍यापहरू पनि निकालिरहेका हुन्थे । उनको हत्याको प्रमुख कारण पनि यिनैलाई मान्ने गरिन्छ ।

उनलाई ६ सेप्टेम्बर १९९६ गोली पनि हानिएको थियो । त्यसबाट बँच्न सफल भएका थिए । त्यसको भोलि पल्ट नेभाडामा गुडिरहेको गाडीबाट फेरि गोली हानी गम्भीर घाइते बाइएको थियो । सो आक्रमणको ६ दिनपछि उनको निधन भएको थियो । त्यसबेला उनी जम्मा २५ वर्षका थिए ।

कसरी आक्रमण भएको थियो ?

७ सेप्टेम्बरमा गोली चल्नुभन्दा केही घण्टाअघि टुपाक डेथ रो रेकर्ड्सका संस्थापक मारियन सुग नाइटसँगै माइक टाइसनको बक्सिङ म्याच हेरिरहेका थिए । तर, त्यसको केही समयमै एमजीएम ग्रान्डमा अर्को समूसँग उनीहरूको झगडामा भयो । त्यो अर्को समूहमा डेभिसका भतिजा ओर्लान्डो बेबी लेन एन्डरसन पनि थिए ।

त्यसको केही घण्टापछि लास भेगासमा आफ्नो प्रस्तुति दिन टुपाक क्लबतर्फ गइरहेका थिए । त्यही समयमा टुपाकमाथि सेतो क्याडिलाक गाडीबाट ६ पटक गोली हानियो । प्रहरी अधिकारीहरूका अनुसार प्रतिवादी डेभिस क्याडिलाकमा रहेका ४ जना पुरुषमध्ये एक थिए ।

डेभिसका भतिजा एन्डरसन लगायत बाँकी तीनै जनाको त्यसपछिका वर्षहरूमा मृत्यु भइसकेको छ । हत्यामा प्रयोग भएको कार र बन्दुक भने अहिलेसम्म भेटिएको छैन ।

को हुन् ड्वेन केफी डी डेभिस ?

यसअघि नोभेम्बर २०२३ को सुनुवाइमा डेभिसले घटनामा आफू निर्दोष रहेको बयान दिएका थिए । तर, यसपटक अदालतले डेभिसकै आफ्नै लिखित र मौखिक अभिव्यक्तिहरूलाई मुख्य आधार मानी उनलाई टुपाक हत्याको मुख्य योजनाकारको रूपमा दोषी ठहर गरेको हो ।

डेभिस साउथ साइड कम्पटन क्रिप्स नामक गिरोहका पूर्व ग्याङ नाइके हुन् । उक्त गिरोहको मब पिरु नामक अर्को गिरोहसँग दुस्मनी थियो । त्यसमा टुपाक र नाइट आबद्ध थिए ।

उनलाई प्रहरीले सेप्टेम्बर २०२३ मा लास भेगासस्थित उनकै घरनजिकैबाट पक्राउ गरेको थियो । पक्राउ परेदेखि नै धरौटी नपाएकाले उनी लगातार थुनामै थिए ।

अदालतले उनलाई फर्स्ट डिग्री मर्डरमा दोषी ठहर गरिसकेकाले अहिले उनलाई १३ अक्टोबरमा हुने सजाय निर्धारणको मितिसम्मका लागि लास भेगासकै जेलमा पठाइएको छ । यद्यपि ६३ वर्षीय डेभिसले पुनरावेदनमा जाने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: बलिउड अभिनेता आमिर खानका भान्जा तथा एक्टर इमरान खानलाई भारतको फरेनर्स रिजनल रजिष्ट्रेशन अफिसले नोटिस जारी गर्दै आगामी अक्टोबर २८ भित्र देश छाड्न निर्देशन दिएको छ। मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध आयोजना गरिएको एक राजनीतिक विरोध प्रदर्शनमा सहभागी भई 'फरेनर्स एक्ट' (विदेशी सम्बन्धी ऐन) को उलंघन गरेको आरोपमा उनीमाथि यो कारबाही अघि बढाइएको हो। यो मामला ...
: भारतीय सिनेमाका वरिष्ठ तथा बहुप्रतिभावान अभिनेता नाना पाटेकर (विश्वनाथ पाटेकर) को ७५ वर्षको उमेरमा निधन भएको छ। भारतको गोवास्थित डोना पाउला क्षेत्रमा रहेको आफ्नै निवासमा बेहोस अवस्थामा भेटिएपछि उनलाई तत्काल अस्पताल लगिएको भए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए। अस्पतालका डाक्टरहरूले उनलाई होसमा ल्याउन करिब ४५ मिनेटसम्म लगातार सीपीआर दिएर बचाउने कोसिस गरे पनि कुनै ...
। लोकप्रिय नेपाली पप ब्यान्ड ‘मंगोलियन हार्ट’ तीन दशकपछि युरोप भ्रमणमा निस्कने भएको छ । ‘मंगोलियन हार्ट युरोप मिनी टूर २०२६’ अन्तर्गत ब्यान्डले ४ देशमा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछ । फोर ब्रदर्स इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा टूर हुन लागेको हो । ब्यान्डको ८ सदस्यीय टोली २४ सेप्टेम्बरमा त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । टोलीको लिड भोकलिस्टमा राजु लामा, ...
। के-पप समूह ‘स्ट्रे किड्स’ का सदस्य ब्याङ चानले २० करोड वन (१ लाख ४४ हजार २९५ अमेरिकी डलर) दान गरेका छन् । यो रकम दक्षिण कोरियामा पुनर्स्थापना उपचार र नेपालमा गएको भीषण बाढीपछिको पुनर्लाभका कार्यमा प्रयोग हुने जेवाईपी इन्टरटेनमेन्टले शनिबार जनाएको छ । ब्याङ चानले सोल पुनस्र्थापना अस्पताल र युनिसेफका लागि कोरियाली समितिलाई १०-१० करोड ...
। गायक एड सिरनले आफ्नो पछिल्लो सांगीतिक कार्यक्रममा मञ्चमा एक्लै उपस्थित भएर आफ्ना समर्थकहरूसँग माफी मागेका छन्। प्यालेस्टाइनको पक्षमा वक्तव्य दिएका अमेरिकी र्‍यापर म्याकलमोरलाई टुर प्रोग्रामबाट हटाइएपछि सिर्जित विवादलाई सम्बोधन गर्दै उनले केही ‘गल्ती’ भएको स्वीकारेका छन्। सिरनले भने, ‘म कहिल्यै पनि राजनीतिक रूपमा सक्रिय संगीतकार बन्न चाहन्नथेँ। यो घटनाले मलाई वाक् स्वतन्त्रता र विश्वकै सबैभन्दा जटिल ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम