। रसुवा बाढीबाट प्रभावितका लागि राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्याउन शंकर ग्रुपले ४ करोड रुपैयाँ सहयोग प्रदान गरेको छ ।
ग्रुप निर्देशक दीपा अग्रवाल तथा वरिष्ठ व्यवस्थापन टोलीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई राहत कोषमा ४ करोडको चेक हस्तान्तरण गरेको छ ।
बाढीमा ज्यान गुमाएका दिवङ्गत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै ग्रुपले शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ ।
यसका साथै विपद्को तेस्रो दिनमै शंकर ग्रुपले गृह मन्त्रालयको समन्वयमा भैरहवाका मुख्य जिल्ला अधिकारीमार्फत विस्थापित नागरिकहरूको अस्थायी आश्रयका लागि २५ लाख बराबरका २,५०० थान टार्पोलिन टेन्ट उपलब्ध गराएको थियो ।