। रसुवाको बाढीले बगाएको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय भारतले फेरि बनाइदिने भएको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीसँग कुरा गर्दै विद्यालयको पुनर्निर्माण गरिदिने वाचा गरेका हुन् ।
गत हप्ता आएको आकस्मिक बाढीले नुवाकोटको विदुरस्थित त्रिशूली बजारमा रहेको उक्त विद्यालयको भवन पूर्णरूपमा बगाएको थियो ।
तर, बाढी आउनुभन्दा अगाडि नै प्रधानाध्यापक राजेन्द्र दवाडीले समयमै सबै विद्यार्थीलाई सुरक्षित ठाउँमा भगाएका कारण ठूलो मानवीय क्षति हुन पाएन।
१९५० को दशकमा त्रिशूली जलविद्युत आयोजना बनाउँदा भारतीय सहयोगमा यो स्कुल स्थापना गरिएको थियो । यसको नयाँ भवन पनि सन् २०२२ भारतकै एचआईसिडीपी कार्यक्रमको सहयोगमा बनेको थियो ।
बाढीले विद्यालय बगाएपछि राजदूत श्रीवास्तवले प्रधानाध्यापक दवाडीलाई स्कुलको पुनर्निर्माण भारत सरकारले नै गरिदिने बाचा गरेका हुन् ।