मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा अन्नपूर्ण न्युरो अस्पतालको ३० लाख सहयोग
प्रधानमन्त्री राहत कोषमा अन्नपूर्ण न्युरो अस्पतालको ३० लाख सहयोग

। काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पताल र त्यहाँ कार्यरत कर्मचारीहरूले बाढीपहिरो प्रभावितको उद्धार तथा राहतका लागि ३० लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

भोटेकोशी–रसुवा क्षेत्रसहित देशका विभिन्न जिल्लामा आएको प्राकृतिक विपत्तिमा परेका नागरिकलाई सघाउन अस्पतालले ‘प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष’मा उक्त रकम जम्मा गरेको हो।

गतबुधबार आएको विनाशकारी बाढी तथा पहिरोका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको छ । विपद्का कारण सडक, पुल र भौतिक संरचनाहरूमा क्षति पुग्नुका साथै सयौँ घरपरिवार प्रभावित बनेका छन्।

यस कठिन घडीमा प्रभावितहरूको जीवनरक्षा र पुनःस्थापनाका लागि सरकारले सबै पक्षसँग सहयोगको अपिल गरेको थियो । सरकारको सोही आह्वानलाई आत्मसात् गर्दै अस्पताल व्यवस्थापन र कर्मचारीले संयुक्त रूपमा आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत यो सहयोग उपलब्ध गराएका हुन् ।

प्राकृतिक विपत्तिको समयमा राज्यको प्रयासमा हातेमालो गर्नु निजी क्षेत्र र सामाजिक संस्थाहरूको पनि दायित्व रहने अस्पतालले जनाएको छ । संकटमा परेका नागरिकलाई तत्काल राहत पुर्‍याउन सबै पक्ष एकजुट भएर लाग्नुपर्नेमा अस्पतालले जोड दिएको छ । यो आर्थिक सहयोगले बाढीपहिरो प्रभावितको उद्धार तथा राहत अभियानमा टेवा पुग्ने अस्पतालको विश्वास जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सांसदहरूले रसुवा बाढीका कारण ज्यान गुमाएकाहरूको स्मरणमा मौनधारण गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा उपस्थित सांसदहरू एक मिनेट उठेर मौन धारण गरेका हुन् । त्यसअघि आजै प्रतिनिधिसभाले रसुवाको बाढीपछिको विपद्का सन्दर्भमा विशेष प्रस्ताव पारित गरेको छ । प्रतिनिधिसभाको बैठकमा सभामुख अर्यालले विशेष प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले सर्वसम्मतिले पारित गरेको हो । भदौ १० गते ...
। प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सरकारले तत्कालै खोज, उद्धार, उपचार तथा राहतका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरेको जानकारी संसद्लाई गराएका छन् । उनका अनुसार बाढीमा परेका ११ हजार ९९३ जनाको उद्धार भइसकेको छ, भने ३ हजार ९१६ जना अझै सम्पर्कविहीन छन्। संसद्को रोस्ट्रममा उभिएर प्रधानमन्त्रीले अहिलेसम्मका कामबारे उल्लेख ...
। सभामुख डोलप्रसाद अर्याल (डीपी)ले प्रतिनिधिसभाको बैठकमा विशेष सम्बोधन गरेका छन् । भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीको अवस्थामा उनले प्रतिनिधिसभाको बैठकमा विशेष सम्बोधन गरेका हुन् । उक्त बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ र चितवन जिल्लामा ठूलो मानवीय र भौतिक क्षति पुर्‍याएको छ । यसबारे विशेष सम्बोधन गर्दै सभामुख अर्यालले महिला तथा बालबालिकाको सुरक्षा सुनिश्चित ...
। प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि खोज, उद्धार र राहत वितरणमा राज्य संयन्त्र पूर्ण क्षमातामा परिचालित रहेको बताएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा रसुवाको भोटेकोशीमा गएको विनाशकारी बाढीबारे ब्रिफिङ गराउँदै उनले यस्तो बताएका हुन् । उनका अनुसार हालसम्म ११ हजार ९ सय ९३ जनाको उद्धार गरिएको छ । ३ हजार ९ सय १६ ...
। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा बाढीको घटना जलवायु परिवर्तनसँग पनि सम्बन्धित भएकाले यसबारले अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनुपर्ने बताएका छन् । उनले हिमालय क्षेत्रमा जोखिम बढेकोले यो विश्वको साझा जिम्मेवारी भएको उल्लेख गरे । ‘जलवायु परिवर्तनका कारण हामीमाझ यस्तो विपद् आइलाग्यो,’ प्रधानमन्त्री बालेनले प्रतिनिधिसभामा सम्बोधन गर्दैभने,’हिमालय क्षेत्रमा जोखिम बढेको यसले देखाउँछ । त्यसैले यो विपद्मा हामीले अन्तर्राष्ट्रिय ...