मुख्य समाचार
पोखरा ल्याइएका १०२ शवमध्ये १९ को मात्र पहिचान, ८३ शवको सुरक्षित व्यवस्थापन
पोखरा ल्याइएका १०२ शवमध्ये १९ को मात्र पहिचान, ८३ शवको सुरक्षित व्यवस्थापन

। विपद्‌ प्रभावित विभिन्न जिल्लाबाट पोस्टमार्टमका लागि पोखरा ल्याइएका शवहरू लामो समयसम्म पहिचान हुन नसक्दा व्यवस्थापनमा चुनौती थपिएको छ ।

शवहरू कुहिएर महामारी फैलन सक्ने जोखिम बढेपछि कास्की प्रशासनले पहिचान हुन नसकेका शवहरूको सुरक्षित व्यवस्थापन सुरु गरेका छन् ।

कास्कीका प्रहरी प्रमुख, एसपी नवीन कार्कीका अनुसार पोखरामा कुल १०२ वटा शव ल्याइएको थियो। तीमध्ये पूर्वी नवलपरासीका ४०, धादिङका २७, तनहुँका २४ र गोरखाका ११ वटा शव थिए ।

हालसम्म १९ वटा शवको मात्र पहिचान भई आफन्तलाई हस्तान्तरण गरिएको छ। बाँकी ८३ वटा शव अझै अज्ञात अवस्थामा रहेकाले तिनको व्यवस्थापन थालिएको हो ।



एसपी कार्कीले सोमबार सम्पूर्ण शवको पोस्टमार्टम सकिएको जानकारी दिए । ‘पहिचान हुन नसकेका शवहरूको पोस्टमार्टम सँगसँगै डीएनए नमुना निकाल्ने काम पनि भइसकेको छ। ती नमुनाहरू अस्पतालसँगको समन्वयमा फरेन्सिक विज्ञान प्रयोगशालामा पठाइनेछ र त्यहाँ डीएनए प्रोफाइलिङको काम हुनेछ,’ उनले भने ।

महामारीको जोखिम र चिकित्सकको चेतावनी

चिकित्सक तथा फरेन्सिक विशेषज्ञहरूले शव व्यवस्थापनमा थप ढिलाइ गर्न नहुने चेतावनी दिएका थिए। उनीहरूका अनुसार घटनाको दुई–तीन दिनपछि शव कुहिने प्रक्रिया तीव्र हुन्छ, जसले गर्दा शवलाई सामान्य रूपमा ह्यान्डल गर्न र पहिचान गर्न निकै जटिल हुन्छ ।

यति ठूलो सङ्ख्यामा कुहिन थालेका शवहरू लामो समयसम्म एकै ठाउँमा राख्दा पोखरामा अर्को विपत्ति निम्तिन सक्ने र महामारी फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै जिल्ला विपद् व्यवस्थापन समिति र महानगरपालिकाले उपलब्ध गराएको सुरक्षित स्थानमा शव व्यवस्थापन सुरु गरिएको हो ।

यसरी गरिँदैछ सुरक्षित व्यवस्थापन

प्रहरीले यो प्रक्रिया ‘अन्त्येष्टि’ नभई सुरक्षित भण्डारण तथा व्यवस्थापन मात्र भएको स्पष्ट पारेको छ। ‘शव राखिएको स्थानलाई पूर्ण रूपमा तारजालीले घेरेर ताल्चा लगाइनेछ। त्यहाँ अधिकारप्राप्त व्यक्तिबाहेक कसैलाई पनि प्रवेश गर्न दिइने छैन,’ एसपी कार्कीले भने ।

पछि आफन्तसँग डीएनए मिलेको खण्डमा शव झिक्न सहज होस् भनेर प्रत्येक शवमा र शव राखिएको स्ट्यान्डमा ‘युनिक आइडेन्टिफिकेसन ट्याग’ लगाइएको छ ।

प्रहरीले विपद्‌मा परी आफ्ना परिवारका सदस्य गुमाएका वा बेपत्ता भएका आफन्तहरूलाई नजिकको प्रहरी कार्यालयमा गएर निवेदन दिन र डीएनए म्याचिङका लागि रगतको नमुना उपलब्ध गराउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई विभिन्न पाँचबुँदे निर्देशन दिएको छ र बोर्डले बीमितको रोग र स्वास्थ्य अवस्थासँग सम्बन्धित नभएका अनावश्यक परीक्षण गराए त्यस्तो परीक्षणको दाबी अस्वीकृत गर्ने चेतावनी दिएको छ । बोर्डले स्वास्थ्य बीमा ऐन, २०७४ अनुसार सम्झौता गरी सेवा प्रदान गरिरहेका स्वास्थ्य संस्थालाई पत्राचार गर्दै बीमितलाई अनावश्यक ...
। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न निर्देशन दिएको छ । मन्त्रालयले प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालय र सबै संघीय सरकारी अस्पताललाई आवश्यक स्वास्थ्यकर्मी तथा कर्मचारीको व्यवस्थापन गरी आकस्मिक, शल्यक्रिया, प्रसूति र सघन उपचार सेवा नियमित राख्न आग्रह गरेको हो । मन्त्रालयले बिदाका समयमा अस्पताल पूर्ण रूपमा बन्द नगर्न ...
। काठमाडौं महानगरपालिकाले साँघुरा गल्ली र अत्यधिक सवारी चापका कारण बिरामीसम्म एम्बुलेन्स पुग्न कठिन हुने समस्या समाधान गर्न बाइक एम्बुलेन्स सेवा सुरु गरेको छ । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शुक्रबारदेखि सेवा सञ्चालनमा ल्याइएको जानकारी दिइन् । उनका अनुसार चारपाङ्ग्रे एम्बुलेन्स पुग्न कठिन हुने र ट्राफिक जामका कारण ढिलाइ हुने स्थानमा बाइक एम्बुलेन्स उपयोगी हुने अपेक्षा ...
। दशैं तिहार मनाउन भारतबाट घर फर्किने यात्रुको गड्डाचौकी नाकामा स्वास्थ्य परीक्षण भइरहेको छ । सरकारले चाडपर्वका बेला सीमा नाकामा यात्रुको चाप हुने भएकाले विभिन्न सङ्क्रामक रोग भित्रिन नदिन सीमा नाकामा रहेका हेल्थ डेस्कमा मलेरिया, क्षयरोग, एचआइभी, कोभिड, डेङ्गु र स्क्रब टाइफस गरी छ प्रकारका रोगको परीक्षण भइरहेको हो । भारतबाट फर्किने नागरिकमा हुनसक्ने विभिन्न रोगको पहिचान ...
। स्याङ्जामा पछिल्ला तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका अनुसार असारमा ६०, साउनमा १५९ र भदौमा २२० जनामा संक्रमण देखिएको हो । स्थानीय तहमध्ये सबैभन्दा धेरै संक्रमण वालिङ नगरपालिकामा देखिएको छ । वालिङमा असारमा ३४, साउनमा ९१ र भदौमा ११९ गरी २४४ जनामा स्क्रब टाइफस पुष्टि भएको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम